English

कांग्रेस महाधिवेशन: उद्घाटन मञ्चमा देखिए यी रोचक १८ दृश्य



सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने भनिएको थियो । तर, निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भयो । कांग्रेस सभापतिदेखि केन्द्रीय सदस्यसम्म मञ्चै बोलाइएको उद्घाटन सत्रमा प्रमुख राजनीतिक दलका नेतादेखि भारतका दुईवटा पार्टीका प्रतिनिधिले समेत शुभकामना दिए ।

नेताहरूबीच शुभकामना आदान प्रदानको क्रममा विगतमा जस्तो चर्को घोचपेच नभएपनि केही रोचक दृश्यहरु भने देखिएका छन् ।

१. महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पुगेका थिए ।

२. कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा एमाले अध्यक्ष केपी ओली मञ्चमा पुगेका थिए । मञ्चमा नमस्कार गर्दै ओली उक्लिएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ टाउको बटारेर अन्तै हेर्न थाले । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल भने ओली कुर्सीमा नबसुन्जेलसम्म भुइँमै हेरेर बसिरहे ।

३. सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए । पौडेल कुर्सी छाड्दै मञ्चको पछिल्लो लहरमा गएर बसे ।

४. दलहरूबीच पछिल्ला दिनमा वढेको तिक्तताका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जनता समाजावादीका अध्यक्ष नेपाल र एमालेका अध्यक्ष केपी ओली कसैले पनि सम्वोधनका क्रममा एक अर्काको नाम लिएनन् ।

५. शुभामना मन्तव्यका क्रममा भाजपा नेता हर्षवर्द्धन र मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम संचालक कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पोडियममै पुगेर चिट नै दिनुपर्यो । हर्षवर्द्धनले यतिधेरै पूर्वप्रधानमन्त्री एउटै मञ्चमा आफुले कहिल्यै नदेखको भन्दै भाषण लम्व्याएका थिए भने सिपीले सरकार र दलका नेताका कमजोरीको फेहरिस्त सुनाएर भाषण लामो बनाएका थिए ।

६. राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शक दीर्घामा ताली बज्यो । तर प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शक दीर्घामा उसैगरी ताली बजेको थियो ।

७. उद्घाटन सत्रमा बोलेका प्रचण्ड, नेपाल र ओलीबाहेक सबैजसो दलका नेताले सर्वोच्च अदालतको विवाद चाँडो टुंगिनुपर्ने बताए । तर, सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका नेताले भने यो विषयमा एक शब्द पनि बोलेनन् ।

८. कार्यक्रममा सवैभन्दा छोटो भाषण जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले गरिन् । सधै लामो भाषण गर्ने ओलीले भने तुलनात्मक रुपमा छोटो भाषण गरे ।

९. उद्घाटन सत्रमा शुभकामना दिन पुगेका नेता सिपी मैनालीले सरकारका कामकारवाहीको खुलेर आलोचना गरे । जवकी राप्रपा महाधिवेशन उद्घाटनमा शुभकामना दिने क्रममा उनले राजा त्रिभुवनदेखि महेन्द्रसम्मको गुणगान गरेका थिए ।

१०. लोसपा अध्यक्ष महन्थ ठाकुरले ले अधिकांश भाषण एमाले महाधिवेशन उद्घाटनकै दोहोर्‍याए । र भाषणको अन्तमा आफ्ना केही माग पूरा गरेको भन्दै एमाले महाधिवेशन चितवनको उद्घाटनकै शैलीमा ओलीलाई धन्यवाद दिए ।

११. जसपा अध्यक्ष उपेन्द्र यादवले पनि एमाले महाधिवेशनकै भाषण दोहोर्‍याउँदै शुभकामना दिँदा आफ्नै पार्टीको नाम जनता समाजवादी नेपाल मात्र भने । उनले पूरै समय लिखित भाषण गरे ।

१२. कार्यक्रम संचालक विश्वप्रकाश शर्माले मञ्चमा नेताहरूलाई बोलाउँदा खासै वास्ता नगरेका दर्शकले माधव नेपाल र केपी ओलीलाई भने ताली र हुटिङले स्वागत गरेका थिए ।

१३. भाषण गर्न माइक समाएका प्रचण्डले नेतालाई चोर भन्छन् भनेर भन्ने नगरेको शैलीले हात हल्लाए पनि दर्शक दीर्घाबाट भने लामो समय हो भनेर हुटिङ भइरह्यो । त्यसपछि प्रचण्डले आफ्नो भनाइ अन्तै मोडेका थिए ।

१४. भाषणका लागि मञ्चमा पुगेका एमाले अध्यक्ष ओलीले देउवालाई पूर्वप्रधानमन्त्री भनेर सम्बोधन गरे । तर, भाषणका क्रममा भने उनले देउवालाई प्रधानमन्त्रीकै रूपमा सम्बोधन गरेका थिए । देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै आएका ओलीले हाँस्दै पूर्वप्रधानमन्त्री भनेका कारण उनको व्यंग्य भएको प्रष्ट झल्किन्थ्यो ।

१५. पोडियममा पुग्नुअघि ओलीले देउवासँग बोल्ने अनुमति मागेका थिए । जबकि अरु नेता सरासर गएर बोलेका थिए ।

१६. ओलीले टिप्पणी गर्दिनँ भन्दै शुभकामना मन्तव्य दिन सुरु गरे, भृकुटीमण्डप क्षेत्रमा बिजुली गएपछि उनले केहीबेर माइक ठोके र कुर्सीमा गएर बसे । तर केहीक्षणमै बत्ती आएपछि प्रवक्ता शर्माले पुन बोलाएपछि छोटो मन्तव्य राखेर उनी बिदा भए ।

१७‍. कांग्रेस सभापति देउवाले बोल्नुअघि नै अतिथि नेताहरू मञ्चबाट बाहिरिए ।

१८. दलका नेताहरुका शुभकामना सकिएपछि कांग्रेस पदाधिकारीको शुभकामना मन्तव्य र नाचगान सँगसँगै चल्यो ।

यो पनि पढ्नुहोस्
कांग्रेसले कस्तो छान्यो ? ‘हाम्रो कि राम्रो ?’

प्रकाशमान र गगनकाे साथ पाएका बानियाँ फेरि कांग्रेस काठमाडौं सभापतिमा निर्वाचित



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती