फोहोर उठाउन घामको पखाईमा महानगर



काठमाडौँ उपत्यकाको फोहोर बिर्सजन गर्ने स्थल सिसडोल आवतजावत गर्ने बाटो बिग्रिएपछि केही दिनयता उपत्यकाको गल्ली, चोक र सडक किनारामा फोहोरको डंगुर थुप्रिएको छ । वर्षाका कारणले हिलो भएर बाटो खराब भएपछि फोहोर फाल्ने सवारी साधन आवतजावतमा बाधा हुन गई डंगुर थुप्रिएको हो । फोहोर व्यवस्थापनका लागि हिलो सुक्नु पर्ने र त्यो मौसमका भरमा हुने महानगरले जनाएको छ ।

हप्तादिन बढी समयदेखि फोहोर नउठाउँदा सहर दुर्गन्धित बन्दै गएको छ । घरदेखि पसल सञ्चालन गर्नेलाई सास्ती खेप्नु परेको स्थानीयवासी बताउँछन् । ‘आठ दिनदेखि फोहोर उठाउन आएको छैन्, घरभरी फोहोरको गन्ध फैलिएर समस्या छ’, कपनकी पवित्र लुइँटेलले भनिन् ।

गोंगबुस्थित चितवन खाजा पसल सञ्चालन गर्दै आएकी उमा नगरकोटीको समस्या पनि उस्तै छ । ‘खाजा पसलको फोहोर धेरै हुन्छ, हप्ता दिन फोहोर नउठ्दा गन्ध आउने भइसक्यो’ नगरकोटीले भनिन्, ‘यसले धेरै समस्या भएको छ, फोहोर व्यवस्थापन गर्नका लागि छिटो आइदिनु पर्यो ।’

‘खासमा बाटोमा फोहोर छरपस्ट भएको पानीका कारणले हो, पानी रोकिना साथ उपत्यकाका फोहोर नगरपालिकाले व्यवस्थापन गर्ने छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘पानी परेर बाटो चिप्लो र हिलो हुँदा गाडी जान नसकी फोहोर व्यवस्थापनमा समस्या देखिएको हो, जहाँसम्म लाग्छ दुईतीन दिनमा घाम लागेपछि बाटो राम्रो हुन्छ र फोहोर व्यवस्थापन हुन्छ ।’

वर्षाका कारणले सिसडोल आवतजावत गर्ने बाटो खराब भएर उपत्यकाको फोहोर व्यवस्थापन हुन नसकेको विनायक फोहोरमैला व्यवस्थापन प्रा.लि.की एकाउन्टेन्ट सोनु गुरुङले बताइन् । ‘फोहोर उठाउनका लागि धेरै फोन आइरहेको छ ’ गुरुङले भनिन्,‘ अन्य सम्बन्धित निकायले वास्ता नगरेपछि कम्पनीले पनि फोहोर व्यवस्थापन गर्न सकेको छैन ।’

समय–समयमा उपत्यकामा यस्ता समस्या आइरहन्छ तर यससँग सम्बन्धित सरोकार वालाहरु वास्ता नगर्दा आम मानिसले सास्ती खेप्नु परेको छ । बेवास्ताका कारणले महानगरसँग फोहोर व्यवस्थापन गर्ने विकल्प पनि छैन । फोहोर व्यवस्थापन गर्नका लागि अन्य विकल्प नभएपछि महानगर घाम लाग्ने पर्खाईमा छ । ‘खासमा बाटोमा फोहोर छरपस्ट भएको पानीका कारणले हो, पानी रोकिना साथ उपत्यकाका फोहोर नगरपालिकाले व्यवस्थापन गर्ने छ’, काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले भने, ‘पानी परेर बाटो चिप्लो र हिलो हुँदा गाडी जान नसकी फोहोर व्यवस्थापनमा समस्या देखिएको हो, जहाँसम्म लाग्छ दुईतीन दिनमा घाम लागेपछि बाटो राम्रो हुन्छ र फोहोर व्यवस्थापन हुन्छ ।’

प्रतिदिन सामान्यरुपमा जसरी फोहोर निकासी हुन्थ्यो त्यसरी नभएको डंगोलले बताए । ‘उपत्यकाबाट १ सय ५० ट्रक दिनकै फोहोर फालिन्छ, फोहोर राख्दाराख्दै बाटो उकालो भएको छ, ’ डंगोलले भने, ‘तर हाल एक सय ट्रक मात्र गइरहेको छ ।’

उपत्यकाको फोहोर फाल्ने बञ्चरेडाँडालाई सिसडोलको विकल्पका रुपमा राखिए पनि अझैसम्म सरकारले तयार गर्न नसकेको डंगोलको जनाए । ‘फोहोर व्यवस्थापनको विकल्प बञ्चरेडाँडा नै हो , तर यो तयार भइसकेको छैन,’ डंगोलले भने, ‘सरकारसँग तयार गर्न पहल गर्दैछौँ ।’

बञ्चरेडाँडामा ५० वर्ष सम्मको फोहोर व्यवस्थापन गर्न सक्ने क्षमता छ । यो तयार भएपछि उपत्यकाबासीले सास्ती खेप्न नपर्ने डंगोलको दाबी छ ।



...
अझै उठ्न सकेन काठमाडौँका मुख्य मुख्य चोकका फोहोर « Mero LifeStyle

[…] गरिँदै आएको छ ।यो पनि पढ्नुहोस्फोहोर उठाउन घामको पखाईमा महानगरबञ्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

रावाबेँसी गाउँपालिकाले फलफूल उत्पादन गर्ने किसानलाई पेन्सन कार्यक्रम सुरु गरेको छ । फलफूल खेतीबाट किसानलाई भविष्यमा पेन्सनको रुपमा नियमित आम्दानी

नेपाल साफ च्याम्पियनसिप फुटबलको इतिहासमा पहिलोपटक फाइनल प्रवेश गरेको छ । माल्दिभ्समा जारी १३ औं संस्करणको उपाधिका लागि आज (शनिबार)

पछिल्लो समय भिडियोमा खोजिनेमध्येकी एक मोडल हुन्, मलिका महत । फिल्म ’यात्रा ः द म्युजिकल भ्ल्ग’मार्फत रजतपटमा डेब्यु गरेकी मलिकाले

विजयादशमीको १०औँ दिनको अवसरमा एकैसाथ लंका दहन, रावण,मेघथान र कुम्भकरणको वध गरिएको छ । राजा जनकले मिथिला राज्यको राजधानी जनकपुरधामामा शुक्रबार