English

जान्नुहोस् ध्यान गर्दा हुने फाइदा



स्वामी योगानन्द

आँखा बन्द गरेर केही कुराको कल्पना गर्नु ध्यान हो भनेर धेरैको गलत बुझाइ छ । त्यसको साथै योग तथा ध्यान रिटायर भएपछि बुढाबुढी भएपछि गर्ने हो, ठिटाठीटीहरुले त अरू नै काम गर्नु पर्छ भन्ने धारणा पनि धेरैको छ । तर, ध्यान मेडिटेसन हरेक वर्षको मानिसलाई आवश्यक पर्छ । जसरी दैनिक खाना खानु जरुरी छ त्यसरी नै दैनिक ध्यान गर्नु पनि आवश्यक हुन्छ ।

ध्यान भनेको के हो ?
ध्यान भन्नाले आफू भित्र अन्तर मनमा रमाउनु हो । उदाहरणको लागि प्राकृतिक रूपमा एउटा सानो बच्चा स्वयम ध्यानमा हुन सक्छ किनभने उसले संसारको दौडधुप देखेको छैन, भोगेको छैन त्यसैले उ ध्यानमा हुन्छ । प्राकृतिक अवस्थामा पुग्नु नै ध्यान हो । जुन बेला मनमा धेरै कुरा खेलेका हुँदैनन् मन एकदम शान्त हुन्छ । विचारहरू एकदम शान्त हुन्छ त्यो अवस्था नै ध्यान हो ।

ध्यान गर्दा हुने फाइदाहरू

तनाव कम हुन्छ
अस्वस्थकर जीवनशैली र चौबिसै घन्टा तनावको कारण आजभोलि हामीले धेरै रोगहरूको सामना गर्नुपरेको छ । यदि, सही ढङ्गले योगा र ध्यान गर्ने हो भने हाम्रो जिन्दगीबाट तनाव भाग्छ । अर्थात् यो एक यस्तो एन्टिडिप्रिसेन्ट हो जसले फाइदा नै फाइदा गर्छ । ध्यान र योगाको प्रक्रियामा हामीले लामो गहिरो सास लिन्छौँ । साथै, शरीरको स्लो मुभमेन्ट पनि हुन्छ । जसले तनावलाई कम गर्न सहयोग गर्छ ।


मानसिक स्वास्थ्य राम्रो हुन्छ
ध्यान गर्नाले हाम्रो स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा हामीले धेरै सुनिरहेका हुन्छौँ । धेरै व्यक्तिहरू यसको स्वास्थ्य फाइदाहरूमा रमाइरहेका पनि छन् । यसको एक फाइदा मानसिक स्वास्थ्यमा सुधार पनि हो । ध्यान र योगाले स्मरण शक्ति तीक्ष्ण हुन्छ, सही किसिमले कुनै चीजमा केन्द्रित हुन पाउनुहुन्छ र एकाग्रता पनि बढ्छ ।


शारीरिक स्फूर्ति बढ्छ
शारीरिकरूपमा सक्रिय नहुँदा कम उमेरमै शरीरमा कैयौँ किसिमका रोगहरू लाग्न शुरु हुन्छन् । व्यस्तताको कारण धेरैलाई व्यायाम गर्ने समय पनि मिल्दैन । तर, थोरै समय मिलाएर भए पनि आफ्नो शरीरको ख्याल राख्नु जरुरी हुन्छ । दैनिक थोरै समयसम्म योगा र ध्यान गर्नाले शरीरको स्फूर्ति बढ्नुको साथै काम गर्ने उत्साह र जाँगर पनि बढ्छ ।

क्यान्सरलगायत विभिन्न रोगहरूको जोखिम कम हुन्छ
मानिस योगा र ध्यानको माध्यमले आफ्नो दिमाग र शरीरमाथि नियन्त्रण गर्न सक्छन् । जसले गर्दा राम्रो निद्रा लाग्छ, मानसिक तनाव कम हुन्छ र मनमा सकारात्मक ऊर्जा पैदा हुन्छ जसले गर्दा प्रेसर, मधुमेह, क्यान्सरलगायत विभिन्न रोगहरूको जोखिम कम हुन्छ ।

यो पनि पढ्नुहोस्:
आनन्द के हो ? कसरी प्राप्त हुन्छ ?
जीवन साधना – ज्ञान, भक्ति, कर्म र क्रिया योग
खानेकुरा कसरी खाने ? यी हुन् सही तरिका
जसले १०० शवसँग यौन सम्पर्क गरे



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली