English

ग्राण्ड फिनालेमा मोडल हन्ट नेपाल



नेपालको एक लोकप्रिय सौन्दर्य प्रतियोगितामा आफूलाई स्थापित गर्दै लगेको मोडल हन्ट नेपालको छैठौं संस्करण फाइनल चरणमा प्रवेश गरेको छ ।

‘मोडल हन्ट नेपाल २०२१’ को यसपटकको प्रतियोगितामा ३५ जना पुरुष र ३३ जना महिला प्रतिस्पर्धामा उत्रिएका छन् । आगामी चैत्र १४ गते सोल्टी होटलमा हुने ग्राण्ड फिनालेका सहभागीहरूलाई चर्चित कोरियोग्राफर रोजिन शाक्यले मोडलिङका विभिन्न पक्षहरूमा प्रशिक्षण दिईरहेका छन् । प्रशिक्षणको क्रममा उनीहरूले फेसन सजगता, स्टाइल, मेकअप, सञ्चार कला र बडी ल्याङ्ग्वेज, व्यक्तित्व विकास, फिटनेस, फोटोसुट लगायत बिषयमा पनि ज्ञान हासिल गरेका छन् ।

ग्राण्ड फिनालेमा सहभागी हुने केही मोडलहरू

रवि धमला र एत्ना पाण्डेको निर्देशनमा सञ्चालन हुने मोडल हन्ट नेपाल सिजन ६ का विजेतालाई दक्षिण कोरियामा आयोजना हुने एलबीएमए अवार्ड, भारतमा आगामी मे महिनामा आयोजना हुने गोवा फेसन विक लगायत फेसन र मोडलिङ शोमा सहभागी गराइने आयोजक संस्थाले जनाएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested