English

४१ महिने प्रधानमन्त्री ओलीका २१ टुक्का



४१ महिना प्रधानमन्त्री पद सम्हालेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वोच्च अदालतको फैसलापछि पदमुक्त भए । झापा विद्रोह हुँदै वामपन्थी राजनीतिमा तीन दशकदेखि सक्रिय ओली प्रखर वक्ताको रुपमा चिनिन्छन् । रोचक उखान टुक्कामार्फत राजनीतिक व्यंग्य र कटाक्ष प्रस्तुत गर्ने ओली सोही कारण पनि चर्चामा रहे । प्रस्तुत छ, ४१ महिने प्रधानमन्त्रीत्व कालमा उनले बोलेका २१ चर्चित उखान, टुक्का र व्यंग्य ।

– कोरोना भनेको सामान्य रुघाखोकी जस्तो हो, हाँच्छिउ– हाँच्छिउ गर्नुपर्छ, तातो पानी खानुपर्छ, उडाइदिनुपर्छ ।

– दुई–चार वटा डल्ला फ्याँक्न पाएको थियो सन्दिप चम्कियो, चान्स पायोकि नेपालीले गर्छ, नेपाली होनि ।

– एकजना माननीयजीले मलाई सोध्नु भएको थियो, प्रधानमन्त्री ज्यू लाज लाग्दैन ? भनेर, यति असभ्य बोल्ने साथीहरु देख्दा किन लाज नलाग्नु ।

– आफ्नो खुट्टामा पास दिनुपर्ने खेलाडीले विरोधीको खुट्टामा पास दिन्छ, आफू गोल रक्षक हुनुपर्ने ठाउँमा पोष्ट खाली गरिदिन्छ । पोष्टमा कोही बस्यो भने त्यसलाई लखेट्न खोज्छ ।

– सुन्तला खानु छ भने सुन्तला घारी पो जानु पर्छ सल्लाघारी जाने !

– १२–१५ जना त रत्नपार्कमा सीसीमा औषधि बेच्नेले पनि जम्मा गर्छ ।

– उहाँहरुले बहुमत छ भन्नु भयो, गफै त हो सम्धी ।

– हामी यता छौँ हैन अब म यता छु भन्नूस् । आउनूस् । हामी फेरि यतै छौँ भन्नूस् ।

– पहिला नेपालको प्रधानमन्त्रीको बाहिरी देशमा चर्चा थिएन तर अहिले नेपालको प्रधानमन्त्री को हो ? भनेर भारतका हरेक व्यक्तिलाई सोध्नुस् नाम कण्ठ छ ।

– मैले दुईवटा केटाकेटीले खेलेको देखें एउटाले राम्रो गुडिया बोकेर आयो । अर्कोले ओहो कति राम्रो है तिम्रो खेलौना, एकछिन मलाई हेर्न देउ न भन्यो उसले सोझो हिसाबले दियो । दुबैजना मिलेर खेलेपछि एक छिनमा उसैले लियो । एकछिन पछि यो त मेरै हो भन्यो, त्यो त प्रचण्डको डुप्लिकेट रहेछ ।

– भेट्नो कुहिएर झरेका दुई–चार वटा फलले रुखै मेरो हो भनेर दाबी गर्ने ?

– प्रचारप्रसार पन्चेबाजा बजाएर गरिन्छ, क–कस्को टाउको दुख्छ दुखोस् ।

– सडकमा हिड्नेले ज–जस्ले जे भन्छन् सरकारले त्यही–त्यही गरेर हिँड्दैन ।

– खेल मैदानमा खेलाडीहरु खेलिरहेका हुन्छन्, छेउबाट केटाकेटी सिकिरहेका हुन्छन्, हाम्रो सिक्ने बेला होइन गोल हान्ने बेला हो ।

– मेस्सीले खेल्दै गर्दा भकुण्डो कस्तो हुन्छ म पनि हानी हेर्छु भनेर राजनीति चल्दैन ।

– मैले मेरा मित्रको च्यातिएको मन अरुणा लामाको गीतले भने झैं धेरै पल्ट सिउने कोसिस गरें । एकल र सामूहिक रुपमा पनि कहिले साँझ, कहिले अलिक
अबेलासम्म, कहिले रात, कहिले बिहान, कहिले दिन मन टुन्ने काममा बिताएँ तर, भयो के भने आज टुनेर पठायो भोलि बिहान आउँदा अर्का पट्टी फाटेको छ । फेरि टुनेर पठायो अर्को दिन आउँदा अर्को पट्टी फाटेको छ ।

– एकेडेमीको डबलीमा जो भेट्यो त्यही । ए भाई मन्त्री, प्रधानमन्त्री भइदेऊ न होऔ । शेरबहादुर जीलाई भेट्यो, दाइ प्रधानमन्त्री भइदिनुप¥यो । महन्थजीलाई भेट्यो ए दाइ प्रधानमन्त्री भइदिनुप¥यो । किन भन्दा कम्युनिस्ट सरकार ढाल्नुप¥यो क्या त्यसकारण शेरबहादुर भइदिनुप¥यो ।

– केही मेरा भाईहरूले लड्डु खाएछन्, मुख मिठ्याएछन् । के पाउँछन् त्यसो गरेर ?

– प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् ।

– एकथरी मान्छे आफूले प्रधानमन्त्री नपाएपछि प्रतिगमन भन्दै आँगनमा निस्किएर कराउन थालेका छन्

– माधव नेपाल भन्ने एकजना मान्छे छ रे, म चिन्दिनँ



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

सलाम तिमीलाई तमाम शिशिरहरुसधैँ मुटु उनिरहने प्रिय झिरहरुयो घाउ नि सहुँला पुरानो त भर्न देउधन्यवाद जिन्दगी चियर्स मेरा पिरहरु मुक्तककार

हिमाली जिल्ला डोल्पामा १ सय २० हिउँचितुवा भेटिएको छ । डिभिजन वन कार्यालय डोल्पाले शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा ९० र

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड बाहकले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने भएका छन् । ग्लोबल आइएमई बैंक लिमिटेडले

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,