English

कार चलाउने अनौठो माछा



बाँदरले गाडी, साइकल चलाउदै गरेको त हामीहरूले धेरै भिडियो देखेका छौं । तर, अब भने माछाको ड्राइभबारे थाहा पाउँदा तपाईं पनि हैरान बन्नुहुनेछ । पानीमा छाल हान्ने माछा अहिले वैज्ञानिकद्वारा ट्रेनिङ पाएर कार चलाउँछ ।

इजराइलका वैज्ञानिकले यस कामलाई प्रमाणित गरी देखाएका छन । यसका लागि वैज्ञानिकले नयाँ टेक्निकको प्रयोग गरेका छन् । जसमा एउटा सानो माछाबाट कार चलाइको छ ।

नयाँ टेक्निकअनुसार माछाले जुन दिशामा हेर्छ त्यही दिशामा कार जान्छ । यस टेक्निकको मुख्य उद्देश्य भनेको जनावरको दिशा निर्धारण र आफ्नो लक्ष्यको पहिचानको क्षमता पत्ता लगाउनु हो ।

के हो वैज्ञानिकको उक्त नयाँ टेक्निक

इजरायलको एक बेन गुरियान युनिभर्सिटीका वैज्ञानिकले नयाँ टेक्निक फिस अपरेटेड व्हिकल लन्च गरेका हुन् । यो एउटा रोबोट्रिक कार हो । जसको माथि एउटा ट्यांकी राखिएको छ । उक्त ट्यांकीमा एउटा सुनौलो माछालाई राखिएको छ । माछाको मुखको अगाडि लाइडार यन्त्र राखिएको छ । जसले मद्दतले गर्दा माछाको दिशाको पहिचान हुने हुनाले निधारित लक्ष्यमा पुग्छ वा पुग्दैन भनेर पत्ता लगाउनका लागि प्रयोग गरिएको हो ।

गोल्डेन माछाभन्दा अगाडिको रूममा माछाले खाने चिजहरू राखिएको हुन्छ । जब माछालाई भोक लाग्छ तब माछाले त्यो रुमको चक्कर लगाउँछ । केही समय यताउता भड्किन्छ र केही समयपछि खानातर्फ लाग्छ ।

यो सबै क्रिया माछाको मुखमा लगाइएको यन्त्रले कम्युटरमा निर्देशित देखाउँछ । जसले गर्दा रोबट्रिक कार पनि यही दिशामा मोडिन्छ । यन्त्रको तल एउटा क्यामेरा पनि लगाइएको हुन्छ जसले गर्दा माछाको प्रतिक्रियाको रेकर्ड गरिन्छ ।

के माछाले जमिनमा कार चलाउन सक्छ त ?

यसमा भनिएको छ, यदि फिस अपरेटेड ह्विकल टेक्निकको प्रयोग गरियो भने माछाले पनि जमिनमा कार चलाउन सक्छ । तर, यसको खुलासा भने वैज्ञानिकले गरेका छैनन् ।

यो पनि
चीनले बनायो सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,