English

माओवादीका केन्द्रीय सदस्यले दस्तावेज पढ्न नपाएपछि तनाव



नेकपा माओवादी केन्द्रकाे महाधिवेशनमा केन्द्रीय सदस्यले दस्तावेज पढ्न नपाउँदा खल्लाे महसुस गरेका छन् । माओवादी केन्द्रीय सदस्यहरुले प्रतिवेदन पढ्न सोमबार दिउँसाे पाउने भएका छन् । आइतबार बिहान पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले दस्तावेजका शीर्षक र उपशीर्षकहरु मात्रै पढेर सुनाएका छन् ।

‘भोलि (सोमबार) बिहान खाना खाएपछि मात्रै बन्दसत्र सुरु हुन्छ । बन्दसत्रका बेलामा चाहिँ यसलाई वितरण गरिन्छ’ आइतबारको बैठकमा अध्यक्ष प्रचण्डले भने– ‘ग्रुपमा अध्ययन गर्ने बेलामा नै सबै डिटेलमा पढ्ने, टिप्पणी गर्ने । हामी स्थायी समितिका पनि एउटा ग्रुप बनाएर बस्ने भनेका छौं ।’

प्रस्ताव केन्द्रीय सदस्यहरुलाई प्रतिवेदन वितरण गर्दा बन्दसत्र सुरु नहुँदै पत्रिकामा छापिने र महाधिवेशन खल्लो हुने प्रचण्डले बैठकमा बताए । उनले भने– ‘यो प्रस्ताव वितरण चैं गरिनहालौं, किनभने यो बन्दसत्र सुरु हुनुभन्दा अगाडि नै बाहिर पत्रिकामा सररै निक्लियो भने हाम्रो महाधिवेशन नै खल्लो हुन्छ । त्यसकारण, अहिले वितरणचाहिँ नगरौं भनेर वितरण गरिएको छैन ।’ उनले थपे– ‘म यहाँ कामरेडहरुलाई केही शीर्षकहरु जानकारी गराउँछु । यसको शीर्षकचाहिँ बाहिर जाने भो तर दस्ताबेजचाहिँ अहिले केन्द्रीय समितिमा यहाँ वितरण नगरिहाल्ने । पत्रकारहरुले के भनेछन् भने स्थायी समितिमा बाँड्नुभएको भए पाइहालिन्थ्यो, स्थायी समितिमा बाँड्नुभएन छ ।’



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested