English

उपचार खर्च तिर्न नसक्दा झापाका ४ महिने शिशु भारतको अस्पतालमा बन्धक



उपचार खर्च तिर्न नसक्दा भारतको पश्चिम बङ्गाल सिलिगुडीस्थित पारामाउन्ट हस्पिटल (नर्सिङ होम)ले मेचीनगर नगरपालिका– १० खयरडाँगीका चार महिनाका शिशु सुहान चौधरीलाई बन्धक बनाएको छ । आन्द्रा दोब्रिएर बिरामी भएका चार महिनाका सुहान हाल हस्पिटलमा छन् भने उनलाई कुरेर बसेकी आमा शर्मिला चौधरी र बुबा सनम चौधरीलाई अस्पताल प्रशासनले पैसा खोज्न दबाब दिएर घर फर्काइदिएको छ ।

ऋण खोजेर थप रु एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताइन् । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ ।

शिशुलाई उपचारका लागि १५ साउनमा सिलिगुडीस्थित अस्पताल लगिएको बुबा सनमले बताए । हस्पिटलले उपचारमा भारु एक लाख लागेको बताएपछि चार दिनअघि शुल्क बुझाउन दबाब दिएको थियो । खोलामा ढुङ्गागिटी चालेर जसोतसो हातमुख जोड्दै आएका चौधरी परिवारसँग आर्थिक स्रोत नभएपछि स्थानीयवासीले चन्दा उठाएर दिएको रु ५४ हजार लगेर बुझाएको उनले जानकारी दिए । अरु रकम बुझाउन नसकेको भन्दै शिशुकी आमालाई हस्पिटलमा राखेर परिवारका अरु सदस्यलाई पैसा खोज्न पठाइएको थियो ।

ऋण खोजेर थप रु एक लाख १५ हजार शनिबार लगेर बुझाउँदा हस्पिटल प्रशासनले बिल बढेको भन्दै अरु भारु ५० हजार नल्याएसम्म बच्चा लैजान नदिने भनेको शिशुकी आमा शर्मिलाले बताइन् । हस्पिटलले शनिबार शिशुलाई मात्र हस्पिटलमा राखेर आमालाई समेत पैसा खोज्न नेपाल फर्काइदिएको छ ।

हाल शिशु हस्पिटलमा एक्लै छन् । ‘अहिले हस्पिटलमा चार महिनाको छोरा कसरी एक्लै आमा बेगर बसिरहेको होला ? शुरुमा एक लाख भारु ल्याउनु भन्यो, दुईपटक गरेर बुझाएकै थियौँं’, आमा शर्मिला रुँदै भन्छिन्, ‘फेरि भारु ५० हजार ल्याउनु भन्छ, कहाँबाट ल्याउनु, मेरो छोरालाई ल्याउन सहयोग गरिदिनुहोस् ।’

कोरोना महामारीले झापामा निषेधाज्ञा जारी भएका कारण चन्दा उठाउने अभियान सञ्चालन गर्न नसकिएको जनाउँदै चौधरी परिवारका छिमेकी युवा विपी भट्टराईले छरछिमेकीसँग हारगुहार गरेर रु ५४ हजार चन्दा सङ्कलन गरिएको बताए ।

‘स्थानीय निन्दा खोलामा ढुङ्गागिटी चालेर परिवार पाल्दै आएको चौधरी परिवारसँग हस्पिटलको बिल भुक्तानी गर्ने आर्थिक क्षमता छैन’, उनले भने, ‘बच्चा नै बन्धक राखेर आमाबुबालाई घर पठाइदिएर हस्पिटलले गरेको अमानवीय हर्कतले चिन्तित तुल्याएको छ ।’

प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताइन् ।

चार महिनाको शिशुलाई पेट फुल्ने समस्या देखा परेपछि सुरुमा मेचीनगरकै शिखर हस्पिटल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि विर्तामोडको अञ्जली हस्पिटल पु¥याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।

प्रतिष्ठानका चिकित्सकले आन्द्रा दोब्रिएर पेट फुलेको जनाउँदै तुरुन्त शल्यक्रिया गर्नुपर्ने बताएका थिए । त्यसबेला धरानमा चिकित्सकको आन्दोलन चर्किरहेको हुँदा त्यहाँबाट अन्यत्र लैजान भनिएको शिशुकी आमा शर्मिलाले बताइन् ।

नेपालका अस्पताल डुलाउँदा डुलाउँदै बच्चाको स्वास्थ्य अवस्था नाजुक भएपछि बाध्य भएर भारतको सिलिगुडी पु¥याउनु परेको उनले जानकारी दिइन् । ‘नेपालका अस्पताल डुलाउँदा डुलाउँदै घरको र ऋण खोेजेको पैसा सिद्धियो,’ शर्मिलाले भनिन्, ‘सिलिगुडीको अस्पतालमा भारु एक लाख तिरिसकेका छौं, अझै भारु ५० हजार ल्याऊ भन्छ, मेरो बच्चा अस्पतालमै बन्धक राखेर मलाई घर पठाइदियो, अब म के गरुँ ?’



सम्बन्धित खबरहरु

काठमाडौँ — गायिका उर्मिला लाम्गादेको म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’सार्वजनिक भएको छ। उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको

काठमाडौं, २९ मंसिर : नेपालकै पहिलो डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा ‘लाखौँ लाख

काठमाडौं : विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नेपालभर उत्कृष्ट ग्राहक सेवा र सहज पहुँच विस्तार गर्ने उद्देश्यसहित हेटौँडा, दमौली र बिर्तामोडमा

नेपाल सरकारले सोमबार चितवन राष्ट्रिय निकुञ्जमा आयोजित उद्घाटन समारोहमार्फत पाँचौ राष्ट्रिय बाघ सर्वेक्षण औपचारिक रूपमा सुरु गरेको छ। सर्वेक्षण चितवन–पर्सा

Latest










Popular
Suggested