English

यौन सुख कसलाई बढी



यौनसुख कसले बढी र कसले कम मात्रामा प्राप्त गर्‍याे भन्ने कुरा व्यक्तिपिच्छे फरक हुन्छ । यति मात्र होइन, यो व्यक्तिसंग भएको कलामा पनि भर पर्छ । चरम अवस्थामा पुरुष र महिलामा देखिने स्वभावका सम्बन्धमा विभिन्न कोणबाट अध्ययन अनुसन्धान भैरहेका छन् । हरेक मानिसमा यौन चाहना हुन्छ, त्यसमध्ये कतिपयले सहेर बसेका हुन्छन् भने कतिपय सहन नसकेर बलात्कारजस्ता अपराध गर्छन् । बलात्कार पुरुषले मात्र होइन महिलाले पनि गरेको पाइन्छ । यद्यपि त्यसको संख्या अत्यन्त न्यून छ ।

यौनसम्पर्क पश्चात् कुनै पनि पुरुष १ देखि ३ मिनेटको बीचमा स्खलित हुन्छ । पुरुष यति छिटो स्खलित हुने र महिलाहरूमा यौनचाहना ल्याउनै लगभग १५–२० मिनेट लाग्ने हुनाले अधिकांश महिला यौनसुखबाट टाढा रहन बाध्य भएको पनि कतिपय अध्ययनले बताएका छन् । वास्तवमै पहिलो पटकको यौनसम्पर्कमा उत्तेजना ल्याउन धेरै समय लाग्छ । भनिन्छ, मानिससंग पर्याप्त क्षमता छ भने उसले आफ्नो पार्टनरलाई सन्तुष्टि दिन सक्छ । तर, पर्याप्त क्षमता हुँदैमा पार्टनर सन्तुष्ट हुन्छिन् भन्न सकिदैन ।

निजी मामिलामा महिलाहरू प्रायः अँध्यारो स्थान रुचाउँछन् भने पुरुषहरू उज्यालो स्थान रुचाउँछन् ।

पुरुष र महिलाहरूको यौन ब्यवहारमा ठूलो अन्तर हुन्छ । यदि महिला पार्टनरलाई यौनसम्बन्धका बारेमा कुनै जानकारी छैन भने पुरुषको यौन सक्षमताले मात्र उनको चाहना पूरा गर्न सक्दैन । यौनसम्बन्धमा महिलालाई सन्तुष्ट बनाउन सक्नु नै ठूलो कला हो । दुवैमा पर्याप्त उत्तेजना उत्पन्न भएमात्र एकले अर्काको चाहना पूरा गर्न सक्छन् ।

निजी मामिलामा महिलाहरू प्रायः अँध्यारो स्थान रुचाउँछन् भने पुरुषहरू उज्यालो स्थान रुचाउँछन् । त्यति मात्र होइन, महिलाहरूमा यौनचाहना ल्याउन पुरुषको ठूलो भूमिका हुने हुँदा आफ्नो पुरुष साथीसंग त्यो कला होस् भन्ने उनीहरूको चाहना हुन्छ । तर, त्यो भएन र जथाभावी आफ्नो चाहनामात्र पूरा गर्ने पुरुष परेको खण्डमा एक–अर्काप्रतिको आकर्षण घट्दै जान्छ । यसका साथै दाम्पत्य जीवन नै असफलतातर्फ जान सक्छ ।

जीवनसाथीको इच्छा बुझेर सम्पर्क गर्नु दुवैका लागि फाइदाजनक हुन्छ । विवाहको सुरुका दिनमा नखुले पनि बिस्तारै यौनको मामिलामा खुला हुनु नै सुखद यौन एवम् दाम्पत्य जीवनको लक्षण हो ।

समाज पुरुषप्रधान भएकाले पनि महिलाहरूले आफ्नो यौन आवश्यकतालाई मनमा लुकाएर पुरुष पार्टनरको चाहनामात्र पूरा गरेको देखिन्छ । महिलाहरूमा उत्तेजना ढिलो उत्पन्न हुने हुँदा ढिलै शिथिल हुन्छन् । तर पुरुषहरूमा उत्तेजना छिटो जाग्रित हुने हुँदा स्खलनसंगै उनीहरू शिथिल अवस्थामा चाडैं पुग्छन् । पश्चिमेली प्रभावका कारण केही सहरी क्षेत्रमा यस्ता बिषयमा राम्रो ख्याल गरिए पनि ग्रामीण क्षेत्रमा भने अधिकांश महिला चरम सुखबाट वञ्चित हुनुपरेको अध्ययनले देखाउँछ । उनीहरूलाई यौन आनन्द कसरी लिने भन्ने बिषयमा बारेमा थाहा नहुनुका साथै यसलाई उनीहरूले पुरुषको आवश्यकताका रूपमा मात्र लिने गरेको पाइन्छ ।

सहमतिबिना गरिने यौनसम्बन्ध बलात्कार हो । यौनसम्बन्धका विभिन्न उपाय छन् । यसलाई दुवैको सहमतिमा प्रयोग गरेर मात्र आनन्द प्राप्त गर्न सक्छन् । आफ्नो जीवनसाथीको इच्छा बुझेर सम्पर्क गर्नु दुवैका लागि फाइदाजनक हुन्छ । विवाहको सुरुका दिनमा नखुले पनि बिस्तारै यौनको मामिलामा खुला हुनु नै सुखद यौन एवम् दाम्पत्य जीवनको लक्षण हो ।

महिलाहरूलाई उत्तेजनामा आउन लामो समय लाग्छ । तसर्थ लामो समयको घर्षण तथा कडापन नै उनीहरूका लागि सुखदायक कुरा हो ।

यौनसम्पर्क गर्दा पुरुषको वीर्य स्खलनसंग महिलाको सन्तुष्टिको कुनै सरोकार हुँदैन । महिला चरम उत्तेजनाको अवस्थामा हुँदा लिंग बाहिर निकाल्नु उनीहरूहरूप्रति अन्याय गर्नुसरह हो ।

महिलाहरूलाई उत्तेजनामा आउन लामो समय लाग्छ । तसर्थ लामो समयको घर्षण तथा कडापन नै उनीहरूका लागि सुखदायक कुरा हो । यौनका बारेमा खुला कुरा भए यसप्रति दुवैको धारणा सकारात्मक भई लाज भन्ने कुरा हटेर जान्छ, जसका कारण यौन सम्पर्कलाई अझ सहज बनाउन सकिन्छ । पुरुषले दबाब दिंदा महिलाले कम्मर च्यापेर बल लगाउनु नै महिला स्खलनको अवस्था हो । यो अवस्थामा पुरुषको भूमिका महत्वपूर्ण हुन्छ ।

पुरुष होस् वा महिला दुवैले उमेरको ख्याल गरेर मात्र यौनसम्पर्क राख्नुपर्छ । कलिलो उमेर तथा गर्भावस्थामा यौनसम्बन्ध राख्नु स्वास्थ्यका दृष्टिकोणले नराम्रो मानिन्छ । तर, विविध उपायसंगै सावधानीहरूको पनि ख्याल गर्ने हो भने केही सहजताका साथ यौनसम्बन्ध राख्न सकिन्छ ।

एजेन्सी



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested