English

अधुरो प्रेम



अकेला

मान्छेको मन न हो, कुनबेला कोसँग ठोक्किन्छ । थाहै नहुने । प्रेमको अंकुरण पलाउन, मायाको सानो झिल्को नै काफी हुँदोरहेछ । प्रेमले कति आवाद त कति बर्बाद पनि भएका छन् । विश्वमा वियोगान्त प्रेमका अनगिन्ति गाथा सुन्न, पढ्न पाईन्छ । आपसी विश्वासबाट सिंचित प्रेम सफल छन् । जो अभावग्रस्त जिन्दगीमा पनि रमाउँछन् । यसका विपरित जानेले अमूल्य जिन्दगीको बलिदानै पनि दिएका छन् । यस्तै एउटा कथा हो ‘अधुरो प्रेम’ ।

हाँसीखुसी जिवन गुजारिरहेका थिए केन । उनको जिन्दगीमा कुनैदिन एक यस्तो अप्रत्याशित घटना घट्छ भन्ने भनकै थिएन । इमिगे्रसन पार गरेपछि केन बुर्कुसी मार्दै प्रस्थान कक्षतिर गए । विदेशी एअरपोर्ट न भए, लामो समय हिडेरै प्रस्थान कक्ष पुग्नुपर्ने । यस्तै अवस्था मनिला एअरपोर्टमा पनि थियो । जब केन प्रस्थान कक्षमा पुगे । यात्रुहरु कमै थिए । विस्तारै यात्रुहरुको आगमन सँगै हल भरिदै गयो । अधिकांश विदेशी यात्रुहरुको भिडमा केनले चिन्ने कोही थिएनन् । न त कसैसँग कुरा गर्ने माहौंल नै थियो ।

नयाँ सहरमा घुमफिर गराई दिने मित्र जो भेटिएका थिए । केहीसमय पछि भिमकाय ७४७ बिमान उड्यो । प्लेनमा खचाखच यात्रुहरु थिए । टेक अफ गरेको केही समयमै मनिला सहरको झकिझकाउलाई ओझेल पार्र्दै जहाज आफ्नो गन्तव्य तर्फ उड्न थाल्यो । निष्पट्ट अन्धकारमा ताराहरु चम्किरहेका थिए । धन्य थिए, भिमकाय हवाइ जहाज बनाउने मानव हात र त्यसलाई सुरक्षित उडाउने पाईलट ।

मोबाईलमा ब्याट्री सकिएकाले केन चार्जिङ स्टेसनमा गए । एक जना राम्री चुलबुले केटी पनि त्यही आइपुगिन । उमेर यस्तै २४/२५ की हुँदी हुन् । केनलाई हेल्लो गरिन । बस् यतिकैमा दुई जना बीच परिचय भैहाल्यो । उनको नाम ‘जुली’ थियो । फिलिपिन्सका केटीहरु अंगे्रजी राम्रो बोल्ने र मित्रवत् हुन्छन् । एकै छिनमा केन र जुलीको मित्रता गाँसियो । दुबैजनाले एकछिनमै अनेकन् व्यक्तिगत कुरा साटासाट गरेको पत्तै भएन । जुली सँगै उनका साथीहरु पनि पहिलोपटक बैंकक घुम्न लागेका रहेछन् । नयाँ ठाउँ भएकाले उनीहरु निकै कौतुहल थिए । केही बेरमा जुलीले केनलाई आफ्ना साथीहरुसँग पनि परिचय गराईन ।

अकष्मातको त्यो भेटघाट अनयासै मित्रतामा परिणत भयो । यो भेटले जुलीका साथीहरु पनि कम खुशी थिएनन । नयाँ सहरमा घुमफिर गराई दिने मित्र जो भेटिएका थिए । केहीसमय पछि भिमकाय ७४७ बिमान उड्यो । प्लेनमा खचाखच यात्रुहरु थिए । टेक अफ गरेको केही समयमै मनिला सहरको झकिझकाउलाई ओझेल पार्र्दै जहाज आफ्नो गन्तव्य तर्फ उड्न थाल्यो । निष्पट्ट अन्धकारमा ताराहरु चम्किरहेका थिए । धन्य थिए, भिमकाय हवाइ जहाज बनाउने मानव हात र त्यसलाई सुरक्षित उडाउने पाईलट ।

