English

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाश विजयी



नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार महामन्त्रीमा थापाले ३ हजार २३ र शर्माले १ हजार ९ सय ८४ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

महाधिवेशनमा ४ हजार ६ सय ७९ मत खसेको थियो । जसमा महामन्त्रीका प्रत्यासी प्रकाशशरण महतले १ हजार ५ सय ५०, प्रदिप पौडेलले १ हजार ४ सय ९ मत प्राप्त गरेका छन् । यसैगरी, मिनेन्द्र रिजालले ८ सय ९ र राजाराम कार्कीले १ सय ७ मत ल्याएका छन् ।

थापा डा.शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका थिए । सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवार बनेका डा.प्रकाशशरण महत र प्रदीप पौडेल दुवै पराजित भएका छन् । कोइराला प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका डा.मिनेन्द्र रिजाल पनि पराजित बनेका छन् ।

विमलेन्द्र निधिको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका डा.राजाराम कार्कीले सय मत कटाएका छन् । यसअघि सभापतिमा शेरबहादुर देउवा विजयी भइसकेका छन् ।

यो पनि…
कांग्रेस महाधिवेशन: पानी हाल्ने ड्रम मतपेटिका बनाइदै (फोटो फिचर)
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले आफ्नो जन्मदिन काठमाडौंको तारकेश्वर नगरपालिकास्थित अपाङ्ग सेवा केन्द्रमा

धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी

काठमाडौँ : अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो। तर,

राइड सेयरिङमा नयाँ युगको सुरुवात – साझा सवारी प्रा. लि. घाम, पानी, धुलो र हिलो केही नभनी सडकमा अहोरात्र खटिने

Latest










Popular
Suggested