English

मनपरी भाडा असुल्दै सार्वजनिक सवारी, रमिते बन्दै सरकार



सवारीसाधानको चापले काठमाडौं उपत्यकाको सडकमा बढ्दै गएको जामलाई कम गर्न नसकेको सरकारले सार्वजनिक सवारी साधन प्रयोगलाई प्रोत्साहनसमेत गर्न सकेको छैन । जसले गर्दा काठमाडौं उपत्यकाका सडकले धान्नै नसक्ने गरी निजी सवारी साधन प्रयोगकर्ता बढिरहेका छन् ।

अव्यवस्थित सार्वजनिक सवारीसाधन, भाडामा मनलाग्दी, सवारी चालक र सहचालकको व्यवहारलगायतका कारण पनि निजी सवारीसाधन प्रयोगकर्ता बढेका छन् । पछिल्लो पटक सरकारले सार्वजनिक सवारीसाधनको भाडा दर बढाउँदा पनि वैज्ञानिक आधारभन्दा सवारी धनिलाई पोस्ने गरी बढाएको देखिन्छ ।

जस कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन प्रयोगकर्ता हरेक पटक कम्तिमा दुई रुपैयाँ ठगिन्छन् । सरकारले न्यूनतम भाडादर ४ किलोमिटरको १८ रुपियाँ कायम गरे पनि सवारीसाधनले भने यात्रुबाट २० रुपियाँ नै असुल्ने गरेका छन् ।

पेट्रोल तथा डिजेलको भाउ बढेसँगै भाडादर बढ्नु पनि स्वभाविक नै हो । तर, सरकारले कायम गरेको भाडादरबाट यात्रु ठगिँदा सरोकारवाला निकाय मौन छन् ।

जस कारण काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधन प्रयोगकर्ता हरेक पटक कम्तिमा दुई रुपैयाँ ठगिन्छन् । सरकारले न्यूनतम भाडादर ४ किलोमिटरको १८ रुपियाँ कायम गरे पनि सवारीसाधनले भने यात्रुबाट २० रुपियाँ नै असुल्ने गरेका छन् ।

आइतबार (४ पुस) भक्तपुरबाट काठमाडौैं रुटमा चल्ने बसमा एक जना यात्रु चढे । उनलाई नयाँबानेश्वरमा ओर्लिनुपर्ने थियो । उनले ओर्लिने बेलामा भाडा दिन खोज्दा व्याँसीबाट कति रुपैयाँ हो भाइ भनेर सोधे । सहचालकले ३० रुपैयाँ भएको जवाफ फर्काए ।

यात्रुले भाडा सूची हेरे । व्याँसीदेखि नयाँबानेश्वरभन्दा अझ अगाडि बिजुलीबजारसम्मको भाडा २८ रुपियाँ कायम गरिएको थियो । ‘भाडा त २८ रुपियाँ रहेछ नि,’ ती यात्रुले सहचालसँग प्रश्न गरे । सहचालक कड्किँदै भाडा ३० रुपियाँ नै लाग्ने बताए । ‘लागेको भाडा लिएको हो, हामीले बढी लिएका छैनौँ,’ सहचालकले भने ।

सहचालकको रुखो व्यवहार देखेर ती यात्रुले ३० रुपियाँ दिए र दुई रुपियाँ फिर्ता मागे । ‘लागेको भाडा माग्ने भए किन ३० रुपियाँ भनेको त २८ भन्नुपथ्र्यो नि त,’ यात्रुले शान्त हुँदै भने । यात्रुको नम्र बोलीलाई दबाउने गरी ती सहचालक झर्किँदै भने, ‘त्यसो भए खुद्रा पैसा लिएर हिँड्नुस् । कहाँबाट दिनु दुई रुपियाँ ? बरु तपाईँ मलाई तीन रुपियाँ दिनुस् म पाँच रुपैयाँ दिन्छु ।’

सोही दिन आइतबार साँझ एक यात्रुले कमलविनायकदेखि दुधपाटीसम्मको भाडाबारे जिज्ञासा राखे । सहचालकले २० रुपियाँ रहेको जवाफ दिए । तर, भाडा दर सूचीमा १८ रुपियाँ थियो । अनि यात्रुले प्रश्न गरे, ‘कसरी २० रुपियाँ ?’ यात्रुलाई जवाफ दिँदै चालकले भने, ‘भाडा त १८ रुपियाँ हो, तर खुद्रा पैसा नभएर २० रुपियाँ भनेको ।’

चालकको उत्तरमा यात्रु केही आक्रोशित हुँदै भने, ‘ १८ भन्नुस् न त सोझै दुई रुपियाँ ठग्ने ? एक जनासँग दुई रुपियाँ ठगेपछि दिनमा सय जना मात्र यात्रु बोक्नुभयो भने त दुई सय रुपियाँ त सोझै ठग्नुभयो नि, त्यसरी नै महिना र वर्षमा कति ठग्नुहुन्छ ?’

यात्रुको आक्रोशपूर्ण अभिव्यक्तिले चालक केही हच्किए । उनले १८ को सट्टा १५ रुपियाँ लिएर ‘खुद्रा छैन’ भन्दै पाँच रुपियाँ फिर्ता दिए । ती चालकले अन्य यात्रुहरूसँग भने सोही अनुसार नै दुई वा तीन रुपियाँ बढी उठाए ।

यस्तै, विद्यार्थी, जेष्ठ नागरिकसहित सार्वजनिक सवारीसाधनमा दिइने सहुलियतमा मनलाग्दी रहेको चावहिलबाट नयाँबानेश्वर अध्ययनका लागि आउने विद्यार्थी साजन श्रेष्ठ गुनासो गर्छन् । उनका अनुसार न्यूनतम १८ रुपियाँ भाडा रहे पनि विद्यार्थीबाट १५ रुपियाँ सवारीसाधनले लिने गरेको छ । विद्यार्थीलाई ४५ प्रतिशत छुट दिनुपर्ने नियम भए पनि यसको लागु भने गरिएको छैन ।

बाग्मती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले गत २० असोज २०७८ मा काठमाडौँ उपत्यकासहित बाग्मती प्रदेशमा सञ्चालित सार्वजनिक सवारी साधनको भाडा वृद्धि गरेको थियोे । बाग्मती प्रदेशमा १३ जिल्ला छन् ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८ रुपियाँ, १० किलोमिटरसम्म २३ रुपियाँ, १५ किलोमिटरसम्म २७ रुपियाँ, २० किलोमिटसम्म ३० रुपियाँ र २० किलोमिटर भन्दामाथि ३५ रुपियाँ भाडादर तोकेको छ ।

केन्द्रीय सरकारले काठमाडौं उपत्यका बाहिरको हकमा २३ प्रतिशतले भाडा वृद्धि गरेको थियो । तर, काठमाडौं उपत्यकामा प्रदेश सरकारले किलोमिटरका आधारमा भाडा बढाएको हो ।

उपत्यकाभित्र सार्वजनिक सवारी साधनमा शून्य किलोमिटरदेखि पाँच किलोमिटरसम्म १८ रुपियाँ, १० किलोमिटरसम्म २३ रुपियाँ, १५ किलोमिटरसम्म २७ रुपियाँ, २० किलोमिटसम्म ३० रुपियाँ र २० किलोमिटर भन्दामाथि ३५ रुपियाँ भाडादर तोकेको छ ।

कसरी निर्धारण गरियो भाडादर ?
सरकारले भाडा दर निर्धारण गर्दा स्वतः यात्रु ठगिने गरी राखिएको यात्रुको गुनासो छ । तर, यसलाई अस्वीकार गरेको छ भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले । आफू ठगिनबाट स्वयं यात्रु सचेत हुनुपर्ने भन्दै मन्त्रालय आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको छ । आफू ठगिनबाट स्वयं यात्रु सचेत हुनुपर्ने मन्त्रालयका प्रवक्ता नविनकुमार सिंह बताउँछन् । उनले प्रदेश सरकारले भाडा दर निर्धारण गर्दा विभागले अपनाएको आधारमा नै नियमावलीअनुसार भाडा कायम गरेको दाबी गरे ।

‘भाडा दरको नियमावलीअनुसार नै हामीले भाडा दर निर्धारण गरेका हौँ । सबै इन्डिकेटरलाई ध्यानमा राखेर निर्धारण गरेका छौं,’ उनले भने, ‘भाडा समायोजन गर्दा प्रतिशतको आधारमा बढ्दा अच्कल्टो भाडा भयो । अब सवारी प्रयोग गर्ने यात्रु नै सचेत हुनपर्छ ।’

बढी भाडा लिनेलाई कारबाही गर्ने बताएको सरकारले नयाँ भाडा दर कायम भएदेखि अनुगमन भने गरेको देखिँदैन । कुनै यात्रुले उजुरी गरेमा कारबाही गर्ने बताएर सरकार पन्छिन खोजेको छ ।

‘भाडा मिलाएर दिने होइन भने हामीले ठगी गर्नेलाई कारबाही गर्छौं, यात्रुले उजुरी गर्नुपर्‍यो नि,’ मन्त्रालयका प्रवक्ता नविनकुमार सिंह बताउँछन्, ‘हामीले कार्ड सिस्टम ल्याउने भनेर यस्तो भाडा दर राखेका हौं । समायोजन गर्न सकिएन अहिले, तर हामी छिटै नै कार्ड सिस्टमममा जान्छौं, अनि मात्र यो समस्या हट्नेछ ।’

‘भाडा मिलाएर दिने होइन भने हामीले ठगी गर्नेलाई कारबाही गर्छौं, यात्रुले उजुरी गर्नुपर्‍यो नि,’ मन्त्रालयका प्रवक्ता नविनकुमार सिंह बताउँछन्, ‘हामीले कार्ड सिस्टम ल्याउने भनेर यस्तो भाडा दर राखेका हौं । समायोजन गर्न सकिएन अहिले, तर हामी छिटै नै कार्ड सिस्टमममा जान्छौं, अनि मात्र यो समस्या हट्नेछ ।’

भाडादर निर्धाणमा सरकारको लाचारीपनः व्यवसायी
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सरकारले भाडादर निर्धाण गरेको तरिका नै गलत भएको दाबी गरेका छन् । यसले गर्दा सहचालकलाई भाडा उठाउन नै असहज भएको तथा दिनेले पनि खुद्रा पैसा मिलाएर दिन सम्भव नभएको उनले बताए ।

‘सरकारको लाचारीपनाले भाडा दर र नै अन्योलमा रहेको छ’, उनले भने, ‘देशैभरी एउटै निकायले भाडा दरमा एकरुपता ल्याउन पर्छ । कतै प्रतिशतमा भाडा वृद्धि हुने त कतै किलोमिटरका आधारमा वृद्धि हुने, यो त सरकारको नै कमजोरी हो ।’ सरकारले तोकेको भाडा मात्र लिनका लागि समितिहरूलाई सर्कुलर गरिएको उनले बताए ।

‘उपत्यकामा ५० भन्दा बढी समितिका सवारी साधनहरू गुड्छन् । हामीले सर्कुलर मात्र गर्ने हो त्यसबारेमा नियामक निकायले अनुगमन गर्छ,’ उनले भने । तर, समितिले आफ्नो सवारीसाधनबाट यात्रु ठगी भए नभएको अनुगमन गरेको छैन ।

बढी भाडा लिनेलाई कारबाही गरेका छौँः ट्राफिक
ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी सञ्जीव शर्मा दासले तोकिएकोभन्दा बढी भाडा लिने सवारीसाधनलाई कारबाही गरेको दाबी गरेका छन् । भाडा वृद्धि भएपछि विभिन्न स्थानहरूमा प्रहरी परिचालन गरी अनुगमन भइरहेको उनले बताए ।

१ पुसदेखि अहिलेसम्म ३९ वटा बसलाई बढी भाडा लिएकै कारण कारबाही गरिएको उनले जानकारी दिएका छन् । सवारीसाधनले बढी भाडा लिएको अवस्थामा तत्काल १०३ मा सम्पर्क गरी सवारीसाधनको नम्बर दिएर गुनासो गर्न यात्रुहरूलाई उनको आग्रह छ ।

कुन ठाउँको भाडा कति छ भनेर जान्नका लागि वेभ साइटमा गएर हेर्ने र तोकिएको भाडा मात्र तिर्न यात्रुहरूलाई आग्रह गरेका एसपी दासले बढी भाडा लिने ३९ सवारी साधनहरू कारबाही स्वरुप प्रत्येकलाई पाँच सयदेखि हजार रुपैयाँसम्म जरिबाना गरिएको बताए ।

यो पनि…
यातायात व्यवसायीको हड्तालले मर्कामा यात्रु

राजधानीमै सार्वजनिक यातायातमा मनपरी भाडा, रमिते बन्दै यातायात व्यवस्था विभाग



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,