English

कक्षा १२ को नतिजा प्रकाशित



राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नजिता प्रकाशित गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार सात हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’, ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, तीन हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् ।

गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

यसैबीच कोरोनाभाइरस संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशित गरिनेछ ।



सम्बन्धित खबरहरु

एभरेस्ट क्षेत्रमा बढ्दो फोहोर व्यवस्थापन चुनौतीलाई सम्बोधन गर्न WWF नेपाल र सगरमाथा प्रदूषण नियन्त्रण समिति (SPCC) ले “स्वच्छ सगरमाथा: स्वच्छ

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

Latest










Popular
Suggested