कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी



पर्वतका दुई महिला गाउँमा नमूना कृषक बनेर उदाहरण बनेका छन्। जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याएका छन् । उनीहरुका श्रीमान् अहिले खाडी मुलुकमा छन् । उनहरुले गत असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा ‘बनौँ कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका छन् । अहिले फर्मबाट प्रशस्त आम्दानी समेत हुन थालेको जनाइएको छ ।

२५ लाख रुपैयाँका लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा कुखुरा , बङ्गुरपालन फार्म र तरकारी खेती हुँदै आएको छ । फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उनीहरुको योजना छ । अहिले फार्ममा एक हजार कुखुरा, झन्डै एक दर्जन बङ्गुर छन् भने तीन टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बनौँमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काँक्रो, घिरौँला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको सो गाउँमा यस्ता खालका अन्य फार्म छैनन् ।

उनीहरु दुवैजना फार्ममै बस्छन्। बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिइन् । ‘उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन’, उनले भनिन्, ‘माग पु¥याउन धौधौ भएको छ ।’

एक मात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले जानकारी दिइन् । उनका अनुसार गत असोजदेखि शुरुआत गरिएको फार्मबाट अहिले आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिकरुपमा सोचेअनुरुप आम्दानी हुने गरेको छ ।

श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालिका मनकुमारीले बताइन् ।

उनीहरु दुवैजना फार्ममै बस्छन्। बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिइन् । ‘उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन’, उनले भनिन्, ‘माग पु¥याउन धौधौ भएको छ ।’

उनले यस वर्ष झण्डै पाँच लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताइन् । ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । दर्ता गरेर कानूनीरुपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् ।

वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको जानकारी दिए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनको भनाइ छ ।

सामान्य घरायसी काममा दिन बिताउँदै आएका उनहरु फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके जागिर खानु पर्दोरहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमान् फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना रहेको छ ।

उनीले भनिन् ‘स्वदेशमा नै केही गर्न सकिन्छ ।’ फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरुको योजना छ । फार्म जिल्लाकै नमूना रहेको वडाध्यक्ष पुर्जाले बताए ।

यो पनि पढ्नुहोस् ।
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

‘ब्लु डायरी’ नाम सुन्नासाथ हामीलाई ‘ब्लु’ शब्दले पक्कै झस्काउँछ । किन कि नेपाली समाजमा ब्लु शब्दले पारेको प्रभाव त्यस्तै छ

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदन खुला गरेको छ । कोरोना महामारीका कारण विगत ६ महिनादेखि बन्द

कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहसँग भेट गरेका छन् । दुवैबीच एक घन्टा कुराकानी भएको थियो

पाल्पा ढाका कपडाले प्रसिद्ध जिल्ला हो । यहाँ आउने जो–कोहीले पनि ढाका कपडाबाट उत्पादित सामान कोसेलीका रुपमा अन्यत्र लैजाने गर्छन्