English

उत्तर कोरियाले गर्यो फेरि ब्यालेस्टिक मिसाइल परीक्षण



उत्तर कोरियाले एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । उत्तरले प्रहार गरेको मिसाइल पूर्वी सागरमा खसेको दक्षिण कोरियाले जनाएको छ । एक साताअघि मात्र उत्तरले आवाजभन्दा चाँडो पुग्ने हाइपरसोनिक मिसाइल प्रहार गरेको थियो ।

उत्तरले गत साता प्रहार गरेको हाइपरसोनिक मिसाइलबारे राष्ट्रसंघको सुरक्षा परिषदमा छलफल भइरहेका बेला प्योङयाङले फेरि मिसाइल प्रहार गरेको हो । 

‘उत्तर कोरियाले मंगलबार स्थानीय समयअनुसार साढे सात बजे प्रहार गरेको ब्यालेस्टिक मिसाइललाई हाम्रो सेनाले पहिचान गरेको छ,’ सउलको जोइन्ट चिफ अफ स्टाफले संयुक्त विज्ञप्तिमा भनेको छ । उत्तरले मिसाइल प्रहार गरेको जापानले पनि पुष्टि गरेको छ । 

यो पनि
कजाकस्तान संकट : साढे नौ हजार जना जेल चलान
उत्तर कोरियाद्वारा फेरि क्षेप्यास्त्र प्रहार



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

मान्छेका विभिन्न रुचि हुन्छन्, त्यसमध्ये पुराना नोट, सिक्काको संकलन पनि एक हो । कतिपयले त यसैलाई आफ्नो पेशा नै बनाएका

शनिवारको दिन बाहिर कतै गएर मूड फ्रेस गर्ने मन कसलाई पो हुँदैन र ? तर घुम्न कता जाने भन्ने समस्या

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो