English

रैथाने परिकार चिनाउँदै चिकित्सक



सामान्यतः डेन्टलका विद्यार्थीहरूले पढाइबाट जोगिएको समय आफ्नै चिकित्सीय क्षेत्रका लागि लगाउनुपर्ने हो । तर राजुराज शाक्य, प्रनव राजभण्डारी, मोनिका कुमाल र सुरज पाण्डे डेन्टलका यी पाँच विद्यार्थी रैथाने खानाको प्रवर्द्धनमा लागी परेका छन् । ईथनिक फुड्सका संस्थापक हुन्, डेन्टलका यी विद्यार्थीहरू ।

अध्ययन र अनुसन्धानमा रुचि राख्ने ईथनिक फुडस् टिमले दिनभरीको कलेजको समयपछि एक घण्टा ईथनिक फुड्सलाई दिने गरेको शाक्य बताउँछन् । भविष्यमा डेन्टलकोे राम्रो चिकित्सक बन्ने सपना त छँदैछ, त्यसबाहेक रैथाने खानाको परिकारलाई राम्रो ब्राण्ड बनाएर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ईथनिक फुडस्को स्थापना गरिएको संस्थापक राजुराज शाक्य बताउँछन् ।

ईथनिक फुडस् ग्रुप यसै वर्षको यःमरी पूर्णिमाको अवसरमा मंसिर १५ गते लन्च भएको हो । हट प्राइज कम्पिटिसन फुटफेस्टिबलमा रैथाने मिठाई चाकुलाई प्रतिस्पर्धामा राखेको थियो, यो समूहले । त्यसमा एकदमै राम्रो प्रतिक्रिया आएपछि रैथाने खानाको परिकारलाई बजारीकरण गर्न यो ग्रुप बनाउने अवधारणा आएको संस्थापक शाक्यले जनाए । प्रनव राजभण्डारीका अनुसार यस ग्रुपले चाकु मिठाईका लागि सुरुमा परीक्षणका निम्ति तीस हजार रुपैयाँ मात्र लगानी गरेको थियो । तर परीक्षण समयमा नै विभिन्न सहरबाट राम्रो माग आएपछि यो टिम हौसियो ।

संस्थापक शाक्य र राजभण्डारीका अनुसार रैथाने परिकारको बजारीकरण गर्न उनीहरू आफै अनुसन्धान गर्छन् । यो टिमले शेर्पा समुदायको परम्परागत बिस्कुट खापसे पनि परीक्षण गरी बजारमा ल्याइसकेको छ ।

सादा चाकुलाई ईथनिक फुड्सले बजारमा लेबलिङ्ग गरी परीक्षण गरेको थियो । परीक्षणमा चार सय ग्राम चाकुको प्याकेटकको मूल्य दुई सय राखिएको थियो । ईथनिक फुड्सले नेपालमा भएका कुनै जाति विशेषको रैथाने खानालाई नेपाललगायत अन्य देशमा प्रचार प्रसार गरी बजारीकरण गर्ने योजना बनाएको राजभण्डारीले जानकारी दिए ।

संस्थापक शाक्य र राजभण्डारीका अनुसार रैथाने परिकारको बजारीकरण गर्न उनीहरू आफै अनुसन्धान गर्छन् । यो टिमले शेर्पा समुदायको परम्परागत बिस्कुट खापसे पनि परीक्षण गरी बजारमा ल्याइसकेको छ । रैथाने चाकु टोखाका चाकु व्यवसायी कृष्णबहादुर श्रेष्ठ र खापसेका लागि बौद्धका तिब्बतीयन समुदायसंग समन्वय गरी बजार परीक्षण गरिएको हो । यसका साथै बजारमा चाकुको अन्य भेराइटी, प्रदेश नं. २ को रैथाने खाने परिकार ‘ठेकुवा’ पनि परीक्षण गर्ने योजना बनाएको छ ।

भविष्यमा डेन्टल राम्रो चिकित्सक बन्ने सपना त छँदैछ, त्यसबाहेक रैथाने खानाको परिकारलाई राम्रो ब्राण्ड बनाएर राष्ट्रियदेखि अन्तर्राष्ट्रिय बजारमा पुर्याउन ईथनिक फुडस्को स्थापना गरिएको संस्थापक राजुराज शाक्य बताउँछन् ।

राष्ट्रिय स्तरमा ईथनिक फुडलाई एउटा ब्राण्ड बनाइसकेपछि विस्तारै अन्तर्राष्ट्रिय स्तरमा समेत विक्री वितरण गर्ने योजना रहेको राजभण्डारीले मेरोलाइफस्टाइललाई बताए । बजारीकरण गर्न सकिने खानाको परिकार जुन क्षेत्र र समुदाय विशेषको हुन्छ, सोही क्षेत्र र समुदायसंग समन्वय गरी बजारीकरण गर्ने योजना ईथनिक फुड्स टिमको रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested