‘ड्रेस सेन्स’ भएका ६ नेपाली नायक
सेलिब्रेटी तब बनिन्छ जब उनीहरुले लगाएको, हिँडेको, बोलेको वा उनीहरुले गरेको कुनै पनि स्टाईलहरुलाई फ्यानले कपी गर्न थाल्छन् । आम मानिसहरुलाई धेरै किसिमका सेलिब्रेटीहरुले प्रभाव पारिरहेका हुन्छन् । जसमा बिशेषतः अभिनय क्षेत्रका सेलिब्रेटीहरुको बढी नै बाहुल्यता हुने गरेको देखिन्छ ।

आफ्नो प्रभाव छोड्न नेपालमा अभिनय क्षेत्रमा लागेका धेरै कलाकारहरुले आफूलाई स्टाईल र ड्रेसअपका कारण सेलिब्रेटी नै बनाईरहेका छन् । उनीहरु आफ्नो क्रेजमा कुनै किसिमको कमी नहोस् भनेर चनाखो पनि भइरहेका हुन्छन् । तर पनि ड्रेस सेन्स वा स्टाईलको कारण सेलिब्रेटीहरु गसिपको पात्र पनि बन्ने गरेका छन् ।
फेसन डिजाईनिङको क्षेत्रमा नेपालका चर्चित फेसन डिजाइनर तेन्जिङ छेतेन भुटियाले नेपालमा ड्रेस सेन्स भएका केही नायकहरुको वारेमा बताउनु भयो ।
‘ड्रेस सेन्स’ को प्रसंग निकाल्दा नेपालको सिने क्षेत्रका नायकहरू को को छन् त ? भन्ने नै हुन्छ । सवैभन्दा पहिला कुरा कोट्यायौँ, महानायक राजेश हमालको ।
राजेश हमाल

महानायक राजेश हमाल चलचित्र क्षेत्रमा प्रवेश गर्दादेखि आजसम्म उत्तिकै चर्चामा छन् । हम्मेसी विवादमा नपर्ने र बौद्धिक नायकको छवि बनाएका हमाल खासगरी ‘क्याजुअल ड्रेस’ लगाउन मन पराउँछन् । धेरैजसो उनी जिन्स पाइन्टमा देखिन्छन् ।
फेसन डिजाइनर तेन्जिङ्ग छेतेन भुटियाका अनुसार हमाल राम्रो ‘ड्रेस सेन्स’ भएका अभिनेताबीचमा पनि नम्बर एकमा नै पर्छन् । किनकी उनी आफ्नो उमेर र व्यक्तित्व अनुसारको ‘ड्रेस अप’ गर्छन् । अग्लो कद र ‘मेन्टेन’ गरेको खाइलाग्दो शरीर भएका हमाललाई जस्तो पनि पहिरन सुहाउँछ ।
अनमोल केसी

खासगरी नेपाली फिल्मका युवा दर्शकमाझ रुचाइएका छन् अभिनेता अनमोल केसी । अत्याधिक ‘क्रेजी’ फ्यान’ हुने नेपाली अभिनेतामा पर्छन् उनी । उनी आफ्नो उमेर अनुसारको ‘ड्रेसअप’ गर्न रुचाउँछन् । कलर र डिजाईनमा अनमोलको राम्रो ‘सेन्स’ छ, भन्छन् तेन्जिङ्ग छेतेन भुटिया । अनमोल नयाँ–नयाँ ड्रेसहरू ट्रायल गर्न हिच्किचाउँदैनन् । ‘ड्रेसअप’ गर्दा व्यक्तित्व कसरी उठाउने भन्ने हेक्का राख्छन् उनी । यिनै कारणहरूले अनमोल राम्रो ‘ड्रेस सेन्स्’ भएका अभिनेतामा दरिएका छन् । भुटियाका अनुसार महानायक राजेश हमालपछि अनमोल नै राम्रो ‘ड्रेस सेन्स्’ भएका नायक हुन् ।
प्रदिप खड्का

हेन्डसम अभिनेता प्रदिप खड्का पनि युवापुस्ता माझ प्रिय छन् । उनी फेसनेवल नायक हुन् भन्दा फरक पर्दैन । यी चकलेटी नायकलाई विभिन्न लुगाका ‘ब्राण्ड’ले ‘ब्राण्ड एम्बासडर’ समेत बनाएका छन् । उनी आफैंमा फेसनमा सचेत देखिन्छन् । खासगरी फिल्ममा उनी आफ्नो ‘क्यारेक्टर’ अनुसारको ‘ड्रेसअप’मा सुहाउँदो देखिन्छन् ।
आकाश श्रेष्ठ

अभिनेता आकाश श्रेष्ठको ‘ड्रेस सेन्स’को कुरा गर्दा अब्बल नै लाग्छन् । मोडलिङ गर्दै अभिनेता भएका कारण कुन इभेन्टमा कस्तो किसिमको ड्रेस अप गर्ने भन्ने उनमा सेन्स राम्रो छ । उनले आफ्नो जिउ सुहाउँदो डिजाईन र कलर छान्छन् ।
नाजिर हुसेन

म्यूजिक भिडियोमा चर्चा कमाएपछि चलचित्रमा प्रवेश गरेका हुन् अभिनेता नाजिर हुसेन । चलचित्र र म्युजिक भिडियोमार्फत मूल्याङ्कन गर्दा उनको ड्रेस सेन्स् राम्रो देखिन्छ । त्यसैगरी सार्वजनिक कार्यक्रमहरूमा उपस्थित हुँदाको बखत भने झनै राम्रोसँग जाँच्न सकिन्छ । यी सवै हिसावमा नाजिर ड्रेस अपमा अरु कलाकारभन्दा माथि लाग्छन् । उनीपनि आफ्नो ज्यान र समय अनुसारको ‘ड्रेसअप’ गर्न राम्रोसँग जान्दछन् ।
पल शाह

चर्चित अभिनेता पल शाहको कपाल लामो भएकाले उनको लुक्स रफ–टप छ । तर पलले ड्रेस अप गर्दा प्रायः सबै राम्रो नै देखिन्छ । अर्थात जस्तो किसिमको ड्रेस लगाएपनि पललाई सुहाउँछ । तर पनि उनमा ड्रेस अप सेन्स छ ।









mostbet_zlpi
Беттеры, отзовитесь кто откуда. Вечно то лаги на сайте в самый ответственный момент, Денег слил на всяком говне и нечестных букмекерах пока чисто случайно не наткнулся на сервис, который работает стабильно и честно, начиная от удобного интерфейса и заканчивая официальной лицензией. Вывод честно заработанных денег занимает буквально 5 минут, Кому тоже актуально найти проверенное место для игры, там расписаны все технические подробности онлайн билет футбол онлайн билет футбол Не ведитесь на дешевые лохотроны из рекламы, обязательно перешлите этот пост тому, кто тоже сейчас ищет нормальную контору!