English

थाहा पाउनुहोस् आजको राशिफल



आज पुस २९ गते बिहीबार । यस्तो छ आजको तपाईंको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) तपाईंका लागि सोमबारको दिन रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका भएकाहरूले तीर्थ गर्दा शुभ हुनेछ । आत्मविश्वास बढ्नेछ ।अध्ययनमा रुचि हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : आजको दिन व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापार व्यवसायको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनुहोला । कसैसँग विवाद हुने काम र कुरा नगर्नुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : तपाईंको मनभित्र अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछन् । आजको दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशि भएकाले कसैसँग विवाद र झगडा नगर्नु उत्तम हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : मित्र र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । नियमित कामबाहेक अन्य नयाँ काममा चासो नदिनुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : मनमा चिन्ता र भय उत्पन्न हुनेछ । तपाईंको कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलता प्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : तपाईंले आजको दिन सुरु गरेको काम सफलता मिल्नेछ । तपाईंको कार्यमूलक यात्रा हुनेछ । कुनै तपाईंलाई सफलता हात लाग्नेछ । कार्य सप्पन्न हुनेछ । मनमा भने केही अशान्ति छाउला ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । आजको दिन तपाईंले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने शान्ति मिल्नेछ । हराएका धनहरू फिर्ता हुनेछन् । यात्रा गर्दा भने सावधानी अपनाउनुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : चन्द्रमा साथ रहेको छ । ग्रह बलिया छन् । त्यसैले आजको दिन सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । आज बिहान सूर्योदयको दर्शन गर्नुभयो भने मनमा खुसियाली छाउनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : तपाईंले गरेको कामबाट मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । विगतदेखि गर्दै आएका कामको मूल्यांकन हुनेछ । समाज र परिवारबाट मानसम्मान मिल्न सक्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । ब्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : मनमा प्रसन्नता छाउने छ । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । आजको दिन अध्यापनमा समय दिनुहोला । लेखन र सिर्जनात्नमक कार्यको शुरुवात गर्दा पनि सफलता मिल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,