जहाजमा केनलाई अगाडिको सिट परेको थियो, जुली र साथीहरु पुछारमा थिए । डिनर सर्भ गरियो । प्लेनको खाना खासै मिठो थिएन तर खानै पर्ने । विकल्प अर्को थिएन । डिनरपछि कतिपय यात्रु सुतिसकेका र कति सुत्ने तरखरमा थिए ।

साँझपखको रमणीय वातावरणले भने दुबैलाई निकै रोमाञ्चित बनायो । केन र जुली अझ नजिकिदै गए । दुबैले राम्रो मन मिल्ने साथी पाएको अनुभव गरे । साथी मात्र के भन्नु, अब त यि प्रेमीमै रुपान्तरण भइसकेका थिए । राती सँगै डिनर खाएपछि दुबैजना केनको अपार्टमेन्टमा आए । वाईनको पेग सँगै बजिरहेको रोमान्टिक संगीतले यिनलाई अझ नजिक्यायो ।

केनको प्लेनमा सुत्नै नसक्ने बानी रहेछ । के मनमा आएर हो, उनी विस्तारै उठेर प्लेनको पछिल्लो भागमा गए । जुली सुत्न नसकेर बसी राखेकी थिई । साथीहरु भने सुतिसकेका रहेछन् । केनले सोधे, जुली के गरी राखेकी ? ‘हल्का ज्वरो आएजस्तो भएकाले केही असुविधा महसुस भएको छ ।’, जुलीले भनिन् । केन आफ्नो सिटमा फर्केर पारासिटामोल लिए अनि जुलीलाई दिए । उनले तुरुन्तै खाईन । केन आप्mनै सिटमै फर्के । लामो प्लेनको यात्रा साँच्चिकै पट्यार लाग्दो हुन्छ । केहीसमय पछि केन फेरी जुलीको सिटमा गएर भलाकुसारी गर्न थाले ।

जुलीलाई पहिला भन्दा अलि संञ्चो भएको रहेछ । उनी निकै खुशी भएर केनलाई धन्यवाद दिईन । यत्तिकैमा प्लेन पनि गन्तव्यमा पुग्नै लागेको उद्घोष भयो । सबै आ–आफ्नो सिटमा फर्के । प्लेन ल्याण्ड गर्यो । सबै यात्रुहरु सामान लिएर सहर तर्फ गए । केनले जुलीलाई आप्mनो सम्पर्क नम्बर दिएर अपार्टमेन्ट तर्फ लागे ।

अर्को विहान केन आफ्नो अपार्टमेन्टमा चिया पिउँदै थिए । मोबाईलमा घण्टी बज्यो । अपरिचित नम्बरवाट फोन आएको रहेछ, उनले उठाए । जुलीकै फोन रहेछ । उनले साथीहरु सबै घुमफिरमा जाने तर आफुले केनसँग भेट्न चाहेको बताईन । चिनजान भएको केही घण्टा मात्र भएको थियो तरपनि केनले यसमा सहमति जनाए । राम्रो स्वागत सत्कार सँगै उनले दिनभर जुलीलाई सहर घुमाए, संपिग गराए ।

मनैदेखि उठेको तिर्सना, उन्मुक्त वातावरण तथा समयानुकुल परिस्थिती । जुली पनि पग्लिइन । केन त पहिला देखिनै तयार थिए । जुलीले आफ्ना साथीहरु पनि बिर्सिईन । वातावरण यति प्रेमिल बनिसकेको थियो कि दुई प्रेमी बाहेक अरु सबै कुरा गौण थिए । दुबैमा यौंनको उन्माद चढ्दै गयो । लाजकाज केही बाँकी रहेन । दुबैले यौंनको भरपूर मज्जा लिए ।

