पृथ्वीनारायणले गोरखा राज्य विस्तार गरे कि नेपाल एकीकरण ?



नेपालमा बसोबास गर्ने नेपालीले जति आँखा चिम्लिए पनि बिर्सन नसक्ने पात्रका रूपमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको औचित्यमाथि विभिन्न कोणबाट बहस हुँदै आएको छ ।

विसं १७७९ पुस २७ मा गोरखामा जन्मिई विसं १७९९ चैत २५ मा राजा भएसँगै नेपाल एकीकरण अभियान शुरू गरेका थिए । उनको नेतृत्वमा बाइसे चौबिसे राज्यमा छरिएका भू–भागलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरिएको हो ।

विसं २०६२/६३ को दोस्रो जन–आन्दोलन अगाडिका सरकारले जन्मजयन्तीलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनका साथै उक्त दिन सार्वजनिक बिदा दिने गरेको थियो । राजनीतिक परिवर्तनसँगै त्यो प्रचलनको अन्त्य भयो ।

युद्धमा निपूर्ण पृथ्वीनारायण

गोरखाका राजा नरभूपाल र रानी कौशल्यावतीका छोराका रूपमा जन्मिएका शाहलाई ‘रामायण, महाभारतर ‘शुक्रनीति’ जस्ता ग्रन्थबाट राज्य सञ्चालनसम्बन्धी ज्ञान दिइएको थियो । इतिहासविद्का अनुसार धनुवाण, तरबार, युद्वकला, घोडसवारी दौडमा युवावस्थादेखि नै शाहको लगाव भएकाले उनी युद्धमा निपुर्ण थिए ।

नजिकका कमजोर राज्यलाई समाहित गर्दै काठमाडौं उपत्यकालाई एकीकरणका माध्यमबाट प्राप्त गर्ने योजना बनाएका शाहले विसं १७९८ मा काठमाडौं आउँदा गोरखा दरबारबाट ल्याएका केही वस्तु भक्तपुरका राजा रणजित मल्ललाई उपहारका रूपमा दिने अवसर प्राप्त गरेका थिए ।

त्यतिबेला, गोरखामा एक हजार दुई सय घरधुरी थिए । त्यहाँका जनतालाई आवश्यक अन्नपात उत्पादन हुँदैनथ्यो । त्यसैकारण नजिकका कमजोर राज्यलाई समाहित गर्दै काठमाडौं उपत्यकालाई एकीकरणका माध्यमबाट प्राप्त गर्ने योजना बनाएका शाहले विसं १७९८ मा काठमाडौं आउँदा गोरखा दरबारबाट ल्याएका केही वस्तु भक्तपुरका राजा रणजित मल्ललाई उपहारका रूपमा दिने अवसर प्राप्त गरेका थिए । उनले चाँगुनारायण, पशुपति र गुह्येश्वरी दर्शन गर्ने क्रममा उपत्यकाको भू–भागलाई एकीकरण गर्ने इच्छा राखेका थिए । नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले तत्कालीन समयमा लमजुङ सैन्य मामिलामा गोरखाभन्दा बलियो भए पनि मुलुकको एकीकरणमा योगदान गर्न नसकेको बताए ।

मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँँग विवाह गरेका उनले करिब २० वर्षको उमेरमा राजा भएपछि एकीकरणका क्रममा मकवानपुर पनि कब्जा गरेका थिए । विसं १८०१ असोज १५ मा नुवाकोटमा आक्रमण गरी एकीकरणको शुरुवात गरेका थिए ।

कीर्तिपुरमाथि विजय

एकीकरणका क्रममा शाहले विसं १८१४ देखि तीनपटक कीर्तिपुरमा आक्रमण गरेका थिए । उनले कीर्तिपुरवासीसँग दुईपटक पराजित भएर पनि तेस्रो पटकको प्रयत्नमा विजय हासिल गरेका थिए । काठमाडौं, ललितपुर र भक्तपुरबाट सैन्य सहयोग प्राप्त गरेको कीर्तिपुरसँगको युद्धमा गोरखाली सेनाले ठूलो क्षति भोग्नुपरेको थियो । त्यसबेला शाहको दाहिने हात मानिने काजी कालु पाँडेको मृत्यु भएको थियो ।

वि.सं १८२१ मा उनका भाइ शूरप्रतापका नेतृत्वमा दोस्रोपटक कीर्तिपुर आक्रमण भएको थियो । सो युद्धमा उपत्यकाबाट कीर्तिपुरलाई सैनिक सहयोग प्राप्त हुन नसके पनि त्यहाँका जनताले गोर्खाली सैनिकलाई लखेटेका थिए । त्यहीबेला शूरप्रतापको आँखा फुटेको थियो ।

कीर्तिपुरमाथि तेस्रोपटकको युद्धको नेतृत्व कालु पाँडेका छोरा काजी वंशराजले गरे । उनले कीर्तिपुरलाई चारैतिरबाट घेरा हालेर आक्रमण गरी विजय प्राप्त गरेका थिए । वंशराजलाई काजी नियुक्त गरी केहरसिंह बस्न्यातको नेतृत्वमा सैनिक संरचना पुनर्गठन गरेर तेस्रो पटकको युद्धमा विजय भएपछि काठमाडौं उपत्यकाका शासक डराएका थिए । क्रमिकरूपमा स–साना विभिन्न राज्य जोड्ने र त्यसको रक्षा गर्ने रणनीतिमा गोर्खाली सेना थियो । त्यतिखेर गोर्खाली सेनाले काठमाडौं उपत्यकामा नियन्त्रण राख्न सकेको थिएन ।

अंग्रेजसँगको युद्ध

विसं. १८२४ असोज १५ मा गोर्खाली सेनाले सिन्धुलीगढीमा इस्ट इन्डिया कम्पनी सेनासँग गरेको युद्धलाई महत्वपूर्ण मानिन्छ । काठमाडौंका तत्कालीन राजा जयप्रकाश मल्लको सहयोगार्थ आएका इस्ट इन्डिया कम्पनी सैनिक सिन्धुलीगढीमा गोर्खाली सेनासँग युद्ध गरी उनीहरूले जितेका राज्यसमेत कब्जा गर्ने उद्देश्यले आएका थिए । पूर्वमा जापानदेखि पश्चिमका ल्याटिन अमेरिकी भूभागमा फैलिएको बेलायती साम्राज्यलाई रोक्न शाहका नेतृत्वमा सञ्चालन भएको एकीकरण अभियानलाई सफल बनाउन अंग्रेजसँग युद्ध भएको थियो ।

सो स्थानमा गोर्खाली सेनाले ‘किन लक’ नेतृत्वको २ हजार ४ सय अंग्रेज सैनिकसँग युद्ध गरी एक हजार ६ सय सैनिकलाई मारेको इतिहास छ । देशको गौरव बढाउने युद्धका रूपमा त्यसलाई लिइन्छ ।

बेलायती सेनासँग अत्याधुनिक हातहतियार भए पनि गोर्खाली सेनाले स्थानीयवासीका सहयोगमा घरेलु हतियारले युद्धमा सफलता कायम गरी मुलुकको भूगोल रक्षा गरेका थिए । सोही कारण नेपालीको शिर सधैँ उच्च रहेको छ र नेपालले आजसम्म स्वाभिमानी राष्ट्रका रूपमा आफूलाई चिनाउँदै आएको छ । करिब दुई हजार पाँच सय मिटर अग्लो स्थान सिन्धुलीगढीमा अहिले सेनाले पहिलो युद्ध संग्रहालय निर्माण गरेको छ ।

चार करोड ५० लाख रुपियाँमा बनेको संग्रहालयमा तत्कालीन युद्धमा प्रयोग गरिएका सैनिक पोसाक, हातहतियार, अन्य सैन्य सामग्री र त्यस युद्धमा प्रयोग भएका अरू ऐतिहासिक वस्तु तथा सामग्री संकलन गरिएका छन् । त्यसबेलाको सैन्य संस्कृति, युद्धावस्था र हाम्रो सभ्यतासँग जोडिएको संग्रहालयमा तत्कालीन ६ वटा शिलालेखसमेत राखिएका छन् । ती शिलालेख देवनागरीमा लेखिएका छन् र केही अस्पष्ट देखिन्छन् ।

