English

ट्याक्सीले जुराएको मह जोडी र राता मकैको सम्बन्ध



मह जोडी भन्ने बित्तिकै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम अगाडि आउँछ । मह सञ्चारबाट धेरै नै सिरियल बनेका छन् । हास्यकलाकारका लागि अभिभावकत्व निर्वाह गरेका छन्, मह जोडीले । मह जोडी सफल पनि छन् र यो सफलतामा जोडिएको अर्काे एउटा नाम- किरण केसी । 

राता मकैको उपनामले परिचित किरणले फिल्म र सिरियलमा मह जोडीसँग सहकार्य गर्दै आएका छन् । किरणको चिनजान हरिवंशसँग बाल्यकालदेखि नै थियो । तर, कामको सुरुवात भने पन्ध्र गते सिरियलमार्फत भएको थियो । त्यतिबेला मह जोडी सुरुवाती दिनमा थिए भने किरणले फाट्टफुट्ट अभिनयमा सौख राख्थे ।

‘हामीले टेलिफिल्म बनाउने भएपछि एउटा ट्याक्सी चाहियो र हामीसँग पैसा पनि थिएन । साथै, त्यो समयमा भाडामा गाडी पाउन पनि मुस्किल थियो’, हरिवंशले सुरुवाती दिनलाई सम्झिँदै एक अन्तवार्तामा भने, ‘किरणसँग ट्याक्सी छ भन्ने थाहा पाएपछि उसलाई बोलाएर अभिनय गराएका हौँ ।’

त्यसभन्दा अगाडि उक्त रोल अशोक शर्मालाई तय गरिएको थियो । हरिवंशले सुरुवाती दिनमा गरेको स्ट्रगलले नै अहिले सफलता दिएको बताए । त्यसो त हरिवंश अगाडि नै किरणले नाचघरमा मन्चन भएको एक नाटकमा मूख्य भूमिकासमेत निर्वाह गरिसकेका थिए । 

किरण यसलाई सहकार्यको संयोगको रूपमा लिन्छन् । ‘हाम्रो सहकार्य त्यसरी नै प्रारम्भ हुनु रैछ र भयो’, उनी भन्छन्, ‘यतिबेला हाम्रो सम्बन्ध सहकार्यसँगै पारिवारिक भइसकेको छ ।’ 

किरणले मह सञ्चारमार्फत बन्ने फिल्ममा सहकार्य गर्ने गरेका छन् । उनलाई फिल्मनगरीमा मह सञ्चारको ‘हनुमान’ पनि भन्ने गरिन्छ । महको काम गर्ने शैली अहिले पनि उस्तै चुस्त र दुरुस्त छ । पछिल्लो समय किरणले निर्माण गरेको फिल्म ’लक्का जवान’ प्रदर्शनको तयारीमा छ । 



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सन्जीब दुलाल :ललितपुर । वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवालाले बताएका छन् । वन प्राविधिक सङ्घ बागमती

काठमाडौँ : एन आई सी एशिया बैंक लिमिटेडले २:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन

काठमाडौँ, ७ असार २०८३४४औँ अन्तर्राष्ट्रिय सङ्गीत दिवसको विशेष अवसर पारेर सुमधुर स्वरकी धनी गायिका गीता पाण्डेको नयाँ अडियो गीत ‘डुबिसक्यो

२ असार, काठमाडौँ – इसेवा र आइएमएसले आफ्नो ग्राहकहरूका लागि ‘इन्टरप्राइज पेमेन्ट सोलुसन्स’ अर्थात इन्टरप्राइज भुक्तानी समाधान सार्वजनिक गरेका छन्

Latest










Popular
Suggested