ग्राण्ड फिनालेमा मोडल हन्ट नेपाल



नेपालको एक लोकप्रिय सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्दै लगेको मोडल हन्ट नेपालको छैठौं संस्करण फाइनल चरणमा प्रवेश गरेको छ ।

‘मोडल हन्ट नेपाल २०२१’ को यसपटकको प्रतियोगितामा ३५ जना पुरुष र ३३ जना महिला प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी चैत्र १४ गते सोल्टी होटलमा हुने ग्राण्ड फिनालेका सहभागीहरूलाई चर्चित कोरियोग्राफर रोजिन शाक्यले मोडलिङका विभिन्न पक्षहरूमा प्रशिक्षण दिईरहेका छन् । प्रशिक्षणको क्रममा उनीहरूले फेसन सजगता, स्टाइल, मेकअप, सञ्चार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन् ।

ग्राण्ड फिनालेमा सहभागी हुने केही मोडलहरू

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने मोडल हन्ट नेपाल सिजन ६ का विजेतालाई दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्ड, भारतमा आगामी मे महिनामा आयोजना हुने गोवा फेसन विक लगायत फेसन र मोडलिङ शोमा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपाली साङ्केतिक भाषाको क्षेत्रमा शिलु शर्मा परिचित नाम हो । साङ्केतिक भाषा विज्ञका रुपमा सक्रिय शर्मा नेपाल टेलिभिजनका पर्दामार्फत साङ्केतिक

गर्मी मौसम सुरु भइसकेको छ । यस्तो अवस्थामा सबैको वार्डरोबमा हल्का र आरामदायी लुगा आउन थालेको छ । पहिरनका साथसाथै

संसारमा धेरै रहस्यमय र अद्वितीय ठाउँहरू छन्। यी ठाउँको बारेमा थाहा पाउँदा पत्याउनै गाह्रो हुन्छ । वैज्ञानिकहरूले पनि आजसम्म धेरै

आउँदो जेठ २६ गते देशभर रिलिज हुन लागेको फिल्म ‘नीरफूल’ को शुक्रबार ट्रेलर सार्वजनिक गरिएको छ । २०७२ को महाभुकम्प