English

४ हजार ५ सय पर्यटक गाइड बेरोजगार : दैनिकी चलाउनै धौ–धौ



कोरोना महामारीले करिव डेढ वर्षदेखि सबै क्षेत्र प्रभावित छन् । पर्यटन क्षेत्र पनि यसबाट अछुतो हुने कुरै भएन । नेपालको कुल गार्हस्थ उत्पादन (जिडिपी) मा २ दशमलब ६ प्रतिशत पर्यटन क्षेत्रले योगदान पुर्याएको रेकर्ड छ ।

त्यसो त यस क्षेत्रमा पर्यटक गाइडहरुको पनि महत्वपूर्ण योगदान छ । तर, कोरोना महामारीपछि देशभरका ४ हजार ५ सय जना गाइड बेरोजगार भएको टुरिष्ट गाइड एसोसिएशन नेपाल (टुरगन) का कार्यकारी सचिव युवराज पण्डित बताउँछन् । ‘बेरोजगार हुनु भएका गाइडहरु गाउँघरमा फर्केर खेतीमा, सानोतिनो लगानी गरेर व्यवसायमा र अलिअलि पुँजी भएकाहरुले सेयर बजारमा लगानी गरेर परिवार पाल्नु भएको छ,’ पण्डित भन्छन्, ‘यसरी १७ प्रतिशतले पर्यटन व्यवसाय छोडिसकेका छन् ।’

कोरोना महामारीपछि पर्यटक गाइडले २ वर्ष काम गर्न पाएका छैनन् । यसरी वर्षदिन काम नगरी दैनिकी चलाउन एकदमै समस्या परेकोे २२ वर्षदेखि विदेशी पर्यटकलाई गाइड गर्दै आएका सरोज नेपाल बताउँछन् ।

पर्यटक गाइडहरुका लागि सरकारले केही नगरेको र एसोसिएसनले सरकारसँग पहल गर्नु पर्ने गुनासो आउँछ । तर, सरकारसँग गाइडको प्रमाणपत्र राखेर वा अन्य कुनै धितो राखेर सहुलियतपूर्ण ऋण उपलब्ध गराउन माग एसोसिएसनले गरे पनि सरकारले कुनै चासो नदिएको पण्डितले जनाए ।

भरिया र पर्यटक गाइडको अवस्था उस्तै

कोरोना महामारीपछि पर्यटक गाइडले २ वर्ष काम गर्न पाएका छैनन् । यसरी वर्षदिन काम नगरी दैनिकी चलाउन एकदमै समस्या परेकोे २२ वर्षदेखि विदेशी पर्यटकलाई गाइड गर्दै आएका सरोज नेपाल बताउँछन् ।

कुनै पनि परिस्थितिमा यो व्यवसाय संकटमा नपरेको तर कोरोना महामारीले पुरै तहस–नहस गरेको छ । ‘टुरिजममा लागेको भन्दा लाज लाग्ने बेला आएको छ, किनकी पहिला काम गर्दा दिनको २० देखी ३० डलर खल्तीमा हुन्थ्यो ।’ नेपाल भन्छन्, ‘भरिया र पर्यटक गाइडको परिस्थिति अहिले उस्तै पाएँ ।’ पर्यटन क्षेत्रसँग सम्बन्धित निकायले गाइड भएरै जीवन चलाउनेहरुलाई कुनै चासो नदिएको नेपालको गुनासो छ । ‘यस क्षेत्रमा राम्रो कमाइ गरेकाहरु पनि अहिले जिरो भएका छन् ।’ नेपाल भन्छन्, ‘परिस्थिति राम्रो भए पनि यस पेशामा फर्किन २ देखि ४ वर्षसम्म लाग्न लाग्छ ।’

विभिन्न देशका पर्यटकलाई देशभर घुमाउने युवाहरु आज बेरोजगार भएर घरमै बस्न बाध्य छन् । कतिको त परिवारको रोजीरोटी नै खोसियो भने कति यो पेसा छोड्न बाध्य छन् । वर्षांैदेखि यही पेसामा लागेर बचत गरिएको रकम पनि छोरा–छोरी पढाएर, कोठा भाडा तिरेर, दैनिकी चलाएर सकिएको छ । वर्षौंदेखि यस क्षेत्रमा लागेको नेपालको परिस्थिति दयनिय छ भने अरु गाइडको अवस्था के होला ? ‘दाई, काठमाडौँ आएर कोठा भाडा तिर्ने, खाने, बस्ने अबस्था पनि छैन ।’ भन्दै जुम्ला, हुम्ला र कर्णालीका गाइडले नेपाललाई फोनमा पीडा सुनाउँने गरेको बताउँछन् ।

विगत १५ वर्षदेखि पर्यटक गाइडको काम गर्दै आएका रामहरी तिम्सिनालाई पनि आर्थिक समस्या नभएको होइन । तर, साथीभाईसँग ऋण गरेर दैनिकी गुजारा गरेका छन् । तिम्सिना पनि नेपालको जस्तै सहज परिस्थिति कै पखाईमा छन् ।

