भलिबल च्यालेन्ज कपमा नेपालकाे लगातार दोस्रो जित



काठमाडौं । बंगलादेशमा चलिरहेको एसियन सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको महिलातर्फ नेपाली टोलीले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार भएको खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा हरायो । एकपक्षीय जस्तै बनेको खेलमा साविक विजेता नेपालले माल्दिभ्सलाई २५-११, २५-९, २५-५ सेटमा हरायो ।

दुई जितपछि ५ अंक जोडेर नेपाल अंक तालिकामा शीर्षस्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो ।

६ राष्ट्र सहभागी प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले आफ्नो तेस्रो खेल शनिबार घरेलु टोली बंगलादेशसँग खेल्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । ब्राइटनसँग मंगलबार राति १-१ गोलको बराबरी खेलेसँगै इंग्लिस प्रिमियर लिगमा चेल्सीको उपाधि यात्रा थप कठिन बनेको छ। सिजनको

काठमाडौं । यतिखेर देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। बिहान तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका

नेपालमा थप १० हजार २ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो

सातौं चरणमै शीर्ष स्थानमा रहँदै एएफसी कप-२०२२ छनोटमा नेपालको प्रतिनिधित्व गरेको मच्छिन्द्र फुटबल क्लबले श्रीलंकाको ब्लु स्टार स्पोर्ट्स क्लब प्रतिद्वन्द्वी

Suggested