English

विश्वकै ह्याप्पीएस्ट देश बन्यो फिनल्याण्ड, नेपाल कतिऔँ स्थानमा ?



कोरोना भाइरसले २०२० मा सारा विश्वलाई तहसनहस बनाइदियो ।

यो एन्जाइटी, डिप्रेशन, एक्लोपन, लकडाउन र रोगको वर्ष थियो । तर शुक्रवार जारी भएको १४९ देशहरुको वर्ल्ड ह्याप्पीनेश रिपोर्टका अनुसार महामारीको यो स्तरले पनि मानिसलाई आशा र उत्साहले रोक्न सकेन ।

वर्ल्ड ह्याप्पिनेश रिपोर्ट २०२१ का एडिटर्सले केहि देशमा कोरोना महामारीमा पनि मानिसहरु खुशीमै लिप्त भएको पाएको छ । यसबेला पनि थोरै मात्र प्रभावित भएको पाएको हो ।

वर्ल्ड हैप्पीनेस रिपोर्ट 8

यूएन सस्टेनेबल डेभलपमेण्ट सोल्यूसन नेटवर्कद्वारा प्रायोजित १४९ देशहरुको यो वार्षिक रिपोर्ट प्रति व्यक्ति घरेलु उत्पादन, हेल्दी लाइफ एक्सपेक्टेन्सी र नागरिकको रायमा आधारित छ ।

यो सर्वेमा मानिसलाई १-१० को स्केलमा प्रश्न सोधिएको थियो । जस्तै समस्याको बेलामा उनीहरुलाई कस्तो सोसल सपोर्ट मिल्यो, मानिस कति भ्रष्ट र कति उदार छन् ।

विश्वकै सबैभन्दा धेरै खुशीयाली भएको देशको यो सूचीमा शुरुवाती नौ स्थान यूरोपीय देशले कब्जा गरेका छन् । लिस्टमा फिनल्याण्ड संसारकै पहिलो खुशीयाली देश बनेको छ । त्यस्तै दोश्रोमा आइसल्याण्ड, तेश्रोमा डेनमार्क, चौथोमा स्विट्जरल्याण्ड, पाँचौँमा नेदरल्याण्ड्स, छैटौँमा स्विडेन, सातौँमा जर्मनी, आठौँमा नर्वे, नवौँमा न्यूजिल्याण्ड र दशौँमा अष्ट्रिया रहेका छन् ।

वर्ल्ड हैप्पीनेस रिपोर्ट 5

त्यस्तै ११ मा इजरायल, १२ मा अष्ट्रेलिया, १३ मा आयरल्याण्ड, १४ मा यूनाइटेड स्टेट, १५ मा क्यानडा, १६ मा सीजेच रिपब्लीक, १७ मा बेल्जियम, १८ मा यूनाइटेड किंगडम, १९ मा चीन र २० मा फ्रान्स रहेका छन् ।

त्यस्तै नेपाल यो सूचीमा ८७ औँ स्थानमा रहेको छ । नेपालको ५.२६९ र्‍यांक रहेको छ । त्यस्तै भारत १३९, पाकिस्तान १०५, बंगलादेश १०१, म्यानमार १२६ र श्रीलंका १२९ औँ स्थानमा रहेका छन् ।

यो लिस्टमा फिनल्याण्डले लगातार चौथो पटक पहिलो स्थान हात पारेको छ । त्यस्तै अमेरिका पाँच वर्ष पहिला १३ औँ स्थानमा रहेको थियो । अहिले अमेरिका १९ औँ स्थानमा खसेको छ । बेलायत भने कोरोनाबाट डेढ लाख भन्दा धेरैको मृत्यु भएपनि यो सूचीमा बेलायत १७ औँ स्थानमा रहेको छ । कोलम्बिया यूनिभर्सिटीका अर्थशास्त्री जेफ्री सैशले वर्ल्ड ह्याप्पीनेश रिपोर्ट २०२१ को रिपोर्टमा क्रमानुसार यी सबै देशमा मानिसले धेरै राम्रो सुरक्षित रहेको महशुस गरेका छन् । यी देशका सरकारले पनि धेरै राम्रो किसिमले सत्ता चलाएका छन् । उनीहरुले नागरिकलाई भरोसा दिएको देखिएको छ ।


फिनल्याण्डका एक पत्रकार अनु पार्टनेनले फिनल्याण्ड एक पटक फेरि विश्वको खुशीयाली देश बनेको बताए । त्यसैले उनले आफ्नो देशका मानिस धेरै भाग्यशाली र समाजले नियमलाई पालना गरेको बताए ।
यसमा पहिलाको तुलनामा अहिले एशियाली देशको तथ्यांक राम्रो रहेको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ : कान्स फिल्म फेस्टिभलमा अन्तर्राष्ट्रिय प्रशंसा र सफलता हासिल गरेको अविनाश विक्रम शाहद्वारा निर्देशित फिचर चलचित्र ‘तिनीहरूः एलिफेन्ट्स इन

रुसको येकातेरिनबर्गमा आयोजित अन्तर्राष्ट्रिय सिर्जनशील उद्योगसम्बन्धी महोत्सवमा बटरफ्लाइ फिल्म्स प्रालिले नेपालको प्रतिनिधित्व गरेको छ । आमन्त्रित उद्योग प्रतिनिधिका रूपमा सहभागी

काठमाडौँ, नेपाल : नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले नेपाली बजारमा भर्खरै भित्र्याएको कम्प्याक्ट इलेक्ट्रिक एसयुभि प्रोटोन

नेपालको अग्रणी भुक्तानी प्रदायक कम्पनी इसेवाले ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ ‘पीसीआई डिएसएस भर्सन फोर.जिरो.वान (PCI DSS v4.0.1) को

Latest










Popular
Suggested