अलमलमा पर्यटक गाइड

वर्षांैदेखि यही पेसामा संलग्न नेपाल अन्य पेसा जिरोबाट सुरु गर्नुपर्ने भएकाले आउने दिनमा यही पेसालाई निरन्तरता दिने सोचमा छन् । जसका लागि धर्म संस्कृतिबारे अध्ययन गर्दै दिन बिताएका छन् । तर, कहिलेसम्म यो परिस्थिति सामान्य हुन्छ त्यो टुंगो नलागेर चिन्तित छन् । ‘अरु पेसामा जाने सोचेको छैन । तर, बाँच्ने आधार नै भएन भने के गर्ने ? जानै पर्ने हुन्छ ।’ नेपाल भन्छन्, ‘म जस्तो धेरै साथीहरु के गर्ने, अलमलमा नै हुनुहुन्छ, कोही–कोही साथीले मासु पसल खोलेका छन् ।’ सरकारले गाइडका लागि जग्गाको प्रमाणपत्र, मोटरसाइल वा कुनै भौतिक सम्पत्ति राखेर सहुलियत कर्जा उपलब्ध गराउनु पर्ने नेपालको माग छ ।

पर्ख र हेरको अवस्था

विगत १५ वर्षदेखि पर्यटक गाइडको काम गर्दै आएका रामहरी तिम्सिनालाई पनि आर्थिक समस्या नभएको होइन । तर, साथीभाईसँग ऋण गरेर दैनिकी गुजारा गरेका छन् । तिम्सिना पनि नेपालको जस्तै सहज परिस्थिति कै पखाईमा छन् । ‘पर्यटक गाइड पेसालाई मैले लामो समयको लागि रोजेकोले छोटो समयमा अरु पेसा गर्न समस्या नै पर्छ ।’ तिम्सिना भन्छन् ‘अब पर्खेर हेर्न बाहेक केही उपाय छैन ।’
सरकारले ट्राभल प्रोटोकल ल्याउनुपर्ने, प्रत्येक नेपालीलाई कोरोना खोप लगाएर क्वारेन्टिन बस्न नपर्ने व्यवस्था गर्नुुपर्ने र अन्तर्राष्ट्रिय स्तरमा हवाईमार्ग खोल्नु पर्ने उनको भनाई छ ।

नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन क्षेत्रमा १० लाख जनशक्ति निर्भर रहेको आँकडा छ । हालको अवस्थामा ७ लाख बेरोजगार छन् भने ३ लाख जनशक्तिले काम पाएका छन् ।

यसैगरी धादिङका रविन्द्र अधिकारी २२ वर्षदेखि पर्यटक गाइड भएर काम गर्दै आएका छन् । नयाँबजारस्थित आइ टुर नेपालमा कार्यरत अधिकारीका लागि यो पेशा पार्ट टाइम मात्र भएकाले कुनै समस्या नभएको बताउँछन् । ‘म जस्तो अल्टरनेटिभ अप्सन नभएका साथीहरुलाई आर्थिक समस्या नै छ’ अधिकारी भन्छन्, ‘सरकारले आन्तरिक र भारतबाट आउने पर्यटकलाई व्यवस्थित गर्नुपर्छ ।’

नेपाल बाहिरबाट आउने पर्यटकले अनिवार्य रुपमा भाइरसको खोप लगाएका हुन्छन् । र, तिनीहरुलाई नेपाल आउन व्यवस्था गर्नुपर्ने अधिकारीको माग छ । उनी भन्छन् ‘पर्यटक आएर कोरोना सर्दैन । किनकी उनीहरु ट्रेकिङ गर्ने ठाउँमा आइसोलेटेड् भएर नै बसेको हुन्छ ।’

पर्यटन क्षेत्रमा ८० प्रतिशत बेरोजगार बढ्यो

नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन क्षेत्रमा १० लाख जनशक्ति निर्भर रहेको आँकडा छ । हालको अवस्थामा ७ लाख बेरोजगार छन् भने ३ लाख जनशक्तिले काम पाएका छन् । यसरी हेर्दा कोरोना महामारीमा पर्यटन क्षेत्रमा प्रत्यक्ष संलग्न भएकाहरु ८० प्रतिशत बेरोजगार छन् । महामारीमा यस क्षेत्रमा ठप्प हुँदा मासिक १० अर्ब रुपैंयाँका बराबारको क्षति हुने नेपाल पर्यटन बोर्डको आँकलन छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

राइज मिडियाका प्रमोटर सुनिल गुरुङलाई पितृशोक परेको छ । उनका बुबा पोखरेली समाजसेवी बिल बहादुर गुरुङको उपचारकै क्रममा मंगलबार राती

उत्तरमा चुरेपहाड, दक्षिणमा तराईको समथर फाँट । पूर्वमा बबई नदी पश्चिममा बग्ने सङ्लो कर्णालीको चिसो पानी । र बीचमा हरियाली