English

इतिहासमा आज : इराकविरुद्ध अमेरिकी युद्धदेखि हाइटीको विनाशकारी भूकम्प



आज १२ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाहरू

 हाइटीको विनाशकारी भूकम्प
सन् २०१० मा हाइटीमा विनाशकारी भूकम्प गएको थियो । ७ दशमलव म्याग्निच्युडको सो भूकम्पका कारण राजधानी पोर्ट अउ प्रिन्स ध्वस्त भएको थियो । भूकम्पका कारण दुई लाख जनाको मृत्यु हुनुका साथै १० लाख मानिस विस्थापित भएका थिए । भूकम्पपछि भत्किएका संरचना निर्माणका लागि हाइटीलाई दातृराष्ट्रले करोडौं डलर सहयोग गरेका थिए ।

इराकविरुद्ध अमेरिकी युद्ध
सन् १९९१ मा इराकविरुद्ध युद्ध गर्ने विषयमा अमेरिकामा बहुमत सदस्यले मतदान गरेका थिए । कुवेतबाट इराकी सेनालाई खेद्न र सैन्य फौज तैनाथ गर्न तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसलाई संसदले विशेष अधिकार दिएको थियो ।

आइफेल टावरबाट रेडियो प्रसारण
आजकै दिन अर्थात् सन् १९०८ को १२ जनवरीमा पेरिसको आइफेल टावरबाट पहिलोपटक लामो दूरीको रेडियो सन्देश प्रसारण भएको थियो । वैज्ञानिक ली डी फरेस्टले गरेको सो प्रसारणलाई ५० भन्दा बढी श्रोताले सुनेका थिए ।

जेफ बेजोसको जन्म  दिन
विद्युतीय कारोवार गर्ने प्रसिद्ध कम्पनी अमेजन डटकमका मालिक, अमेरिकी उद्यमी तथा विश्वकै धनाढ्य जेफ बेजोसको जन्म पनि आज अर्थात सन् १९६४ को १२ जनवरीमा परेको छ ।

यो पनि

विश्व इतिहासमा आज : पेरुमा विध्वशंकारी पहिरोदेखि एडमन्ड हिलारीको निधनसम्म

विश्व इतिहासमा आज : पाराग्वेको आन्दोलनदेखि सौर्य मण्डलमा सानो ग्रह फेला



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested