English

कञ्चनपुरमा कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी



कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्वतयारी थालिएको छ । मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ । प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । ‘सीमा नाका भएर आउने व्यक्तिलाई हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ’, उनले भने, ‘स्थानीय तह र अन्य सङ्घसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थासमेत गरिएको छ ।’

कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ ।

त्रिनगर र गड्डाचौकी सीमा नाकामा एक/एक हजार अट्ने होल्डिङ सेन्टर केही दिनभित्रै पूरा हुने तयारीमा रहेको उनको भनाइ थियो । ‘महाकाली अस्पतालमा बालबालिकालाई लक्षित ५० शय्या थप्न लागिएको छ, यो दुई महिनाभित्र तयार हुन्छ’, प्रजिअ पाण्डेयले भने ‘ अस्पतालमै अक्सिजन प्लान्ट जडानका लागि प्रक्रिया शुरु भइसकेको छ ।’

खोप जारी
कोरोनाविरुद्धको खोप लगाउने कार्य जारी छ । स्वास्थ्य कार्यालयका खोप शाखा प्रमुख जनक कुँवरका अनुसार हालसम्म योे खोप ३५ प्रतिशतले लगाइसकेका छन् । पहिलो मात्राको खोप एक लाख १२ हजारले लगाएका छन् । ‘भदौ पहिलो साताभित्रै पहिलो खोपको मात्रा लगाएकालाई दोस्रो मात्रा लगाइसक्छौँ ’ उनले भने,। हालसम्म खोपको दोस्रो मात्रा लगाउने ७४ हजार छन् ।

‘जोन्सन एण्ड जोन्सन’ खोप २७ हजार चार सयलाई लगाइएको छ । स्वास्थ्य कार्यालयसँग १० हजार खोप भण्डारण गर्ने क्षमता छ । खोपको दोस्रो मात्रा लगाइसकेपछि बचेको सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी, प्राध्यापक र कर्मचारीलाई लगाउने कार्यालयको योजना छ ।

सक्रिय बिरामी
सक्रिय सङ्क्रमित १ सय २५ जना छन् । सङ्क्रमण देखिएका मध्ये १ सय २२ होम आइसोलेशन र तीनको आइसोलेशनमा उपचार भइरहेको छ । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लामा दैनिक १० देखि १५ जनासम्ममा कोरोना सङ्क्रमण देखिन थालेको छ । वैशाखदेखि हालसम्म जिल्लाका सात हजार ६१ जनाको पिसिआर जाँच गरिएकामा तीन हजार ८४२ मा सङ्क्रमण देखिएको थियो । तीमध्ये तीन हजार ६ सय ६ जना सङ्क्रमणमुक्त भएका छन् ।

यसैगरी ३० हजार ३ सय ५९ जनाको एन्टिजेन परीक्षण गरिएकामा दुई हजार ४ सय ६९ को नतिजा पोजेटिभ आएको थियो । कोरोनाको पहिलो र दोस्रो लहरमा गरी हालसम्म आठ हजार २ सय ३९ जनामा सङ्क्रमण देखापरेकामा सात हजार ९ सय ८ जना सङ्क्रमणमुक्त भएका र १ सय ८८ जनाको मृत्यु भएको छ ।

मास्क अभियान
समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लामा प्रहरी र स्थानीय तहका समन्वयमा कोरोना रोकथामका लागि नेपाल मास्क अभियान सञ्चालन गरिएको छ । जिल्लाका नौ वटै स्थानीय तहमा अभियान सञ्चालन भइरहेको छ । कोभिड– १९ सङ्क्रमणबाट उत्पन्न हुन सक्ने जोखिमलाई ध्यानमा राखी तोकिएको स्वास्थ्य मापदण्डको पूर्णपालना नगरी मास्क नलगाई हिँडडुल गर्ने सर्वसाधारण, सवारी चालक, सहचालक र यात्रुलाई सतर्क पार्न थालिएको छ ।

यो पनि पढ्नुहोस्
बालबालिकालाई तेस्रो लहरको संक्रमणबाट जोगाउन के छ सरकारको पूर्व तयारी ?

विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरी र निःशुल्क रुपमा मास्क वितरण अगाडि बढाइएको छ । आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्ने हेतुले अभियान प्रभावकारीरूपमा अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सिद्धराज न्यौपानेले बताए ।

प्रहरी नायब उपरीक्षक न्यौपानेका अनुसार आइतबार मास्क नलगाई सार्वजनिक स्थानमा आवतजावत गरी लापरवाही गर्ने व्यापारी र उपभोक्ता गरी ५६ जनालाई कोभिड– १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम कारवाही गरी सचेत गराइएको थियो ।

यो पनि पढ्नुहोस्
स्वास्थ्य मापदण्ड पालना नगरे एक महिनाभित्रै तेस्रो लहर आउने
नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?
स्वास्थ्य मापदण्ड पालना नगरे एक महिनाभित्रै तेस्रो लहर आउने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

नेपालगन्ज : १६ फागुन नेपालगन्जको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा रहेको वाटरपार्कमा १०४ किलो बढि फोहोर भेटिएको छ । बास नेपालले

काठमाडौँ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आफ्ना ग्राहकलाई सहज, छिटो र भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा विस्तारलाई निरन्तरता दिएको

काठमाडौँ : नेपालको शैक्षिक प्रतिस्पर्धाको इतिहासमा महत्वपूर्ण कदमका रूपमा ग्लोबल म्याथ डिबेट लिगको राष्ट्रिय च्याम्पियनसिप सफलतापूर्वक सम्पन्न भएको छ ।

काठमाडौः देशप्रेम केवल राष्ट्रिय झण्डा फहराउने, राष्ट्रिय गान गाउने वा विशेष दिनमा उत्साह व्यक्त गर्ने भावनामा मात्र सीमित हुँदैन ।

Latest










Popular
Suggested