English

विश्व एड्स दिवस

‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’



‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकोमा जोड दिइएको छ ।

दुव्र्यसनमा परेका युवालाई परामर्श दिने तथा क्रमशः एचआईभी एड्सको सङ्क्रमणदर घटाउने योजना आवश्यक भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले बताए। दुव्र्यसनमा लागेका युवालाई सुरक्षित सुई वितरण गर्न थालिएको ‘कम्युनिटी सपोर्ट गु्रप’का प्रमुख प्रदीप जिसी बताउँछन् । जिल्लामा १०८ युवाले असुरक्षित रुपमा सुई प्रयोग गरेको पाइएको छ ।

वैदेशिक रोजगारीमा गएका युवा र उनीहरूको परिवार, यौन व्यवसाय गर्ने, लागुपदार्थ दुव्र्यसनमा लागेकाबाट एड्स सङ्क्रमण बढी भएको पाइएको छ । स्वास्थ्य कार्यालय र कम्युनिटी सर्पोट गु्रप तथा राष्ट्रिय एड्स रोग निवारण तथा समन्वय समितिले अभियाननै थालेका छन् । सन् २०३० सम्ममा सङ्क्रमणदर न्यून बनाउने, परीक्षणदर ९५ प्रतिशतसम्म पु¥याउने, उपचारदर पनि ९५ प्रतिशत नै पु¥याउने लक्ष्यका साथ कार्यक्रम अघि बढाइएको गुरौले बताए।

एड्स दिवसका अवसरमा जिल्लामा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ । स्वास्थ्य कार्यालयका देवप्रकाश घिमिरे, कम्युनिटी सपोर्ट ग्रुपका जिसी र राष्ट्रिय एचआइभी एड्स समन्वय समितिकी सिर्जना थापाले एड्सको अवस्थाबारे आ–आफ्नो प्रस्तुतीकरण दिएका छन् ।


यो पनि पढ्नुहोस्
यी हुन् फोक्सो क्यान्सरका कारण र लक्षण, कसरी बच्ने ?

यी हुन् ग्यास्ट्रिकका कारण, लक्षण र बच्ने उपाय
यी हुन् ओखर खानुका ७ फाइदा
यी हुन् दैनिक एउटा स्याउ खानुका १० फाइदा



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,