English

मैत्रीपूर्ण फुटबल : नेपाली टोली उत्साहित, के होला आजको नतिजा ?



भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा १–१ गोलको बराबरी खेलेको नेपाली फुटबल टोली दोस्रो खेलमा जितका लागि उत्साहित छ । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रङगशालामा भारतविरुद्ध खेल्दै नेपालले पहिलो हाफमा एक शून्य गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा आक्रमक खेल खेल्न नसक्दा नेपाल जितबाट चुक्यो । भारतले एक गोल गर्दै खेललाई बराबरीमा रोक्न सफल भयो । पहिलो खेलमा निराश बनाएको नेपाली टोली आजको खेलमा घरेलु दर्शकलाई खुशी दिलाउन चाहन्छ ।

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८ औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन ।

विश्व फुटबल महासङघ (फिफा) को बरियतामा नेपाल भन्दा भारत ६३ स्थानमाथि रहेको छ । तर, पहिलो खेलमा बराबरीमा रोक्न सफल भएकाले नेपाली टोली निकै उत्साहित देखिन्छ । आज साँझ ५.३० बजे दशरथ रङ्गशालामा हुने दोस्रो खेलमा नेपाली टोली जितका साथ मैदान प्रवेश गर्नेछ । नेपाली टोलीलाई पाँच हजारभन्दा बढी दर्शकको साथसमेत रहनेछ ।

फिफा बरियताअनुसार भारत १०५औँ स्थानमा तथा नेपाल १६८ औँ स्थानमा रहेको छ । सन् १९८५ मा बङ्गलादेशमा दोस्रो दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भारतबीच पहिलो पटक भिडेको नेपालले त्यसयता उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । हालसम्म दुवै देशबीच २० पटक फुटबल मैदानमा भिडन्त भएको छ । भारत १३ खेलमा विजयी हुँदा नेपालले २ खेल मात्र जित्न सकेको छ । दुवै टोलीले ५ पटक बराबरी खेलेका छन् ।

पहिलोपटक नेपालले सन् १९९३ डिसेम्बर २६ मा बङ्गलादेशको ढाकामा सम्पन्न दक्षिण एशियाली खेलकूदमा भारतलाई टाइब्रेकरमा ४–३ गोलले हराएको थियो । निर्धारित र अतिरिक्त समयमा पनि दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि नेपालले भारतलाई टाइबे्रकरमा हराउन सफल भएको थियो । नेपालले भारतसँग घरेलु मैदानमा भने ३ पटक मात्र खेलेको छ ।

भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क थिए । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार थिए । भारतसँग नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उनको विश्वास छ ।

सन् १९९९ सेप्टेम्बर ३० मा काठमाडौँमा भएको आठौँ दक्षिण एशियाली खेलकूदमा पहिलोपटक खेल्दा भारतले नेपाललाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै सन् २०१३ सेप्टेम्बर ५ मा काठमाडौँमा सम्पन्न साफ च्याम्पियनसिपमा दोस्रो पटक खेल्दा नेपालले भारतलाई २–१ गोलले हराएको थियो ।

उक्त खेलमा नेपालका लागि जुमानु राई र अनिल गुरुङले गोल गरेका थिए । सन् २०१५ मार्च १७ मा काठमाडौँमा सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले भारतसँग गोलरहित बराबरी खेलेको थियो । भारतसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल जित्नेमा मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी ढुक्क थिए । खासगरी भारतीय टोलीमा अनुभवप्राप्त पुराना खेलाडीको अभाव रहेकोबारे प्रशिक्षक अलमुताइरी जानकार थिए । भारतसँग नेपालले बराबरी खेलेपछि आजको खेलमा आफ्नो टोली जित्नेमा उनको विश्वास छ । नेपालभन्दा अब्बल टोली भारतलाई बराबरीमा रोक्दा अलमुताइरी उत्साहित छन् ।

उनले नेपाली टोलीले गर्व गर्न लायक प्रदर्शन गर्ने बाचा गर्दै आएका छन् । अलमुताइरीको वाचाले पनि नेपाली टोलीमा उत्साह बढेको हो । नेपाली टोलीका लागि कप्तान किरणकुमार चेम्जोङ भरपर्दा गोलकिपर हुन् । उनले पहिलो खेलमा पनि भारतीय टोलीलाई गोल गर्नबाट पटक–पटक रोक्न सफल भए । भारतीय कप्तान सुनिल क्षेत्रीलाई रोक्न सके मात्र पनि आफ्नो टोली खेल जित्नेमा चेम्जोङको विश्वास छ । भारतीय टोली क्षेत्रीका साथै अनिरुद्ध थापा, ब्राण्डन फर्नान्डज, प्रितम कोटललगायत खेलाडीमाथि निर्भर छ । नेपाली टोली गोलकिपर चेम्जोङका साथै अन्जन विष्ट, सन्तोष तामाङ, अनन्त तामाङ, पुजन उपरकोटीगायत खेलाडीको प्रदर्शनमा भर पर्नेछ । आजको खेलसँगै नेपाली गोलकिपर चेम्जोङले नेपालको टोलीबाट सर्वाधिक ७४ अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बनाउनेछन् ।

एन्फाका अनुसार भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ ।

बिहीबार खेल्दा उनले बिराज महर्जनसँग बराबरी गरेका छन् । महर्जनले ७३ अन्तर्राष्ट्रिय खेल खेल्दै नेपाली टोलीबाट सन्यास लिइसकेका छन् । अन्तिम समयमा आएर दर्शकलाई मैदानमा प्रवेशको अनुमति दिइएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार काठमाडौँ जिल्ला प्रशासन कार्यालय र कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले खेल हेर्न अनुमति दिएको हो । पहिलो खेलमा पाँच हजार एक सय दर्शकले मैदान प्रवेशको अनमुति पाएका थिए । नेपाली टोली भारतसँग ६ वर्षपछि खेल्न लागेको हो । नेपालले भारतीय टोलीलाई ८ वर्षयता हराउनसकेको छैन । भारतले नेपालको गोलपोष्टमा हालसम्म ३४ गोल गरेको छ भने नेपालले भारतको पोष्टमा १० गोल मात्र गर्न सकेको छ ।

एन्फाका अनुसार भारतसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जानेछ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने तय भएको छ । साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा आयोजना हुँदैछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली