English

मध्यरात : मेसेज गयो, खाना आयो



दिनभरीको थकानले साँझ खाना पकाएर खान अल्छि लाग्यो । राती खाना बनाउन जाँगर नलागे के गर्ने ? चिन्ता नगर्नुहोस्, अब यसको पनि उपाय छ । मध्यरातमा भोक लागे भोक मेटाउने सारथी बनेका छन् नाइट फुड डेलिभरी गर्नेहरू ।
एक कल फोन वा एसएमएस सन्देशको भरमा फुड डेलिभरी गर्नेहरू मध्यरातमा समेत खाना सर्भ गर्न तत्पर छन् । अस्पताल, कल सेन्टर, सेक्युरिटी गार्ड लगायतका क्षेत्रमा काम गर्नेहरूलाई रातीको खानाको लागि फुड डेलिभरी सेवा लिनुपर्ने बाध्यता रहेको छ ।
काठमाडौंमा मध्यरातमा पनि अनलाइन फुड डेलिभरी गर्ने केही ग्रुप सक्रिय छन् । यी ग्रुपहरूले कसरी सेवा प्रदान गरिरहेका छन् त ?

काठमाडु फुड डेलिभरी

‘काठमाडु फुड डेलिभरी’ सञ्चालनमा आएको महिना दिन मात्रै भएको छ । फुड डेलिभरी ग्रुपमा पाँच देखि सात जना कर्मचारी कार्यरत छन् । बसुन्धारामा रहेको यस ग्रुपले साँझ ७ बजेदेखि विहानको ४ बजेसम्म उपत्यकाभर खाना पुर्याइने गर्छ । फुड डेलिभरी गु्रपमा १२० देखि ६५० रुपियाँ सम्मको खाना मगाउन सकिन्छ । राती खाना पुर्याउन जाँदा ग्राहकले कहिलकाही खाना मगाएर फोन नउठाई दिने र दुर्घटना हुने जस्ता चुनौतीहरू खेप्नुपर्ने सञ्चालक बताउँछन् ।

भोक लाग्यो नाइट फुड डेलिभरी

गौशालास्थित ‘भोक लाग्यो’ नाइट फुट डेलिभरी गु्रप तीन वर्ष अगाडी सञ्चालनमा आएको हो । यसका सञ्चालक अभिषेक गुरुङ २५ लाख लगानीमा फुड डेलिभरी सुरु गरेको बताउँछन् । राती खाना पुर्याउने ग्रुपको सुरुवातको चरणमा रातीको काम भएर कर्मचारी व्यवस्थापन गर्न चुनौती भएको उनले बताए । यसका साथै राती खाना पुर्याउन जाँदा कुकुरले टोक्ने, खाना मगाएर ग्राहक निदाउने जस्ता चुनौती पनि दैनिक झैं रहेको उनी बताउँछन् । दैनिक ३० देखि ४० वटा खानाको माग आउने उनी बताउँछन् । खानाको माग गर्दा एक पटकमा कम्तिमा पाँच सय रुपियाँ सम्मको माग गर्नुपर्छ । ‘भोक लाग्यो’ बाट स्न्याक्स, मम, चाउमिन, ड्रिंक्स लगायतको माग गर्न सकिन्छ ।

सस्तो नाईट फुड

रातीमा घरमा खाना पुर्याउने ‘सस्तो नाईट फुड’ सेवा एक हो । यसका सञ्चालक राजेश भण्डारी पहिले अर्कै नाइट फुड डेलिभरी सेवामा काम गर्ने गर्थे । एक राती खाना पुर्याउन गएको बेला उनी दुर्घटनामा परे । तर अफिसले कुनै सहयोग गरे । दुर्घटनाबाट तंग्रिएपछि उनले आफ्नै व्यवसाय ‘सस्तो नाईट फुड’ सेवा सुरु गरे ।
साथी भाई र परिवारसंग मिलेर जिरो लगानीमा सुरु गरेको व्यवसायबाट दैनिक एक हजारदेखि चार हजार सम्मको दैनिक आम्दानी गर्छन् । सस्तो नाईट फुडले रेस्टुरेन्टमा पाइने सबै परिकारको खाना उपलब्ध गराउने गरेको छ । उनले अरु होटेलको परिकार नभई आफ्नै घरमै पकाएर होम डेलिभरी गर्ने गरेको बताए । फोन र एसएमएसबाट खाना मगाउन सकिने बताउँदै उनी भन्छन्, ‘यति रुपैयाँ बराबरको अर्डर गर्नैपर्ने नियम हामीले बनाएका छैनौं । एक प्लेट मःम मगाउँदा पनि हामी मध्यरातमा डेलिभरी गर्छौ ।’

डिएफआर नाइट फुड डेलिभरी

‘डिएफआर नाइट फुड डेलिभरी’ले ‘हाम्रो नाइट फुड डेलिभरी’ फेसबुक पेजबाट खानाको अर्डर लिन्छ । यसका सञ्चालक आरएन राईका अनुसार यस फुड डेलिभरीले उपत्यकाभरी नै खानाहरू रातीमा डेलिभर गर्छ । राईले ५० हजार लगानीमा छ महिना पहिले यो डेलिभरी सञ्चालनमा ल्याएका हुन् । उनका अनुसार राम्ररी व्यापार चल्ने हो भने महिनामै नाफा मात्र ५० हजार भन्दा बढी कमाउन सकिन्छ । दिउँसो रेष्टुरेन्टमा पाइने खानाका सबै परिकार राती पनि ग्राहकलाई घरमै पुर्याउने उनी बताउँछन् ।

खानपिन

‘खानपिन’ फुड डेलिभरी पाँच जना मिलेर दश लाख लगानीमा सञ्चालन गरेका हुन् । उनीहरूले वैदेशिक रोजगारका लागि बाहिर जाने योजना रद्ध गरेर ‘खानपिन’ नाइट फुट डेलिभरी तीन वर्ष अगाडी सुरु गरेका हुन् । आईटी सेक्टरमा रातीको समयमा काम गर्ने भएकाले बाहिरको दाँजोमा नेपालमा रातीको समयमा बेसिक कुराको पनि सर्भिस नभएकाले यो काम सञ्चालनमा ल्याएको सञ्चालक ईशा बल्लले बताईन् ।
उपत्यकाभित्र खाना होस् वा खाद्यान्न साम्रगीहरू चौबीसै घण्टा सेवा पुर्याउने उनी बताउँछिन् । बल्लका अनुसार समान मगाउँदा न्युनतम पाँच सय रुपियाँको हुनुपर्छ । रिङ्गरोडभित्र अधिकतम डेलिभरी चार्ज छुट्टै दुई सय रुपैयाँसम्म लाग्ने उनी बताउँछिन् ।
खानपिनको शाखा पोखरामा पनि रहेको छ । दैनिक १ सय ५० देखि २ सय ग्राहकको माग आउने गरेकाले खाना पुर्याउन राईडरहरूलाई भ्याइ नभ्याइ हुन्छ ।

कसरी गर्ने खानाको माग ?

मध्यरातमा प्रायः सबैको मोवाइल बन्द हुन्छ । तर मध्यरातमा खाना पुर्याउनेहरूको मोवाइल खुल्ला हुन्छ । होम डेलिभरी गर्ने सञ्चालकहरूका अनुसार खाना अनलाइन माग गर्न सकिन्छ । यसका साथै सिधै कल, एसएमएस, भाइभर कल, वेबसाइट र एप्सको प्रयोग गरी माग गर्न सकिन्छ । खानाको लागि अनलाइन वा नगद पेमेन्ट गर्न सकिन्छ ।

डेलिभरीमा चुनौती

रातीको समयमा खाना पुर्याउँदा बाटोमा अवारा केटाहरूले गाली गर्ने, रुपियाँ मागेर सताउने सञ्चालक राजेश भण्डारी बताउँछन् । उनका अनुसार मध्यरातमा खाना माग गरेका ग्राहकहरू निदाउने, रक्सीको मातमा पेमेन्ट गर्न नमान्ने लगायत दैनिक चुनौती रहेका छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं : टेलिटकले नेपाली बजारमा एम८ सिरिजका दुई स्मार्टफोनहरु सार्वजनिक गरेको छ । उत्कृष्ट कार्यसम्पादन, सहज प्रयोग अनुभव तथा आधुनिक

काठमाडौंः नेपाल मर्चेन्ट बैंकर्स संघ (MBAN) का कार्यसमिति सदस्यहरूले आज नेपाल धितोपत्र बोर्ड (SEBON) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद

सन्जिव दुलालकाठमाडौं। तामाङ शेलो गीत ‘रोशी त खोला’ एक विशेष कार्यक्रमका बीच काठमाडौंको बौद्धस्थित सेकुवा जक्सनमा सार्वजनिक गरिएको छ। गायक

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

Latest










Popular
Suggested