विसं १८२५ मा काठमाडौंलाई एकीकरण गरेका गोर्खाली सेनाले क्रमशः ललितपुर र भक्तपुरमाथि पनि विजय गरेको थियो । राष्ट्रनिर्माता शाहले शिवपुरी, फूलचोकी, चन्द्रागिरि, महादेवपोखरी, पालुङ, दाप्चा र काहुलेमा बलियो सैन्य किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाब दिएको इतिहास छ ।

काठमाडौंदेखि एक सय ५० किलोमिटर दूरीमा रहेको सिन्धुलीगढी नेपाली स्वाभिमानको प्रतीक मात्र नभई आधुनिक नेपालका लागि गौरवपूर्ण इतिहास बोकेको स्थल पनि हो । विदेशी हमलालाई परास्त गरेर राष्ट्रिय स्वाभिमानलाई सधैँ उँचो बनाएको सिन्धुलीगढी नेपाल–अंग्रेज युद्धको जीवित दस्तावेज हो । विसं १८२५ मा काठमाडौंलाई एकीकरण गरेका गोर्खाली सेनाले क्रमशः ललितपुर र भक्तपुरमाथि पनि विजय गरेको थियो । राष्ट्रनिर्माता शाहले शिवपुरी, फूलचोकी, चन्द्रागिरि, महादेवपोखरी, पालुङ, दाप्चा र काहुलेमा बलियो सैन्य किल्ला तयार पार्न र प्रत्येकमा तोप राख्न सुझाब दिएको इतिहास छ ।

विसं २०६२/०६३ को आन्दोलनपछि बनेको गिरिजाप्रसाद कोइरालानेतृत्वको सरकारले पृथ्वीजयन्तीमा बिदा कटौतीको निर्णय गरेसँगै सरकारले त्यतिखेरदेखि नै पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसका अवसरमा औपचारिक कार्यक्रम आयोजन गर्न छाडेकामा विसं २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारले झन्डै ११ वर्षपछि सार्वजनिक बिदा दिएर सिंहदरबारको मुख्य प्रवेशद्वारअगाडि रहेको शाहको सालिकमा फूलमाला चढाएको थियो । त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारले पुनः बिदा कटौती गरेपछि सरकारीस्तरमा कार्यक्रम नै भएका छैनन ।

आफ्ना भारदारलाई एकीकरण अभियानमा उठाउनुपरेको कष्ट, सफल बनाउन लिएका नीति तथा राज्यलाई जोगाउन सन्ततिले ध्यान दिनुपर्ने विषयवस्तुका विषयमा शाहले दिएको ‘दिव्योपदेश’ आज पनि सान्दर्भिक मान्न सकिन्छ । ती उपदेशमा गृहनीति, परराष्ट्रनीति, अर्थनीति, खेतीयोग्य जमिनको रक्षा, खानी, लडाकु सैनिक र शस्त्र संग्रह गरी देशको रक्षा गर्ने विषयवस्तु समेटिएका छन् ।

नेपाल चार जात ३६ वर्णको फूलबारी भएको जनाउँदै त्यसमा घुस लिने र घुस दिने दुवै अपराधी भएको बताइएको छ । त्यस्तै, राष्ट्रको समृद्धिका लागि स्थानीय उत्पादनलाई जोड दिइएको छ । स्थानीय सम्पत्ति देशबाट बाहिर जान नहुने, नेपाली जडिबुटीलाई विदेशी भूमिमा बेच्न र यसबाट प्राप्त सम्पत्ति देशमा फिर्ता ल्याउन प्रोत्साहन गर्नुपर्नेलगायत उपदेश अहिले पनि सान्दर्भिक रहेको कवि बान्तु बताउँछन् । शाहले दुःखले आर्जेको मुलुकमा बस्ने हामी नेपालीले राष्ट्रनिर्माताका रूपमा सम्मान गर्नुपर्ने बताउँदै उनले भने–‘देशै नरहे हाम्रो अस्तित्व हुँदैन, हामी नेपाली हुने थिएनौँ ।’

विश्लेषक विश्वभक्त दुलाल आहुती भने शाह सामन्तवादी राजा भएको जनाउँदै उनले हस्तक्षेपपूर्ण तरिकाले गोरखा राज्य विस्तार गरेर विविधतामा रहेका नेपालीलाई एकल भाषा र संस्कृति अवलम्बन गर्न बाध्य बनाएको विचार व्यक्त गरेका छन् ।

विश्लेषक विश्वभक्त दुलाल आहुती भने शाह सामन्तवादी राजा भएको जनाउँदै उनले हस्तक्षेपपूर्ण तरिकाले गोरखा राज्य विस्तार गरेर विविधतामा रहेका नेपालीलाई एकल भाषा र संस्कृति अवलम्बन गर्न बाध्य बनाएको विचार व्यक्त गरेका छन् । शाहले फरक सभ्यताका बीचमा आदिम सभ्यता लादेको आरोप आहुतीको छ ।

राप्रपाका नेता तथा विश्लेषक सुन्दर पाण्डे त्यसबेला शाहका नेतृत्वमा हाम्रा पुर्खाले बल, बुद्धि र विवेकले छरिएका राज्यलाई एकीकरण नगरेको भए आधुनिक नेपालको इतिहास निर्माण हुन नसक्ने बताउँछन् ।

यो पनि…
प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छ
एमाले महाधिवेशनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी



...
प्रदेश २ को राजधानी जनकपुरधाम - Mero LifeStyle Mero LifeStyle

[…] प्रदेशसभामा आज भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम (उत्तरमा धनुषा जिल्लाको ढल्केवर र पूर्व पश्चिम राजमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपालको सिमाना र पश्चिममा मिथिला माध्यमिक परिक्रमा) दुईतिहाइबाट पारित गरिएका कारण अन्य प्रस्ताव निष्क्रिय गरिएको घोषणा गरेका हुन् ।यो पनिराजधानी र नामका लागि प्रदेश २ मा फेरि मतदानपृथ्वीनारायणले गोरखा राज्य विस्तार ग… […]

...
नारायणहिटी संग्रहालयको ठेक्कादेखि विवादसम्मको भित्री कथा - Mero LifeStyle Mero LifeStyle

[…] यो पनि…प्रचण्डले भने– राप्रपा र हाम्रो गोत्र मिल्छपृथ्वीनारायणले गोरखा राज्य विस्तार ग… […]

...
राजधानी र नामका लागि प्रदेश २ मा फेरि मतदान - Mero LifeStyle Mero LifeStyle

[…] पृथ्वीनारायणले गोरखा राज्य विस्तार ग…प्रचण्ड किन सम्राट अशोकसँग आफ्नो तुलना गर्छन् ? (भिडियो पनि) […]

...
पृथ्वीनारायण शाहलाई नेपाली चश्माले हेरौं - Mero LifeStyle Mero LifeStyle

[…] […]

...
राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण (फोटो फिचर) - Mero LifeStyle Mero LifeStyle

[…] […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँको व्यवसाय राम्रै चल्दै थियो । दुग्ध विकास संस्थान (डिडिसी) को डिलर लिएर काठमाडौँमा दुई वटा डेरी चलाइरहेका थिए उनले

सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुन अहिले एकदमै व्यस्त रहेका छन् । कोरोनाको नयाँ–नयाँ भेरियन्ट देखिएसँगै त्यसको अध्ययन अनुसन्धानमा उनी व्यस्त

कोरोना भाइरस संक्रमणको असर नेपालमा देखिन थालेको छ। हप्ता दिनयता नेपालमा संक्रमितको संख्या डरलाग्दो रूपले उकालो लागेको छ। मंगलबार २२

कोरोना संक्रमण तीव्ररूपमा फैलिरहेको छ । दैनिक १० देखि १२ हजारको हाराहारीमा संक्रमितहरू बढिरहेको समयमा अस्पतालमा भन्दा होम आइसोलेसनमा बस्ने

Suggested