English

एकैदिन ३४८१ मा कोरोना, १८८५ जना निको



नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६ सय ५६ वटा नमुना परीक्षण गरिएको मध्ये ३ हजार ४ सय ८१ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी, १ हजार ८ सय ८५ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३० जनाको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणका कारण १ हजार १ सय ८० जनाले ज्यान गुमाएका छन् ।

देशभर ३८ हजार ३३ सक्रिय संक्रमित रहेका छन् । जसमध्ये, ७ सय ९६ जनाको आईसीयु र १ सय ८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ हजार २ सय २० जना संस्थागत आइसोलेसनमा छन् भने ३४ हजार ८ सय १३ होम आइसोलेसनमा छन् ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,