English

मध्यरात : मेसेज गयो, खाना आयो



दिनभरीको थकानले साँझ खाना पकाएर खान अल्छि लाग्यो । राती खाना बनाउन जाँगर नलागे के गर्ने ? चिन्ता नगर्नुहोस्, अब यसको पनि उपाय छ । मध्यरातमा भोक लागे भोक मेटाउने सारथी बनेका छन् नाइट फुड डेलिभरी गर्नेहरू ।
एक कल फोन वा एसएमएस सन्देशको भरमा फुड डेलिभरी गर्नेहरू मध्यरातमा समेत खाना सर्भ गर्न तत्पर छन् । अस्पताल, कल सेन्टर, सेक्युरिटी गार्ड लगायतका क्षेत्रमा काम गर्नेहरूलाई रातीको खानाको लागि फुड डेलिभरी सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
काठमाडौंमा मध्यरातमा पनि अनलाइन फुड डेलिभरी गर्ने केही ग्रुप सक्रिय छन् । यी ग्रुपहरूले कसरी सेवा प्रदान गरिरहेका छन् त ?

काठमाडु फुड डेलिभरी

‘काठमाडु फुड डेलिभरी’ सञ्चालनमा आएको महिना दिन मात्रै भएको छ । फुड डेलिभरी ग्रुपमा पाँच देखि सात जना कर्मचारी कार्यरत छन् । बसुन्धारामा रहेको यस ग्रुपले साँझ ७ बजेदेखि विहानको ४ बजेसम्म उपत्यकाभर खाना पुर्याइने गर्छ । फुड डेलिभरी गु्रपमा १२० देखि ६५० रुपियाँ सम्मको खाना मगाउन सकिन्छ । राती खाना पुर्याउन जाँदा ग्राहकले कहिलकाही खाना मगाएर फोन नउठाई दिने र दुर्घटना हुने जस्ता चुनौतीहरू खेप्नुपर्ने सञ्चालक बताउँछन् ।

भोक लाग्यो नाइट फुड डेलिभरी

गौशालास्थित ‘भोक लाग्यो’ नाइट फुट डेलिभरी गु्रप तीन वर्ष अगाडी सञ्चालनमा आएको हो । यसका सञ्चालक अभिषेक गुरुङ २५ लाख लगानीमा फुड डेलिभरी सुरु गरेको बताउँछन् । राती खाना पुर्याउने ग्रुपको सुरुवातको चरणमा रातीको काम भएर कर्मचारी व्यवस्थापन गर्न चुनौती भएको उनले बताए । यसका साथै राती खाना पुर्याउन जाँदा कुकुरले टोक्ने, खाना मगाएर ग्राहक निदाउने जस्ता चुनौती पनि दैनिक झैं रहेको उनी बताउँछन् । दैनिक ३० देखि ४० वटा खानाको माग आउने उनी बताउँछन् । खानाको माग गर्दा एक पटकमा कम्तिमा पाँच सय रुपियाँ सम्मको माग गर्नुपर्छ । ‘भोक लाग्यो’ बाट स्न्याक्स, मम, चाउमिन, ड्रिंक्स लगायतको माग गर्न सकिन्छ ।

सस्तो नाईट फुड

रातीमा घरमा खाना पुर्याउने ‘सस्तो नाईट फुड’ सेवा एक हो । यसका सञ्चालक राजेश भण्डारी पहिले अर्कै नाइट फुड डेलिभरी सेवामा काम गर्ने गर्थे । एक राती खाना पुर्याउन गएको बेला उनी दुर्घटनामा परे । तर अफिसले कुनै सहयोग गरे । दुर्घटनाबाट तंग्रिएपछि उनले आफ्नै व्यवसाय ‘सस्तो नाईट फुड’ सेवा सुरु गरे ।
साथी भाई र परिवारसंग मिलेर जिरो लगानीमा सुरु गरेको व्यवसायबाट दैनिक एक हजारदेखि चार हजार सम्मको दैनिक आम्दानी गर्छन् । सस्तो नाईट फुडले रेस्टुरेन्टमा पाइने सबै परिकारको खाना उपलब्ध गराउने गरेको छ । उनले अरु होटेलको परिकार नभई आफ्नै घरमै पकाएर होम डेलिभरी गर्ने गरेको बताए । फोन र एसएमएसबाट खाना मगाउन सकिने बताउँदै उनी भन्छन्, ‘यति रुपैयाँ बराबरको अर्डर गर्नैपर्ने नियम हामीले बनाएका छैनौं । एक प्लेट मःम मगाउँदा पनि हामी मध्यरातमा डेलिभरी गर्छौ ।’

डिएफआर नाइट फुड डेलिभरी

‘डिएफआर नाइट फुड डेलिभरी’ले ‘हाम्रो नाइट फुड डेलिभरी’ फेसबुक पेजबाट खानाको अर्डर लिन्छ । यसका सञ्चालक आरएन राईका अनुसार यस फुड डेलिभरीले उपत्यकाभरी नै खानाहरू रातीमा डेलिभर गर्छ । राईले ५० हजार लगानीमा छ महिना पहिले यो डेलिभरी सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार राम्ररी व्यापार चल्ने हो भने महिनामै नाफा मात्र ५० हजार भन्दा बढी कमाउन सकिन्छ । दिउँसो रेष्टुरेन्टमा पाइने खानाका सबै परिकार राती पनि ग्राहकलाई घरमै पुर्याउने उनी बताउँछन् ।

खानपिन

‘खानपिन’ फुड डेलिभरी पाँच जना मिलेर दश लाख लगानीमा सञ्चालन गरेका हुन् । उनीहरूले वैदेशिक रोजगारका लागि बाहिर जाने योजना रद्ध गरेर ‘खानपिन’ नाइट फुट डेलिभरी तीन वर्ष अगाडी सुरु गरेका हुन् । आईटी सेक्टरमा रातीको समयमा काम गर्ने भएकाले बाहिरको दाँजोमा नेपालमा रातीको समयमा बेसिक कुराको पनि सर्भिस नभएकाले यो काम सञ्चालनमा ल्याएको सञ्चालक ईशा बल्लले बताईन् ।
उपत्यकाभित्र खाना होस् वा खाद्यान्न साम्रगीहरू चौबीसै घण्टा सेवा पुर्याउने उनी बताउँछिन् । बल्लका अनुसार समान मगाउँदा न्युनतम पाँच सय रुपियाँको हुनुपर्छ । रिङ्गरोडभित्र अधिकतम डेलिभरी चार्ज छुट्टै दुई सय रुपैयाँसम्म लाग्ने उनी बताउँछिन् ।
खानपिनको शाखा पोखरामा पनि रहेको छ । दैनिक १ सय ५० देखि २ सय ग्राहकको माग आउने गरेकाले खाना पुर्याउन राईडरहरूलाई भ्याइ नभ्याइ हुन्छ ।

कसरी गर्ने खानाको माग ?

मध्यरातमा प्रायः सबैको मोवाइल बन्द हुन्छ । तर मध्यरातमा खाना पुर्याउनेहरूको मोवाइल खुल्ला हुन्छ । होम डेलिभरी गर्ने सञ्चालकहरूका अनुसार खाना अनलाइन माग गर्न सकिन्छ । यसका साथै सिधै कल, एसएमएस, भाइभर कल, वेबसाइट र एप्सको प्रयोग गरी माग गर्न सकिन्छ । खानाको लागि अनलाइन वा नगद पेमेन्ट गर्न सकिन्छ ।

डेलिभरीमा चुनौती

रातीको समयमा खाना पुर्याउँदा बाटोमा अवारा केटाहरूले गाली गर्ने, रुपियाँ मागेर सताउने सञ्चालक राजेश भण्डारी बताउँछन् । उनका अनुसार मध्यरातमा खाना माग गरेका ग्राहकहरू निदाउने, रक्सीको मातमा पेमेन्ट गर्न नमान्ने लगायत दैनिक चुनौती रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष भुवन केसीले नेपाली फिल्मको विकासमा सरकारको योगदान शून्य रहेको बताएका छन् । चलचित्रकर्मीहरुले आफ्नो घरखेत

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। एक जना बाँचेका छन्। मृत्यु

भजनी, कैलालीमा छन्, गुलेली बाजे । उमेरले ८८ वर्ष । कुनै बेला यस्तो पनि थियो जतिबेला उनी गुलेली लिएर शिकारमा

प्रख्यात धाविका मीरा राईले संचालन गरेको मिरा राई इनिसिएटिभलाई बेलायतमा बस्ने राजेन्द्र गुरुङले ७ लाख ३५ हजार ७ सय ७०

Latest










Popular
Suggested