English

एमाले महाधिवेशन : महासचिवमा किन घोषणा भएन उम्मेदवारी ? यस्तो छ कारण



एमालेको १०औं महाधिवेशन उद्घाटनका लागि चितवनको नारायणी नदी किनारमा मञ्च तयार छ । देशभरबाट नेता कार्यकर्ता चितवनमा उर्लिएका छन् । स्वास्थ्य सेवादेखि स्वयंसेवक हुँदै ट्राफिक व्यवस्थापनमा खटिनेहरूको बाक्लो उपस्थितिले चितवन गर्माएको छ । 

महाधिवेशन प्रचारका लागि सजाइएका चोक, आर्कषक गेट, भित्तेचित्रलगायतले चितवन बेहुलीझैँ देखिएको छ । काठमाडौं उपत्यकासहित देशभरबाट चितवन आइपुगेका नेतामध्ये केहीले उम्मेदवारी घोषणा पनि गरिसकेका छन् । तर, एमालेको आकर्षक मानिने महासचिव पदमा भने अहिलेसम्म एकजनाले पनि औपचारिक रूपमा उम्मेदवारी घोषणा गरेका छैनन् । 

सहमति र निर्वाचन दुवैको समानान्तर तयारी चलिरहेको महाधिवेशनमा महासचिव पदका लागि अध्यक्ष केपी ओलीनिकटका दुईजना नेताको आकांक्षा छ । 

वर्तमान उपमहासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य शंकर पोखरेल ओलीनिकट नेता हुन् । महासचिवका अर्का आकांक्षी सुरेन्द्र पाण्डे १०वुँदे सहमतिबाट एमालेमा फर्किएका नेता हुन् । यी तीन नेताको नाम चर्चामा ल्याइए पनि तीनैजनाले औपचारिक रूपमा महासचिवमा दाबी गरेका छैनन् । 

एमाले नेताहरूका अनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष र महासचिवमा कुनै हालतमा सहमति गराउने पक्षमा ओली उभिएका कारण नेताहरूले उम्मेदवारी घोषणा नगरेका हुन् ।

ओलीको चाहनाविपरीत भीम रावलले अध्यक्षमा र ईश्वर पोखरेल, घनश्याम भुसाल तथा सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने चाहना देखाइसकेका छन् । उपाध्यक्षमा भने देवराज घिमिरेले मात्र औपचारिक रूपमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

योगेश भट्टराईले सचिवमै दोहोरिने इच्छा व्यक्त गर्दा सचिवमा अन्य सबै नयाँ आकांक्षी छन् । ओली सचिव छाडेर सोभन्दा माथिको पदमा सर्वसम्मत नेतृत्व छान्ने रणनीतिमा भएकै कारण महासचिवमा तीनैजना दावेदारले खुलेर उम्मेदवारी घोषणा नगरेको एमालेका नेताहरू बताउँछन् । 

स्रोतका अनुसार शुक्रबार बिहानैबाट ओलीनिकट नेताहरू अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका रावललाई मनाउन लागिपरे पनि रावल तयार भइसकेका छैनन् । 

ओलीनिकट नेताहरू रावललाई दबाब दिन महाधिवेशनमा आएका प्रतिनिधिलाई ‘ओलीको विकल्प ओली’ भन्दै प्रचार गराउन थालेका छन् । 
अधिकांश प्रतिनिधिलाई ओलीको पक्षमा उद्घाटन अघि नै खुल्न लगाएर रावललाई दबाब दिने उनीहरूको रणनीति रहेको रावल पक्षधर एक नेताको दाबी छ । 

स्रोतका अनुसार रावलले  वरिष्ठ उपाध्यक्ष पाए ओलीलाई सर्वसम्मत अध्यक्ष मान्न तयार रहेको बताएका छन् । तर, ओलीनिकट नेताहरूसँगको छलफलमा भने उनले औपचारिक रूपमा यो प्रस्ताव राखिसकेका छैनन् । 

अध्यक्ष र वरिष्ठ उपाध्यक्ष टुंगो लगाएपछि प्याकेजमै उपाध्यक्ष र महासचिवको टुंगो लगाउने ओली पक्षधर नेताहरूको रणनीतिकै कारण महासचिवका दाबेदारहरूले औपचारिक रूपमा उम्मेदवारी नदिएको अर्का एक नेताको दाबी छ । 

यो छुट्ला है…

एमाले महाधिवेशन : भूगोलमा खटिएका नछुटून्, नेतासँग सेल्फीमै रमाउने नअटून्
एमाले महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?
एमाले महाधिवेशन: सहभागीले सडकमै पकाए, सडकमै खाए (फोटो फिचर)



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested