English

कामना सेवा फुटसल कपको उद्घाटन सम्पन्न



‘स्वस्थ शरीर स्वस्थ मस्तिष्क’ भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले आयोजना गरेको ‘पहिलो कामना सेवा फुटसल कप प्रतियोगिता’ को आज भव्य समारोहकाबीच उद्घाटन भएको छ । उद्घाटनपछि लिगचरणका खेलहरू शुरु भएका छन् ।

काठमाडौंको हाँडीगाउँस्थित धन्वन्तरी फुटसल मैदानमा भएको खेलको उद्घाटन युवा तथा खेलकुदमन्त्री माननीय महेश्वरजंग गहतराजले गरेका हुन् । । मन्त्री गहतराजले कोरोना महामारीको कारण विगत २ वर्षदेखि प्रभावित भएको खेलकुदका गतिविधिहरु सञ्चानल हुन थालेकोले खेलाडीहरुमा उत्साह जागेको बताए । उनले खेलकुदले मानिसलाई अनुशासित गराउनुका साथै शारीरिक तथा मानसिक स्वास्थ्य कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुँदा बैंकले फुटसल प्रतियोगिता आयोजना गरेर निकै सह्रानीय कार्य गरेकोमा बैंकलाई धन्यवाद दिए ।

कामना सेवा विकास बैंकका अध्यक्ष श्री सुदीप आचार्यज्यूको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा केटीएम सिटीका प्रमुख कार्यकारी अधिकृत श्री निमा शेर्पा, बैंकका नि. प्रमुख कार्यकारी अधिकृत श्री हरि प्रसाद लम्साल, एन्फाका प्रतिनिधि, खेलपाटी डट कमका प्रतिनिधिहरू, सहभागी टिमका खेलाडीलगायत विभिन्न बैंक तथा वित्तीय संस्था एवं बीमा कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फुटसल प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूसमेत गरी २४ वटा टिम सहभागी भएका छन् । २४ वटा टिमलाई ६ समूहमा विभाजन गरिएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

Latest










Popular
Suggested