साँझपखको रमणीय वातावरणले भने दुबैलाई निकै रोमाञ्चित बनायो । केन र जुली अझ नजिकिदै गए । दुबैले राम्रो मन मिल्ने साथी पाएको अनुभव गरे । साथी मात्र के भन्नु, अब त यि प्रेमीमै रुपान्तरण भइसकेका थिए । राती सँगै डिनर खाएपछि दुबैजना केनको अपार्टमेन्टमा आए । वाईनको पेग सँगै बजिरहेको रोमान्टिक संगीतले यिनलाई अझ नजिक्यायो ।

जुली एक छिन नाच्ने हो त ? अप्रत्याशित आएको केनको प्रश्नले जुली अलमलमा परिन् । यस्तो बेला नाच्नु भनेको एक आपसमा सम्माहित हुन आवश्यक वातावरण पैदा गर्नु पनि हो । दुबैले अंगालो हाली नाचे । एक आपसमा समर्पित हुन दुबैले मनमनै तयारी गरी सकेका थिए ।

मनैदेखि उठेको तिर्सना, उन्मुक्त वातावरण तथा समयानुकुल परिस्थिती । जुली पनि पग्लिइन । केन त पहिला देखिनै तयार थिए । जुलीले आफ्ना साथीहरु पनि बिर्सिईन । वातावरण यति प्रेमिल बनिसकेको थियो कि दुई प्रेमी बाहेक अरु सबै कुरा गौण थिए । दुबैमा यौंनको उन्माद चढ्दै गयो । लाजकाज केही बाँकी रहेन । दुबैले यौंनको भरपूर मज्जा लिए । एकले अर्कालाई तृप्त गरेपछि दुबै लखतरान भए । अनि जुलीलाई एक्कासी सम्झना आयो, उनी त होटल फर्कनु छ । वास्तवमा अघिल्लो दिन केनले जुलीप्रति देखाएको आत्मीयताले उनको मन पग्लेकोरहेछ । केनले पनि थाहा पाउने अवसर पाए, ‘स्त्री चरित्र पुरुष भाग्य दैव नजाने’, त्यसै बनेको रहेनछ ।

यो पनि पढ्नुहोस्
खेतालाको छोरो

भनिन्छ, प्रेमको नशा अरुको तुलनामा निकै गाढा हुन्छ । प्रेममा मानिस पागल हुन्छन् । केन र जुलीको प्रेम पनि झाँगिदै गयो । भलै देश परिवेश फरकै किन नहोस् । भेट छोटै सही, प्रेमको डोरी नराम्ररी जेलिसकेको थियो । पछिल्ला दिनहरुमा पनि केन र जुलीको भेटले निरन्तरता पाइरह्यो । केन आगो सरी थिए भने, जुली नौनी । हरेक कुराको आयु भएजस्तै, जस्तोसुकै गाढा प्रेमको पनि आयु हुँदोरहेछ । दिन वित्दै गएपछि दुबैले महसुस गरे कि यो प्रेमको गाडी अब रोकिनुपर्छ । किनकि दुबैको परिस्थिती अनुकुल थिएन । न कुनै अफसोस, न कुनै कुण्ठा, न कुनै प्रतिशोध । तर जिन्दगीमा एक बेग्लै किसिमको अप्रत्याशित प्रेमको अनुभव ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले धरानलाईन, इटहरी र लायन्सचोक, नारायणगढमा आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । यी सर्भिस सेन्टरहरु

काठमाडौं। युवा गायक बिरज महर्जनको नयाँ म्युजिक भिडियो ‘साइली’ र नेपाल भाषाको ‘छ लिसे’ बोलको म्युजिक भिडियो एकसाथ सार्वजनिक भएको

Latest










Popular
Suggested