English

मैत्रीपूर्ण फुटबलमा नेपाल भारतसँग २–१ ले पराजित



भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल २–१ गोल अन्तरले पराजित भएको छ । आइतबार साँझ दशरथ रंगशालामा भएको खेलमा भारतले नेपालमाथि २–१ गोलअन्तरले जित निकालेको हो ।

भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरेका थिए । साथै, नेपालका तेज तामाङले ८६ औं मिनेटमा गोल फर्काएका थिए । उनले डिबक्स बाहिरबाट उत्कृष्ट गोल गरेका हुन् । यसअघि बिहिबार भएको मैत्रीपूर्ण खेलमा १–१ बराबरीमा रोकिएको थियो ।

माल्दिभ्समा अक्टोबरमा हुने साफ च्याम्पियनसिपको तयारीका लागि उक्त खेल आयोजना भएको थियो । नेपाली टिम सोही तयारी गर्न केही दिनमा कतार जाँदैछ । त्यहाँ २ हप्ता अभ्यास गरेपछि टिम उतैबाट माल्दिभ्स प्रस्थान हुनेछ ।

यो पनि पढ्नुहोस् :
मैत्रीपूर्ण फुटबल : नेपाली टोली उत्साहित, के होला आजको नतिजा ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

विगत आठ वर्षदेखि सञ्चालन हुँदै आइरहेको यस सृजना सूत्रले विभिन्न क्षेत्रमा रोजगार सृजना गर्दै आइरहेको छ। पाँच हजार भन्दा पनि

काठमाडौं । कानुनी संरचनाको दृष्टिले हेर्दा नेपाल राष्ट्र बैंक आज पनि स्वायत्त निकायकै रूपमा परिभाषित छ। तर व्यवस्थाको व्यवहारिक धरातलमा

फागुन १२, काठमाडौं : के एल दुगड समूहअन्तर्गत युनाइटेड सिमेन्ट्स लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी -साम्बा_

Latest










Popular
Suggested