English

भान्छामा आलु प्याज उम्रिन नदिने उपाय



नेपालीहरूको भान्सामा प्याज र आलुको एकदमै प्रयोग हुन्छ । लगभग सबै तरकारीमा आलु र प्याजको प्रयोग हुन्छ । अझ भनौं आलु र प्याज बिना त अधिकांश नेपालीको भान्छामा तरकारी नै पाक्दैन । त्यसैले, अत्याधिक प्रयोग हुने हुनाले गृहिणीहरूले पटक–पटक बजार गईरहन नपरोस् भनेर एकै पटक धेरै आलु र प्याज किनेर राख्छन् ।

एकैपटक धेरै आलु र प्याज किनेर राख्दा उम्रिन सक्ने सम्भावना बढी नै हुन्छ । कोही त आलु र प्याज उम्रिएपछि प्रयोग नगरी फाल्ने पनि गर्छन् । आलु र प्याजलाई उम्रिनबाट कसरी बचाउने भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । यहाँ केही टिप्सहरूको चर्चा गरिएको छ, जुन टिप्सहरू अपनाएर आलु र प्याजलाई उम्रिनबाट रोक्न सकिन्छ ।

नबिग्रियोस् भनेर कतिपयले आलु प्याज फ्रिजमा पनि राख्ने गर्छन् । तर फ्रिजमा आलु प्याज राख्दा उम्रिन सक्छ । आलुमा स्टार्च हुन्छ, जुन फ्रिजमा राख्दा सुगरमा परिणत हुन्छ । त्यसैले आलु, प्याज फ्रिजमा नराखौं ।

कागजको प्रयोग

कतिपय महिलाहरू कागजको झोला बनाएर आलु र प्याज त्यसमा राख्छन् । तपाई सोंच्दै हुनुहुन्छ होला, कागजले आलु र प्याजलाई उम्रिनबाट कसरी रोक्न सक्छ ? तर उपाय सही हो, कागजको झोलामा आलु र प्याज राख्दा उम्रिदैन । कागजमा राम्ररी बेरेर राख्दा पनि उम्रिनबाट रोक्न सकिन्छ ।

तातो ठाउँमा स्टोर

शायद तपाईंले ख्याल गर्नुभएको होला, घाम लाग्ने ठाउँमा स्टोर गर्दा आलु र प्याज उम्रिन थाल्छ । बिस्तारै गर्मी सिजन सुरु भइरहेको छ । यस्तो अवस्थामा आलु र प्याज यस्तो ठाउँमा राख्नु पर्छ कि त्यहाँ सिधै घाम नछिरोस् र त्यो ठाउँ सधैं चिसो भइरहोस् । हावा आवत–जावत गर्ने ठाउँमा राख्नुपर्छ । हावा नलाग्ने र सिधै घाम लाग्ने ठाउँमा राख्नु भयो भने बिग्रन सक्छ र उम्रिन पनि थाल्छ ।

फलफुलमा एथाइलीन नामक रसायन हुन्छ, जसले आलु, प्याज अंकुरित हुन थाल्छन् । यसको साथै आलु र प्याज पानीले धोएर पनि स्टोर गर्नु हुन्न । चिसोले बिग्रिन, उम्रिन सक्छन् ।

सुतीको कपडाको प्रयोग

कतिपय महिलाहरूले बजारबाट प्लास्टिकको झोलामा आलु र प्याज किनेर ल्याउँछन् र सोही प्लास्टिकको झोलामा नै राखी छोड्छन् । यसरी प्लास्टिकको झोलामा आलु र प्याज राख्दा उम्रिन थाल्छ । त्यसैले, प्लास्टिकको झोलामा आलु, प्याज राख्नु हुन्न, बरु सुतीको कपडाको प्रयोग गर्न सकिन्छ । सुतीको कपडामा बेरेर राख्दा आलु र प्याज उम्रिदैन ।

फ्रिजमा राख्नु हुन्न

नबिग्रियोस् भनेर कतिपयले आलु प्याज फ्रिजमा पनि राख्ने गर्छन् । तर फ्रिजमा आलु प्याज राख्दा उम्रिन सक्छ । आलुमा स्टार्च हुन्छ, जुन फ्रिजमा राख्दा सुगरमा परिणत हुन्छ । त्यसैले आलु, प्याज फ्रिजमा नराखौं ।

फलफुलसँग मिसाएर नराखौं

त्यसो त निकै कम मानिसहरूले मात्र फलफुल अनि आलु, प्याज एकै साथ राख्छन् । तपाई पनि त्यसो गर्नु हुन्छ भने अर्को पटकबाट त्यसो नगर्नुहोस् । किनकी फलफुलमा एथाइलीन नामक रसायन हुन्छ, जसले आलु, प्याज अंकुरित हुन थाल्छन् । यसको साथै आलु र प्याज पानीले धोएर पनि स्टोर गर्नु हुन्न । चिसोले बिग्रिन, उम्रिन सक्छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested