English

के सरकारले फेरि लकडाउन गर्दैछ ?



छिमेकी मूलुकहरू विशेषगरी भारतमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या वृद्धि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ती जारी गर्दै जमघट तथा भीडभाड हुने काम नगर्न अनुरोध गर्यो । यो सँगै लामो समयको बन्दाबन्दीले आक्रान्त बनेका आममानिसमा कोरोनाको दोस्रो लहर आउने हो कि भन्ने आशंका बढ्न थालेको छ ।

यद्यपि नेपालमा संक्रमितको संख्या दैनिकजसो घटिरहेको छ । मन्त्रालयका अनुसार आइतबार देशभर ७७ जना कोरोना संक्रमित थपिएका छन् । यसरी एक साता यता नेपालमा भने कोरोना संक्रमितको संख्या घटिरहेको छ । तैपनि मन्त्रालयको पछिल्लो विज्ञप्ती अनुसार भने नेपालमा फेरि पनि लकडाउन (बन्दाबन्दी) हुन सक्ने सम्भावनालाई संकेत गरेको छ ।

यतिबेला भारतमा धेरैजना मानिसमा नयाँ भेरियन्टको पनि आशंका गरिएको छ तर, त्यसको बारेमा भने पुष्टि भैसकेको छैन । तैपनि भारतका कतिपय राज्यमा भने यतिबेला लकडाउन गरिएको छ । त्यसैले नेपालमा पनि यदि त्यस्तो अवस्था आयो भने जोखिम क्षेत्र हेरेर लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम अहिले जनतालाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध मात्र गरेको बताउँछन् । तर, जनताले जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने सरकारले जस्तोसुकै कदम चाल्न पनि तयार हुने उनले प्रष्ट पारे । ‘छिमेकी मूलुक भारतमा कोरोना संक्रमितको संख्या बढिरहेकाले त्यसैलाई मध्यनजर गर्दै र आममानिसले जनस्वास्थ्यका मापदण्ड पालना नगरेकाले हामीले अनुरोध गरेका हौं,’ उनले भने, ‘अझै पनि मानिसहरूले हेलचेक्र्याईं गरे भने सरकारले जुनसुकै कदम चाल्न पनि सक्छ ।’

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नाकामा कोभिड परीक्षण र एन्टिजीन टेस्टलाई तीव्रता दिइएको उनले प्रष्ट पारे । ‘हामीले नाकामा आवश्यक पर्नेलाई एन्टिजीन परीक्षण सुरु गरिरहेका छौं,’ उनले भने, ‘यसका साथै भारतबाट आएकालाई जनस्वास्थ्यका मापदण्ड पालना गरी होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छौं ।’

‘हामी अझैपनि कोरोना जोखिममै छौं,’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्यौं भने भारतको जस्तो ह्वात्तै कोरोना संक्रमित बढ्न पाउँदैन ।

यतिबेला भारतमा धेरैजना मानिसमा नयाँ भेरियन्टको पनि आशंका गरिएको छ तर, त्यसको बारेमा भने पुष्टि भैसकेको छैन । तैपनि भारतका कतिपय राज्यमा भने यतिबेला लकडाउन गरिएको छ । त्यसैले नेपालमा पनि यदि त्यस्तो अवस्था आयो भने जोखिम क्षेत्र हेरेर लकडाउन गर्नुपर्ने अवस्था आउन सक्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

‘हामीले यतिबेला नेपाल–भारत सीमामा निगरानी बढाएका छौं,’ उनले भने, ‘छिमेकी मुलुकमा नयाँ भेरियन्टको आशंका गरिएको हुनाले अहिले तत्कालका लागि परीक्षणको दायरालाई बढाउने, कन्ट्रयाक्ट ट्रेसिङ गर्ने र जनस्वास्थ्य सचेतना अभियान सञ्चालन गर्नका लागि स्थानीय निकायसँग सहयोग मागेका छौं । यदि भारतमा जस्तै नेपालमा पनि कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्यो भने जोखिम क्षेत्र पहिचान गरी लकडाउन गर्नुपर्ने अवस्था आउन सक्छ ।’

नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, २ लाख ७१ हजार ९ सय २१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने ३ हजार १६ जनाको मृत्यु भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोला अहिले आममानिसलाई स्वास्थ्य मापदण्ड अपनाउनका लागि अनुरोध गरिएको र यही अवस्थामा लकडाउन गर्नु नपर्ने बताउँछन् । ‘हामी अझैपनि कोरोना जोखिममै छौं,’ उनले भने, ‘त्यसैले जनस्वास्थ्यका मापदण्ड पालना गर्यौं भने भारतको जस्तो ह्वात्तै कोरोना संक्रमित बढ्न पाउँदैन । त्यसैले मास्क लगाउने, दुरी कायम गर्ने र भीडभाड नगर्ने हो भने डराइहाल्नु पर्दैैन ।’

नेपालमा हालसम्म २ लाख ७५ हजार ९ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, २ लाख ७१ हजार ९ सय २१ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन् भने ३ हजार १६ जनाको मृत्यु भएको छ । त्यस्तै, हाल ९ सय ६९ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली