यसरी गर्नुस बोलेरै नेपालीमा टाईप



आज हामी हाम्रो कम्प्युटर अथवा ल्यापटपमा कुनैपनि सफ्टवेयर या एपको प्रयोग नगरी भ्वाइस अथवा बोल्दै नेपालीमा कसरी टाईपगर्ने भन्ने कुराको जानकारी गराउदैं छौं ।
यसकोलागि सबैभन्दा पहिले तपाईंले आफ्नो कम्प्युटर अथवा ल्यापटपमा गूगल क्रोम (Google Chrome) डाउनलोड गर्नुपर्ने हुन्छ । यदि तपाईंको कम्प्युटरमा google chrome छैन भने तपाईंले google बाट गूगल क्रोम डाउनलोड गर्न सक्नुहुन । यदि तपाइँले गूगल क्रोम डाउनलोड गर्न सक्नु भएन भने तपाईंले google.com/chrome मा गएर गूगल क्रोम डाउनलोड गर्न सक्नुहुन्छ ।

अब, google chrome open गरेर त्यसको address bar मा docs.google.com टाइपगरि इन्टर गर्नुहोस् । त्यसपछी तपाईंले निम्न स्क्रिन देख्नु हुनेछ ।

यसपछि Blank मा क्लिक गर्नुपर्ने हुन्छ । Blank मा क्लिक गरि सकेपछि हामीले अर्को option देख्नेछौ जसमा हामीले toolsमा गएर click गर्नुपर्ने हुन्छ । Tools मा क्लिक गरिसकेपछि हामीले voice typing भन्ने अप्सन देख्नेछौं ।
Voice typing मा क्लिक गरिसकेपछि हामीले एउटा बक्स देख्नेछौं जसमा English(UK) लेखिएको देख्नेछौं । अब त्यसको drop-down menu मा क्लिक गरेर नेपाली भाषा रोज्नुपर्ने हुन्छ । यति गरिसकेपछि अब हामीले जे बोल्छौ ती सबै बोलेका कुराहरु नेपालीमा टाईप हुँदैजान्छ । कृपया नोट गर्नुहोला ( स्पष्ट रुपमा लेख्नका लागि तपाईंले राम्रो क्वालिटीको माइक्रोफोनको प्रयोग गर्दा उपयुक्त हुन्छ । यसरी यो तरिकाले टाइप गर्दा तपाईंको समयको बचत हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनको सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले ‘होण्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३’ सम्पन्न गरेको छ

‘सुन्दरताको भण्डार साराके खनाया यसै रारामारारा की अप्सरा ! –महेन्द्र शाह ।’ बिहान कालो, दिउँसो नीलो र साँझ सप्तरङ्गी रूप

धेरै पटक यस्तो हुन्छ कि पर्याप्त निन्द्रा नहुँदा पनि बिहान उठ्दा आँखा सुन्निने र थकित रहन्छ । यस्तो अवस्थामा तत्काल

होली प्रेम र रङ्गहरूको पर्व हो । फाल्गुन महिना लाग्ने बित्तिकै यसको प्रभाव गाउँ होस् वा सहरमा देखिन थालेको छ