English

विश्व इतिहासमा आज : माइक्रोसफ्टको स्थापनादेखि इटालीको विनाशकारी भूकम्प



आज १३जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका earthquaथिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटना

एल सालभाडोरको विनाशकारी भूकम्प

सन् २००१ मा मध्ये अमेरिकी देश एल साल्भाडोरमा शक्तिशाली भूकम्प गएको थियो । १३ जनवरीमा गएको सो भूकम्प देशकै विनाशकारी भूकम्पमध्येको एक थियो । भूकम्पमा परेर एक हजारको मृत्यु भएको थियो भने ३१५ जना घाईते भएका थिए । ठीक एक महिनापछि अर्को शक्तिशाली भूकम्प जाँदा ३१५ जनाको मृत्यु भएको थियो ।

माइक्रोसफ्टको स्थापना

आज नै अमेरिकाका धनाढ्य तथा माइक्रोसफ्टका मालिक बिल गेट्सले माइक्रोसफ्टको सीईओबाट राजीनामा दिएका थिए । पाउल एलनसँग मिलेर सन् १९७५ मा गेट्सले माइक्रोसफ्ट स्थापना गरेका थिए ।

इटालीको विनाशकारी भूकम्प

आज नै अर्थात सन् १९१५ मा इटालीमा शक्तिशाली भूकम्प गएको थियो । इटालीको इतिहासमै सवैभन्दा विनाशकारी मानिएको सो भूकम्पमा परेर कम्तिमा पनि ३० हजार जनाको मृत्यु भएको थियो । भूकम्पबाट राजधानी रोमबाट १०० किलोमिटर पूर्वमा रहेको एभेजानो सहर नराम्रोसँग प्रभावित भएको थियो ।

ट्रम्पमाथि दोस्रो पटक महाअभियोग

सन् २०२१ को १३ जनवरीमा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि माथिल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले महाअभियोग लगाएको थियो । माथिल्लो सदनबाट दुई पटक महाअभियोग लाग्ने उनी अमेरिकाकै पहिलो राष्ट्रपति हुन् । सन् २०२० को राष्ट्रपति निर्वाचनमा जोन बाइडेनसँग पराजित भएपछि उनका समर्थकले मतपरिणाम अस्वीकार गर्दै संसद बैठक चलिरहेको स्थान क्यापिटोल भवनमा हुलदंगा मच्चाएका थिए ।

यो पनि
इतिहासमा आज : इराकविरुद्ध अमेरिकी युद्धदेखि हाइटीको विनाशकारी भूकम्प
विश्व इतिहासमा आज : पाराग्वेको आन्दोलनदेखि सौर्य मण्डलमा सानो ग्रह फेला



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

वी विल राइज फाउण्डेसन (We Will Rise Foundation–WWRF) ले विनोद गुरुङ र राज गुरुङलाई नयाँ बोर्ड निर्देशकको रूपमा नियुक्त गरेको

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा जारी २२औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड समारोहमा तेक्वान्दोका विज्ञ तुलसीकुमार गुरुङलाई एनएसजेएफ स्पेशल

काठमाडौं । बागमती, लुम्बिनी र मधेश प्रदेशमा रहेका युवा उद्यमीहरूका लागि ग्रीनसिफ्ट नेपाल परियोजनाले दिगो प्याकेजिङ कार्यक्रमअन्तर्गत विशेष अवसर सार्वजनिक

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

Latest










Popular
Suggested