English

कोरोना अपडेटः एकैदिन ३२६० मा कोरोना, २२९४ जना निको



नेपालमा थप ३ हजार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४ सय ६२ वटा नमुना परीक्षण गरिएको मध्ये ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, २ हजार २ सय ९४ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण १० हजार २ सय १२ जनाले ज्यान गुमाएका छन् ।

देशभर ३८ हजार १ सय ८० सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, ७ सय ३७ जनाको आईसीयु र १ सय ८३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ हजार ३ सय ४२ जना संस्थागत आइसोलेसनमा छन् भने ३४ हजार ८ सय ३८ होम आइसोलेसनमा छन् ।

यो पनि पढ्नुहोस् ।
एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको
नेपालमा कोरोनाको तेस्रो लहर आउने आशंका ! के छ सरकारको तयारी ?
असोजसम्म थप १ करोड ५ लाख खोप आउने, असोजमै कोरोनाको तेस्रो लहर फैलिन सक्ने



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

काठमाडौं : नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस

काठमाडौँ — नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका सुस्मिता स्याङतान (Susmita Syangtan) ले नयाँ मौलिक सांगीतिक प्रस्तुति ‘थकालीको खाना (Thakaliko Khana)’

Latest










Popular
Suggested