English

कार चलाउने अनौठो माछा



बाँदरले गाडी, साइकल चलाउदै गरेको त हामीहरूले धेरै भिडियो देखेका छौं । तर, अब भने माछाको ड्राइभबारे थाहा पाउँदा तपाईं पनि हैरान बन्नुहुनेछ । पानीमा छाल हान्ने माछा अहिले वैज्ञानिकद्वारा ट्रेनिङ पाएर कार चलाउँछ ।

इजराइलका वैज्ञानिकले यस कामलाई प्रमाणित गरी देखाएका छन । यसका लागि वैज्ञानिकले नयाँ टेक्निकको प्रयोग गरेका छन् । जसमा एउटा सानो माछाबाट कार चलाइको छ ।

नयाँ टेक्निकअनुसार माछाले जुन दिशामा हेर्छ त्यही दिशामा कार जान्छ । यस टेक्निकको मुख्य उद्देश्य भनेको जनावरको दिशा निर्धारण र आफ्नो लक्ष्यको पहिचानको क्षमता पत्ता लगाउनु हो ।

के हो वैज्ञानिकको उक्त नयाँ टेक्निक

इजरायलको एक बेन गुरियान युनिभर्सिटीका वैज्ञानिकले नयाँ टेक्निक फिस अपरेटेड व्हिकल लन्च गरेका हुन् । यो एउटा रोबोट्रिक कार हो । जसको माथि एउटा ट्यांकी राखिएको छ । उक्त ट्यांकीमा एउटा सुनौलो माछालाई राखिएको छ । माछाको मुखको अगाडि लाइडार यन्त्र राखिएको छ । जसले मद्दतले गर्दा माछाको दिशाको पहिचान हुने हुनाले निधारित लक्ष्यमा पुग्छ वा पुग्दैन भनेर पत्ता लगाउनका लागि प्रयोग गरिएको हो ।

गोल्डेन माछाभन्दा अगाडिको रूममा माछाले खाने चिजहरू राखिएको हुन्छ । जब माछालाई भोक लाग्छ तब माछाले त्यो रुमको चक्कर लगाउँछ । केही समय यताउता भड्किन्छ र केही समयपछि खानातर्फ लाग्छ ।

यो सबै क्रिया माछाको मुखमा लगाइएको यन्त्रले कम्युटरमा निर्देशित देखाउँछ । जसले गर्दा रोबट्रिक कार पनि यही दिशामा मोडिन्छ । यन्त्रको तल एउटा क्यामेरा पनि लगाइएको हुन्छ जसले गर्दा माछाको प्रतिक्रियाको रेकर्ड गरिन्छ ।

के माछाले जमिनमा कार चलाउन सक्छ त ?

यसमा भनिएको छ, यदि फिस अपरेटेड ह्विकल टेक्निकको प्रयोग गरियो भने माछाले पनि जमिनमा कार चलाउन सक्छ । तर, यसको खुलासा भने वैज्ञानिकले गरेका छैनन् ।

यो पनि
चीनले बनायो सूर्यभन्दा पाँच गुणा तातो कृत्रिम सूर्य

सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested