English

सेक्स गर्नुअघि नखानुस् यी ५ खानेकुरा



जीवनशैलीमा खाना र पेय पदार्थको विशेष महत्व छ । कुनै खानेकुराले यौन जीवनमा सुधार ल्याउँछ । तर, त्यस्ता केही खानेकुरा छन् जो सेक्स गर्नुअघि खानु हुँदैन । जसले यौन जीवनमा नकारात्मक असर पुर्याउँछ । तिनै खान नहुने खानेकुराको बारेमा यहाँ चर्चा गरिएको छ ः

दुग्धजन्य उत्पादन

आजकल बजारमा उपलब्ध हुने डेरी उत्पादनहरु प्राकृतिक हुँदैनन् । डेरी उत्पादनहरुमा बोसोको प्रयोग भएको हुन्छ । जुन अत्याधिक मात्रामा उपभोग गर्दा एस्ट्रोजेन, प्रोजेस्टेरोन र टेस्टोस्टेरोन हर्मोनलाई असर पुग्छ र नतिजाको रूपमा सेक्सको आनन्द नष्ट भएर जान्छ ।

कफी

बिहानको कफीले मुड निर्माण गर्न मद्दत गर्दछ । तर, कफी को अत्यधिक सेवनले तनाव बढाउँन र हर्मोनको सन्तुलनलाई अनियन्त्रित गर्दछ । त्यसैले जीवनमा प्रेम र यौनको आनन्द लिन चाहनुहुन्छ, भने कफीको अत्याधिक सेवनबाट बच्नुहोस् ।

सोडा

यदि तपाई नियमित रूपमा सोडा र पेय पदार्थहरु को उपभोग गर्नुहुन्छ, भने यसले वजन बढ्ने, दाँत बिग्रने र मधुमेहको जोखिम बढाउँछ । यसकारणले, तपाईको यौन जीवनमा पनि नराम्रो असर पर्छ ।

पुदिना

पुदिनामा हुने मेन्थोलले यौन उत्तेजनालाई शान्त पार्छ । त्यसैले कुनबेला खाँदैछु भन्ने ख्याल गर्नुपर्छ ।

रक्सी

मानिसहरु सोच्छन् कि रक्सी पिउनाले तनावबाट राहत मिल्छ साथै शरीरलाई आराम हुन्छ । तर, निद्रा र यौन इच्छालाई घटाउँछ । साथै, रक्सी पिउँदा पुरुषहरुको सेक्स हार्मोनमा नराम्रो असर पर्छ । त्यसैले एक यौनसम्बन्ध स्थापित गर्नु अघि रक्सीबाट टाढा रहनुपर्छ ।



सम्बन्धित खबरहरु

क्रिकेटलाई भागबन्डा होइन, संरक्षण चाहिएको बेला हो यो । एनपिएलको उद्घाटन समारोहमा फ्लड लाइट बल्दै गर्दा पारस खड्काका आँखा रसाए।

हिन्दूहरुको दोस्रो महान पर्व तिहार । यस पर्वमा काग, कुकुर, गाई, गोरु र दाजुभाईको पूजा गरी पाँच दिन मनाइन्छ ।

दसैंको विषेश परिकार हो– मासु । दसैंमा मानिसहरुले मासुलाई नै बढी महत्व दिने गर्छन् । वर्षमा एकपटक आउने चाड हो

म्यानचेस्टर युनाइटेडप्रतिको प्रेमलाई संसारकै सर्वोच्च स्थानमा पुर्याउँदै, हङकङमा बसोबास गर्ने नेपाली समर्थक राज गुरुङले यसै वर्ष सगरमाथाको सफल आरोहण गरेका

Latest










Popular
Suggested