English

कृषि फार्म सञ्चालन गरेर मनग्य आम्दानी



पर्वतका दुई महिला गाउँमा नमूना कृषक बनेर उदाहरण बनेका छन्। जलजला गाउँपालिका– ९ बनौका यामकुमारी गर्बुजा र मनकुमारी पुर्जाले गाउँमै संयुक्त लगानी गरी एकीकृत फार्म सञ्चालनमा ल्याएका छन् । उनीहरुका श्रीमान् अहिले खाडी मुलुकमा छन् । उनहरुले गत असोज महिनादेखि गाउँमै रहेको खाली जग्गामा ‘बनौँ कृषि तथा पशुपक्षी फार्म’ सञ्चालनमा ल्याएका छन् । अहिले फर्मबाट प्रशस्त आम्दानी समेत हुन थालेको जनाइएको छ ।

२५ लाख रुपैयाँका लागतमा सञ्चालनमा ल्याइएको सो फर्ममा कुखुरा , बङ्गुरपालन फार्म र तरकारी खेती हुँदै आएको छ । फार्मको क्षमता बढाएर श्रीमान्लाई स्वदेश फर्काउने उनीहरुको योजना छ । अहिले फार्ममा एक हजार कुखुरा, झन्डै एक दर्जन बङ्गुर छन् भने तीन टनेलमा मौसमी तथा बेमौसमी तरकारी लगाइएको छ । बनौँमा विशेषगरी बेमौसमी तरकारी उत्पादन हुने गर्दछ । टमाटर, काउली, बन्दा, खुर्सानी, काँक्रो, घिरौँला, लौकालगायतका तरकारी उत्पादन गरेर बिक्री गर्दै आएका छन् । मगर समुदायको बाहुल्यता रहेको सो गाउँमा यस्ता खालका अन्य फार्म छैनन् ।

उनीहरु दुवैजना फार्ममै बस्छन्। बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिइन् । ‘उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन’, उनले भनिन्, ‘माग पु¥याउन धौधौ भएको छ ।’

एक मात्र फार्म भएकाले पनि यहाँ उत्पादन भएका अधिकांश उपज गाउँमै खपत हुने गरेको सञ्चालक यामकुमारीले जानकारी दिइन् । उनका अनुसार गत असोजदेखि शुरुआत गरिएको फार्मबाट अहिले आम्दानी हुन थालिसकेको छ । दैनिक २४ क्यारेट अण्डा उत्पादन हुन्छन् भने तरकारीबाट समेत मासिकरुपमा सोचेअनुरुप आम्दानी हुने गरेको छ ।

श्रीमान् लामो समयदेखि कतारको चर्को घाममा पसिना बगाए पनि सोचेजस्तो आम्दानी हुन नसकेपछि आफूहरुले गाउँमै ऋणधन गरेर कृषि फार्म सञ्चालन गरेको अर्की सञ्चालिका मनकुमारीले बताइन् ।

उनीहरु दुवैजना फार्ममै बस्छन्। बिहान सबेरै उठ्ने एक जनाले कुखुरालाई दाना दिने, अण्डा संगाल्ने, अर्कीले बङ्गुरलाई दानापानी र तरकारीबारीमा गएर गोडमेल गर्ने, उत्पादित तरकारी टिपेर बिक्री गर्ने दैनिकी बनेको छ । उनीहरुले फार्ममै कुटानीपिसानी मेशिनसमेत राखेका छन् । अन्नबाली कुटानीपिसानी गर्न आउनेले उत्पादित अण्डा र तरकारी किनेर लैजाने गरेको मनकुमारीले जानकारीदिइन् । ‘उत्पादन गर्नसक्यो भने बजारको समस्या छैन’, उनले भनिन्, ‘माग पु¥याउन धौधौ भएको छ ।’

उनले यस वर्ष झण्डै पाँच लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको बताइन् । ठूलो धनराशि लगानी गरेर फार्म शुरुआत गरे पनि अहिलेसम्म कतैबाट सहयोग नपाएको उनीहरुको गुनासो छ । दर्ता गरेर कानूनीरुपमा सञ्चालन गरिएको भए पनि गाउँपालिका, कृषि ज्ञान केन्द्र, प्रदेश कतैबाट पनि सहयोग नपाएको यामकुमारीले बताइन् ।

वडाध्यक्ष गौबहादुर पुर्जाले उनीहरुको कृषि फार्ममा अनुदानका लागि गाउँपालिकामा पहल भइरहेको जानकारी दिए । खोर निर्माण, प्लाष्टिक टनेल निर्माण र उत्पादनमा अनुदानका लागि पहल भइरहेको उनको भनाइ छ ।

सामान्य घरायसी काममा दिन बिताउँदै आएका उनहरु फार्मबाट प्रशस्त आम्दानी हुन थालेपछि फुरुङ्ग बनेका छन् । गर्न सके जागिर खानु पर्दोरहेनछ, यसैबाट पनि प्रशस्त आम्दानी गर्न सकिँदो रहेछ भन्ने लागेको छ उनीहरुले भन्छन् । उनीहरुले श्रीमान्लाई गाउँ फर्किन आग्रह गरिसकेको बताएका छन् । श्रीमान् फर्केपछि व्यवसायको आकार बढाएर फ्रेस हाउससमेत सञ्चालन गर्ने योजना रहेको छ ।

उनीले भनिन् ‘स्वदेशमा नै केही गर्न सकिन्छ ।’ फार्ममा गरेको लगानी उठेपछि भएको फाइदाले छोराछोरीलाई गुणस्तरीय विद्यालयमा पढाउने र रकम बचत गर्ने उनीहरुको योजना छ । फार्म जिल्लाकै नमूना रहेको वडाध्यक्ष पुर्जाले बताए ।

यो पनि पढ्नुहोस् ।
के–केमा पाइन्छ कृषि अनुदान, कसरी लिने ?
मोडल भिलेज : घरघरमा बाख्रा, दैलोदैलोमा तरकारी
तरकारी खेतीका लागि टनेल बनाउन के–के सामग्री आवश्यक पर्छ ? कति लाग्छ खर्च ?




Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालमा सुजुकी गाडीहरूको आधिकारिक वितरक, सिजी मोटोकर्पले आफ्नो बहुप्रतिक्षित पहिलो प्रिमियम ब्याट्री इलेक्ट्रिक भेहिकल (BEV), सुजुकी ई–भिटारा (Suzuki e–Vitara) को

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएकी स्रष्टा गीतकार रिमा श्रेष्ठले आफ्ना थुप्रै गीतहरू सार्वजनिक गर्दै आएकी छिन्। पेशाले आइटी इन्जिनियर

इटहरी/ चलचित्र पत्रकार संघ नेपाल, सुनसरी शाखाको अध्यक्षमा चलचित्र पत्रकार सुबास संकल्प श्रेष्ठ चयन भएका छन् । धरान-१५ स्थित होटल

काठमाडौं– काठमाडौंको स्थापितमध्येको एक शैक्षिक परामर्श केन्द्र ब्रेनब्रिज एजुकेसनले चार हप्ता लामो निःशुल्क करिअर काउन्सिलिङ सेसन सुरु गरेको छ ।

Latest










Popular
Suggested