पानीः बुझ्नैपर्ने तथ्याङ्क

हाम्रै हेलचेक्राईंले बढ्दै पानीको समस्या

विश्व जल दिवस


आज मार्च २२ तारिख विश्व जल दिवस । सन् १९९२ मा ब्राजिलको रियो दि जेनेरियोमा भएको संयुक्त राष्ट्र संघको भेलाले यो दिनलाई जल दिवसको मनाउने घोषणा गरेपछि सन् १९९३ देखि प्रत्येक बर्ष यो दिवस मनाउँदै आईएको छ ।

पानी जीवनको मुख्य आधार हो भन्ने कुरामा कुनै शंका छैन । पानीले हामीलाई जीवन दियो, बाँच्ने आधार दियो । तर हामीले पानीलाई विनाशको बाटोतर्फ धकेल्यौं । त्यसैले, अहिले पानी मानिसको बाँच्ने आधार जति रहेको छ, त्यो भन्दा बढी पानी मानिसको विनाशको आधार बन्दै गएको छ ।

विश्वमा दुषित पानीको कारण हुने झाडापखालावाट दैनिक ८ सय भन्दा बढी ५ बर्ष मुनिका बालबालिकाको मृत्यु हुने गर्छ । प्रदुषित पानी, सरसफाइको अभावको कारण बार्षिक २ लाख ९७ हजार बालबालिकाको मृत्यु भैरहेको छ ।

यो बर्षको जल दिवसको नारा ‘पानीलाई महत्व दिऔं’ भन्ने रहेको छ । यो नारालाई हामीले आजको दिनमा मात्र नभएर बर्षौ बर्षसम्म पालना गर्यौ भने सायद पानीले गर्ने अभाव र विनाशमा कमी ल्याई हाम्रो दरसन्तानलाई जिउने बलियो आधार पनि दिन सक्छ ।

– सन् २००१ देखि २०१८ सम्म भएका विभिन्न प्राकृतिक घटनामा ७४ प्रतिशत पानीको कारणले भएको थियो । पछिल्लो २० बर्षमा बाढी र सुख्खाको कारण १ लाख ६६ हजार मानिसहरूको मृत्यु भएको थियो । बाढी र सुख्खाले यो अवधिमा ३ अर्ब मानिसहरू प्रभावित भए भने यसले ८ सय अर्ब रुपैयाँ भन्दा बढीको क्षति गरेको थियो ।

– सन् २०३० सम्ममा विश्वका ७० करोड मानिसहरू पिउने पानीका लागि आफ्नो बासस्थान छोड्ने अवस्थामा पुग्ने छन् ।

– सन् १९०० देखि अहिलेसम्म सुख्खाका कारण १ करोड १० लाख मानिसहरूको मृत्यु भैसकेको छ भने २ अर्ब मानिसहरू प्रभावित भएका छन् ।

– सन् १९९० पछि पानीको प्रदुषण विश्वब्यापी रूपमा बढ्दै गएको छ । दक्षिण अमेरिका, अफ्रिका र एशियाको एक तिहाई नदीहरू प्रदुषित हँुदै गएका छन् ।

– भुमिगत स्रोतवाट झिकिएका पानीमा आर्सेनिकको मात्रा बढ्दै गएको छ । यो पानीले अहिले ७० भन्दा बढी मूलुकका १४ करोड मानिसहरूलाई प्रभावित गरेको छ ।

– पछिल्लो १ सय बर्षको अवधिमा पृथ्वीमा रहेको ७० प्रतिशत सिमसारहरू हराएका छन् । जसको कारण अत्याधिक शुद्ध पानीको स्रोतहरू गुमेका छन् ।

– विश्वमा प्रत्येक ५ जनामध्ये २ जनाले हात धुने सुविधावाट बन्चित हुनु परेको छ । यो अनुसार १ अर्ब ६० करोड ब्यक्तिसंग हात धुन साबुन वा पानीको समस्या रहेको छ भने १ अर्ब ४० करोडसंग कुनै किसिमको सुविधा रहेको छैन ।

– विश्वमा सञ्चालनमा आएका आधाभन्दा बढी विद्यालयमा हात धुने सुविधा छैन ।

– विश्वमा दुषित पानीको कारण हुने झाडापखालावाट दैनिक ८ सय भन्दा बढी ५ बर्ष मुनिका बालबालिकाको मृत्यु हुने गर्छ । प्रदुषित पानी, सरसफाइको अभावको कारण बार्षिक २ लाख ९७ हजार बालबालिकाको मृत्यु भैरहेको छ ।

– यदि स्वच्छ पिउने पानीको ब्यवस्था गर्ने हो भने विश्वमा पानीको कारण हुने रोगहरूलाई १० प्रतिशले कमी गर्न सकिन्छ ।

स्रोतहरूः युएन, डब्लुएचओ, युनिसेफ, वर्ल्ड बैंक, युनेस्को, एफएओ, डब्लुएचओ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

दूध स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दूधमा प्रोटिन र क्याल्सियम राम्रो मात्रामा पाइन्छ । यसबाहेक दूधमा भिटामिन ए, बी२

जमिनमा नै घर बनाएको देख्नु भएको छ, तर एउटा यस्तो ठाउँ छ जहाँ जमिनमुनि घर बनाएर बस्छन् । यी घरहरू

तपाईँ भित्री सजावटको सोखिन हुनुहुन्छ र तपाईँको घरलाई धेरै सुन्दर तरिकाले सजाउन चाहनुहुन्छ वा तपाईँ आफ्नो नयाँ घरमा सर्दै हुनुहुन्छ

बजारमा विभिन्न प्रकारका ब्रा उपलब्ध छन्, तर हामी सधैँ डिजाइनरको सट्टा गुणस्तरमा ध्यान दिने प्रयास गर्छौँ ताकि दैनिक प्रयोगमा लगाइने