English

रैथाने परिकार चिनाउँदै चिकित्सक



सामान्यतः डेन्टलका विद्यार्थीहरूले पढाइबाट जोगिएको समय आफ्नै चिकित्सीय क्षेत्रका लागि लगाउनुपर्ने हो । तर राजुराज शाक्य, प्रनव राजभण्डारी, मोनिका कुमाल र सुरज पाण्डे डेन्टलका यी पाँच विद्यार्थी रैथाने खानाको प्रवर्द्धनमा लागी परेका छन् । ईथनिक फुड्सका संस्थापक हुन्, डेन्टलका यी विद्यार्थीहरू ।

अध्ययन र अनुसन्धानमा रुचि राख्ने ईथनिक फुडस् टिमले दिनभरीको कलेजको समयपछि एक घण्टा ईथनिक फुड्सलाई दिने गरेको शाक्य बताउँछन् । भविष्यमा डेन्टलकोे राम्रो चिकित्सक बन्ने सपना त छँदैछ, त्यसबाहेक रैथाने खानाको परिकारलाई राम्रो ब्राण्ड बनाएर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ईथनिक फुडस्को स्थापना गरिएको संस्थापक राजुराज शाक्य बताउँछन् ।

ईथनिक फुडस् ग्रुप यसै वर्षको यःमरी पूर्णिमाको अवसरमा मंसिर १५ गते लन्च भएको हो । हट प्राइज कम्पिटिसन फुटफेस्टिबलमा रैथाने मिठाई चाकुलाई प्रतिस्पर्धामा राखेको थियो, यो समूहले । त्यसमा एकदमै राम्रो प्रतिक्रिया आएपछि रैथाने खानाको परिकारलाई बजारीकरण गर्न यो ग्रुप बनाउने अवधारणा आएको संस्थापक शाक्यले जनाए । प्रनव राजभण्डारीका अनुसार यस ग्रुपले चाकु मिठाईका लागि सुरुमा परीक्षणका निम्ति तीस हजार रुपैयाँ मात्र लगानी गरेको थियो । तर परीक्षण समयमा नै विभिन्न सहरबाट राम्रो माग आएपछि यो टिम हौसियो ।

संस्थापक शाक्य र राजभण्डारीका अनुसार रैथाने परिकारको बजारीकरण गर्न उनीहरू आफै अनुसन्धान गर्छन् । यो टिमले शेर्पा समुदायको परम्परागत बिस्कुट खापसे पनि परीक्षण गरी बजारमा ल्याइसकेको छ ।

सादा चाकुलाई ईथनिक फुड्सले बजारमा लेबलिङ्ग गरी परीक्षण गरेको थियो । परीक्षणमा चार सय ग्राम चाकुको प्याकेटकको मूल्य दुई सय राखिएको थियो । ईथनिक फुड्सले नेपालमा भएका कुनै जाति विशेषको रैथाने खानालाई नेपाललगायत अन्य देशमा प्रचार प्रसार गरी बजारीकरण गर्ने योजना बनाएको राजभण्डारीले जानकारी दिए ।

संस्थापक शाक्य र राजभण्डारीका अनुसार रैथाने परिकारको बजारीकरण गर्न उनीहरू आफै अनुसन्धान गर्छन् । यो टिमले शेर्पा समुदायको परम्परागत बिस्कुट खापसे पनि परीक्षण गरी बजारमा ल्याइसकेको छ । रैथाने चाकु टोखाका चाकु व्यवसायी कृष्णबहादुर श्रेष्ठ र खापसेका लागि बौद्धका तिब्बतीयन समुदायसंग समन्वय गरी बजार परीक्षण गरिएको हो । यसका साथै बजारमा चाकुको अन्य भेराइटी, प्रदेश नं. २ को रैथाने खाने परिकार ‘ठेकुवा’ पनि परीक्षण गर्ने योजना बनाएको छ ।

भविष्यमा डेन्टल राम्रो चिकित्सक बन्ने सपना त छँदैछ, त्यसबाहेक रैथाने खानाको परिकारलाई राम्रो ब्राण्ड बनाएर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ईथनिक फुडस्को स्थापना गरिएको संस्थापक राजुराज शाक्य बताउँछन् ।

राष्ट्रिय स्तरमा ईथनिक फुडलाई एउटा ब्राण्ड बनाइसकेपछि विस्तारै अन्तर्राष्ट्रिय स्तरमा समेत विक्री वितरण गर्ने योजना रहेको राजभण्डारीले मेरोलाइफस्टाइललाई बताए । बजारीकरण गर्न सकिने खानाको परिकार जुन क्षेत्र र समुदाय विशेषको हुन्छ, सोही क्षेत्र र समुदायसंग समन्वय गरी बजारीकरण गर्ने योजना ईथनिक फुड्स टिमको रहेको छ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

सुनसरी, मंसिर २२ गते ।सुनसरीको रामधुनी नगरपालिका-२ का सिटी रिक्सा चालक ४५ बर्षीय दिनेश कुमार चौधरीलाई असोज २५ गते बेलुकी

काठमाडौ । गीत संगीतमा केही नयाँपन दिँदै उडाइरहेका प्रशासक अशोक विष्ट ‘मिठो मिठो बोली’ नामक गीत लिएर बजारमा आएका छन्

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक

Latest










Popular
Suggested