English

गायक सरोज लामिछानेको ‘मेरो माया मुरीका मुरी’ बोलको गीत सार्वजनिक



काठ क्षेत्रका चर्चित गायक तथा सञ्चारकर्मी सरोज लामिछानेको ‘मेरो माया मुरीका मुरी’ बोलको लोकदोहोरी गीत सार्वजनिक भएको छ । काठ क्षेत्रमा चलनचल्तीका ठेट शब्द गीतसंगीतका माध्यमबाट उतार्न सक्ने क्षमता भएका गायक लामिछानेले उक्त गीत आफ्नै युट्युब च्यानलमार्फत सोमबार सार्वजनिक गरेका हुन् ।

गीतमा लामिछानेलाई गायिका मैंया थापामगरले साथ दिएकी छिन् । लामिछानेकै शब्द तथा संगीत रहेको गीतमा रामकृष्ण थापाले संगीत संयोजन गरेका छन् । अनामनगरस्थित वेभ स्टुडियोमा रकेर्ड गरिएको गीतलाई नरेन्द्र वियोगीले अडियो मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा लामिछानेसँगै मोडल रिना थापामगर र गायक राजेश ढकालले अभिनय रहेको छ । बिराज फुयाँलले निर्देशन गरेको भिडियोलाई मेलम्ची–१३ फटकशिला सेरोफेरोमा कन्द्रित रहेर छायाँकन गरिएको छ । विरेन्द्र भट्टले छायाँकन गरेको भिडियोलाई सदिप घिमिरेले सम्पादन गरेका हुन् ।

गायक लामिछानेको बदम खाको सुन्तला छोडाको, हे मेरो सानु, सानुमाया हासेर बोल, बरको हाँगो, निर कमला, कोठा भाडा तिर्दिने मैले हो, दुई खोली दोभान लगायतका गीत हिट छन् ।

भिडियो :



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

काठमाडौं । महाकाव्यका गम्भीर भाव, राष्ट्रिय चेतना, मातृभूमिप्रतिको समर्पण र मानवीय संवेदनालाई संगीतको मधुर लयमा बाँध्दै श्रोतामाझ पुर्‍याउने उद्देश्यले तयार

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

Latest










Popular
Suggested