English

भान्छामा आलु प्याज उम्रिन नदिने उपाय



नेपालीहरूको भान्सामा प्याज र आलुको एकदमै प्रयोग हुन्छ । लगभग सबै तरकारीमा आलु र प्याजको प्रयोग हुन्छ । अझ भनौं आलु र प्याज बिना त अधिकांश नेपालीको भान्छामा तरकारी नै पाक्दैन । त्यसैले, अत्याधिक प्रयोग हुने हुनाले गृहिणीहरूले पटक–पटक बजार गईरहन नपरोस् भनेर एकै पटक धेरै आलु र प्याज किनेर राख्छन् ।

एकैपटक धेरै आलु र प्याज किनेर राख्दा उम्रिन सक्ने सम्भावना बढी नै हुन्छ । कोही त आलु र प्याज उम्रिएपछि प्रयोग नगरी फाल्ने पनि गर्छन् । आलु र प्याजलाई उम्रिनबाट कसरी बचाउने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यहाँ केही टिप्सहरूको चर्चा गरिएको छ, जुन टिप्सहरू अपनाएर आलु र प्याजलाई उम्रिनबाट रोक्न सकिन्छ ।

नबिग्रियोस् भनेर कतिपयले आलु प्याज फ्रिजमा पनि राख्ने गर्छन् । तर फ्रिजमा आलु प्याज राख्दा उम्रिन सक्छ । आलुमा स्टार्च हुन्छ, जुन फ्रिजमा राख्दा सुगरमा परिणत हुन्छ । त्यसैले आलु, प्याज फ्रिजमा नराखौं ।

कागजको प्रयोग

कतिपय महिलाहरू कागजको झोला बनाएर आलु र प्याज त्यसमा राख्छन् । तपाई सोंच्दै हुनुहुन्छ होला, कागजले आलु र प्याजलाई उम्रिनबाट कसरी रोक्न सक्छ ? तर उपाय सही हो, कागजको झोलामा आलु र प्याज राख्दा उम्रिदैन । कागजमा राम्ररी बेरेर राख्दा पनि उम्रिनबाट रोक्न सकिन्छ ।

तातो ठाउँमा स्टोर

शायद तपाईंले ख्याल गर्नुभएको होला, घाम लाग्ने ठाउँमा स्टोर गर्दा आलु र प्याज उम्रिन थाल्छ । बिस्तारै गर्मी सिजन सुरु भइरहेको छ । यस्तो अवस्थामा आलु र प्याज यस्तो ठाउँमा राख्नु पर्छ कि त्यहाँ सिधै घाम नछिरोस् र त्यो ठाउँ सधैं चिसो भइरहोस् । हावा आवत–जावत गर्ने ठाउँमा राख्नुपर्छ । हावा नलाग्ने र सिधै घाम लाग्ने ठाउँमा राख्नु भयो भने बिग्रन सक्छ र उम्रिन पनि थाल्छ ।

फलफुलमा एथाइलीन नामक रसायन हुन्छ, जसले आलु, प्याज अंकुरित हुन थाल्छन् । यसको साथै आलु र प्याज पानीले धोएर पनि स्टोर गर्नु हुन्न । चिसोले बिग्रिन, उम्रिन सक्छन् ।

सुतीको कपडाको प्रयोग

कतिपय महिलाहरूले बजारबाट प्लास्टिकको झोलामा आलु र प्याज किनेर ल्याउँछन् र सोही प्लास्टिकको झोलामा नै राखी छोड्छन् । यसरी प्लास्टिकको झोलामा आलु र प्याज राख्दा उम्रिन थाल्छ । त्यसैले, प्लास्टिकको झोलामा आलु, प्याज राख्नु हुन्न, बरु सुतीको कपडाको प्रयोग गर्न सकिन्छ । सुतीको कपडामा बेरेर राख्दा आलु र प्याज उम्रिदैन ।

फ्रिजमा राख्नु हुन्न

नबिग्रियोस् भनेर कतिपयले आलु प्याज फ्रिजमा पनि राख्ने गर्छन् । तर फ्रिजमा आलु प्याज राख्दा उम्रिन सक्छ । आलुमा स्टार्च हुन्छ, जुन फ्रिजमा राख्दा सुगरमा परिणत हुन्छ । त्यसैले आलु, प्याज फ्रिजमा नराखौं ।

फलफुलसँग मिसाएर नराखौं

त्यसो त निकै कम मानिसहरूले मात्र फलफुल अनि आलु, प्याज एकै साथ राख्छन् । तपाई पनि त्यसो गर्नु हुन्छ भने अर्को पटकबाट त्यसो नगर्नुहोस् । किनकी फलफुलमा एथाइलीन नामक रसायन हुन्छ, जसले आलु, प्याज अंकुरित हुन थाल्छन् । यसको साथै आलु र प्याज पानीले धोएर पनि स्टोर गर्नु हुन्न । चिसोले बिग्रिन, उम्रिन सक्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती