English

यी हुन् नियमित सेक्स गर्नुका ८ फाइदा



हाम्रो समाजमा यौनबारे कुराकानी गर्न संकोच मानिन्छ । यद्यपि, सेक्सले सम्बन्ध मजबुत बनाउनदेखि शारीरिक तथा मानसिक रुपमा फूर्तिलो बनाउन धेरै हदसम्म सहयोग गर्छ । विभिन्न अध्ययनका अनुसार नियमित यौनसम्पकले उच्च रक्तचाप, कोलेस्ट्रोल, मुटुरोगको सम्भावनालाई कम गर्छ । साथै, मानसिक तनाबमा पनि कमी ल्याउँछ । जो व्यक्ति नियमित यौन सम्पर्क गर्छ ऊ बिरामी हुने सम्भावना निकै कम हुन्छ । त्यसैले यहाँ सेक्स गर्नुका ८ वटा फाइदाका बारेमा चर्चा गरिएको छ ।

फिट रहन

नियमित यौन सम्पर्कले आनन्द मात्र दिँदैन यसले शरीरमा बेला रक्तसञ्चार बढाएर शारीरिक रुपमै फिट रहन मद्धत गर्छ ।

इम्युन पावर बढाउँछ

पछिल्लो एक अनुसन्धानका अनुसार यौनसम्पर्क गर्नुपूर्व व्यायाम गर्नाले सकारात्मक प्रभाव पर्छ । त्यसका साथै ताजा र स्वस्थ–स्फुर्त महशुस हुन्छ । यौनसम्पर्कले इम्युन सिस्टमलाई बढाउने भएकाले रोग लाग्ने सम्भावना कम रहन्छ ।

हृदयघातबाट बचाउँछ

यौन सम्पर्क गर्दै गर्दा तपाईको हृदय सम्पूर्ण रुपले प्रफुल्ल भए सबै कोष–कोषमा रक्तसञ्चार हुने भएकाले यसले हृदयघातको सम्भावना कम गर्दछ । प्राप्त जानकारी अनुसार हप्तामा दुईपटक यौनसम्पर्क गर्नाले हृदयघातको सम्भावना निकै कम हुन्छ ।

उच्च रक्तचाप नियन्त्रण

यौन सम्पर्क र रक्तचापमा आपसी सम्बन्ध हुने गरेको पाइएको छ । यसले रक्तचापलाई सन्तुलनमा ल्याउन ठुलो भूमिका खेल्छ । नियमित यौनसम्पर्कले शरीरका सबै अंगलाई पूर्ण रुपमा चलाउने हुँदा यो एउटा राम्रो शारीरिक कसरत सावित हुन्छ ।

प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ

पुरुषले महिनामा २१ पटक यौनसम्पर्क गर्नु उपयुक्त मानिन्छ । जसले प्रोस्टेट क्यान्सरको सम्भावना कम गर्छ ।

दुखाई कम गर्छ

दुखाई कम गर्न हामी विभिन्न चक्की खाने गर्छौ तर अनुसन्धानले नियमित यौन सम्पर्कले पेन किलरको काम गर्ने समेत पाइएको छ ।

मानसिक तनाब कम गर्छ

यौन सम्पर्कका बेला चुम्बन गर्ने, अंगालो हाल्ने, शरीरका विभिन्न अंगमा छुने चलाउने गर्ने भएकाले सबैखाले मानसिक पीडा हट्छ ।

राम्रो निद्रा

यौन सम्पर्क गरेपछि प्रोलेक्टिन हार्मोन बढेर जान्छ र आरामको महसुस भइ गहिरो निद्रा आउँछ ।



...
Osvaldo

References: Petoskey casino References: https://www.giveawayoftheday.com/forums/profile/1658311

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्राको शक्तिशाली झलक विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई

नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा, कुनै पनि कृत्रिम दृष्य समावेश नगरी समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको वास्तविक यात्रा समेटेर निर्माण गरिएको

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

हङकङमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङ युथ फोरमको आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । “रक्तदान गरौं, जीवन बचाऔं”

Latest










Popular
Suggested