English

विश्वकै सर्वाधिक कमाई गर्ने टप थ्रि मोडलहरु



विश्व चर्चित मोडलहरुको कमाई पनि लोभलाग्दो नै छ । यस परिवेशमा अहिलेको समयमा केन्डल जेनर, गिगी हाडिड र कारा डेलेभिङ्ने विश्वकै सर्वाधिक कमाई गर्ने मोडलहरुको सूचीको सबैभन्दा अग्र स्थानमा रहेका छन् ।

कतिपय व्यक्तिको उमेर, सुन्दरता, शारीरिक स्वस्थता र बजार भ्यालुको आधारमा उसको व्यवसायिक करियर निर्धारण हुने भएकाले मोडलिङलाई अन्तराष्ट्रिय क्षेत्रमै दीर्घकालीन प्रोफेसनका रुपमा लिने गरिंदैन । यद्यपी छोटो समयमै व्यक्तिले आर्जन गर्ने नाम, दाम र ख्यातिका साथै उसको जीवनशैलीका कारण विश्वको हरेक क्षेत्रमा युवा जमातको यसप्रतिको झुकाव देख्न पाइन्छ । विश्व चर्चित मोडलहरुको कमाई पनि लोभलाग्दो नै छ । यस परिवेशमा अहिलेको समयमा केन्डल जेनर, गिगी हाडिड र कारा डेलेभिङ्ने विश्वकै सर्वाधिक कमाई गर्ने मोडलहरुको सूचीको सबैभन्दा अग्र स्थानमा रहेका छन् । उनीहरुको यो वर्षको हालसम्मको कमाईको आधारमा उनीहरु यो वर्ष सर्वाधिक कमाई गर्ने टप थ्री मोडलका रुपमा दरिएका छन् ।

केन्डल जेनर

मोडल केन्डल जेनर ।

२४ वर्षिया केन्डल जेनरको यो वर्षसम्मको कुल आम्दानी ३ करोड अमेरिकी डलर रहेको छ । यो कमाईसंगै सन् २०२० को सर्वाधिक आम्दानी गर्ने मोडलका रुपमा उनी पहिलो स्थानमा रहन सफल भइन् । उनको यो आम्दानीमा मोडलिङ, रियालिटी टेलिभिजन शोमा सहभागिता तथा विभिन्न फेसन ब्रान्डसंगको आबद्धता मुख्य रहेको छ । जेनर अहिले मुख्य रुपमा ला पर्ला, एस्टी लाउडर, केन्डल प्लस काइलि क्लोडिङ लाइन तथा एडिडाससंग आबद्ध रहेकी छिन् ।

जेनरले आफ्नो मोडलिङ करियरमा थुप्रै विश्व प्रसिद्ध फेसन म्यागेजिनहरुका लागि फोटोसुट गराएकी छ्नि भने कभर गर्लका रुपमा पनि उनी विभिन्न म्यागेजिनमा छाइसकेकी छिन् ।


उनको पुरा नाम केन्डल निकोल जेनर हो भने उनी अमेरिकी मुलकी मोडल एवं मिडिया पर्सनालिटी हुन् । जेनरको मोडलिङ यात्रा १४ वर्षको उमेर देखि नै शुरु भएको हो । उनी विभिन्न प्रिन्ट कमर्सियल तथा एड् क्याम्पियनको महत्वपूर्ण हिस्सा बन्दै अगाडि बढेकी हुन् । उनको मोडलिङ करियरले सन् २०१४ र २०१५ मा सबैभन्दा ठूलो फड्को मारेको थियो । यतिखेर उनी चर्चित फेसन डिजाइनरहरुको मनपर्ने मोडलका रुपमा न्युयोर्क, मिलान तथा पेरिश फेसन वीकको रनवेमा आफ्नो ग्ल्यामर प्रस्तुत गर्न सफल भएकी थिइन् । जेनरले आफ्नो मोडलिङ करियरमा थुप्रै विश्व प्रसिद्ध फेसन म्यागेजिनहरुका लागि फोटोसुट गराएकी छ्नि भने कभर गर्लका रुपमा पनि उनी विभिन्न म्यागेजिनमा छाइसकेकी छिन् । ती मध्ये लभ तथा भोग म्यागेजिनको इन्टरनेसनल एडिसनहरु मुख्य रहेको छ । फोब्र्स म्यागेजिनको टप अर्निङ मोडलका रुपमा पनि सुचीकृत भइसकेकी केन्डलले अनेकन एवार्ड पनि जितेकी छिन् । ती मध्ये लभी एवार्ड, टिन च्वाइस एवार्ड, डेली फ्रन्ट रो फेसन मिडिया एवार्ड मुख्य रहेका छन् । उनी सेभेन्टिन म्यागाजिनका लागि उनी स्टाइल एम्बेसडरका रुपमा पनि छनौट भएकी थिइन् ।

गिगी हाडिड

मोडल गिगी हाडिड


अमेरिकन मोडल गिगी हाडिडको हाल सम्मको कुल कमाई २ करोड ९० लाख अमेरिकी डलर रहेको छ । उनी सन् २०२० को अन्तसम्ममा विश्वको सर्वाधिक कमाई गर्ने मोडलहरुको सूचीको दोस्रो स्थानमा रहेकी छिन् । गिगीको कमाईको रफ्तारलाई ध्यानमा राख्ने हो विश्वको सर्वाधिक कमाई गर्ने मोडलहरुको अग्रस्थानमा रहन उनलाई समय नलाग्ने देखिन्छ । गिगीको मेबलिन, टमी हीलफाइगर, बीएमडब्लु, टपसप जस्ता विश्वमा कहलिएका ब्रान्डहरुसंग आबद्धता रहेको छ । ब्रान्ड इन्डोर्सिङ संगै विश्वकै प्रमुख फेसन शोहरुमा गिगीको उपस्थिति रहने गरेको छ । उनको कमाईको मुख्य हिस्सामा मोडलिङ, ब्रान्ड इन्डोर्समेन्ट तथा फेसन सम्बन्धीत उद्यमशीलता रहेका छन् ।

चार वर्षको अन्तरालमा गिगी भोग म्यागाजिनको अन्तर्राष्ट्रिय संस्करणमा ३५ पटक सम्म देखा परिसकेकी छिन् ।


गिगी उपनामले परिचित २४ वर्षिया उनको वास्तविक नाम जेलिना नोरा हाडिड हो । उनी आइएमजी मोडल्सका रुपमा सन् २०१३ देखि नै आबद्ध छिन् । सन् २०१४ मा उनको डेब्यु मोडल्स डट इनमा टप फिफ्टी मोडल्सका रुपमा भएको थियो । सन् २०१६ उनलाई ब्रिटिस फेसन काउन्सिलले इन्टरनेसनल मोडल अफ द इयरका रुपमा एवार्ड प्रदान गरेको थियो । चार वर्षको अन्तरालमा गिगी भोग म्यागाजिनको अन्तर्राष्ट्रिय संस्करणमा ३५ पटक सम्म देखा परिसकेकी छिन् ।

कारा डेलेभिङ्ने

मोडल कारा डेलिभिङ्ने

सुपरमोडल कारा डेलिभिङ्ने हालसम्मको कूल कमाई २ करोड ८० लाख डलरको आसपासमा रहेको छ । मोडलिङमा नभई उनी चलचित्रहरुमा पनि प्रतिभावान् अभिनेत्रीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल देखिन्छन् । उनको बोल्ड लुक्सलाई बर्बरी, चानल, पूमा तथा भोग जस्ता मेगा ब्रान्डले संगालेको पाइन्छ । दुई पटकसम्म मोडल अफ द इयरको उपाधि आफ्नो नाममा सुरक्षित राख्न सफल काराले मोडलिङ संगै अभिनय र गायनको यात्रालाई अगाडि लगेकी छिन् । रनवे मोडलका रुपमा विश्व विख्यात फेसन ब्रान्डहरु डोल्सी एण्ड गब्बाना, बर्बरी, मलबरी, जेसन वूका फेसन शोको अभिन्न अंगका रुपमा उनी प्रस्तुत भइसकेकी छिन् ।

काराले सन् २०१२ मा आना कारेनीनाको अडाप्टेसन मूभीमा सानो भूमिका डेब्यु गरेकी हुन् ।


इङलिस मुलकी कारा जोसिलिन डेलेभिङ्ने ब्रिटिस फेसन अवार्डस्मा सन् २०१२ र २०१४ मा मोडल अफ दि इयरको एवार्ड जितेकी थिइन् । काराले सन् २०१२ मा आना कारेनीनाको अडाप्टेसन मूभीमा सानो भूमिका डेब्यु गरेकी हुन् । उनलाई पेपर टाउनस्, सुसाइड स्क्वाड, भलेरियन तथा द सिटी अफ अ थाउजेन्ड प्लानेट्स जस्मा चलचित्रहरुमा अहम् भूमिकामा देख्न सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली