English

यी हुन् मान्छे बेहोस हुनुका कारण, कसरी बच्ने ? (भिडियोसहित)



मानिसको होस सबै मस्तिष्कले नियन्त्रणमा राखेको हुन्छ । जसमा कुनै उत्तारचढाव आउँदा कहिलेकहीँ होस हराउन सक्छ । जसलाई हामीले बेहोस भन्छौं । यो विभिन्न कारणले हुन सक्छ । त्यसैले मान्छे किन बेहास हुन्छ ? यसका कारणहरु के के हुन् ? र, यसबाट कसरी बच्न सकिन्छ ? भन्ने बारे महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टरका वरिष्ठ न्युरोलोजिस्ट डा. लेखजंग थापाको सुझाव यस्तो छ :

बेहास हुनुका कारण :

– स्ट्रोक

– मिर्गी

– अत्याधिक धुम्रपान मद्यपान

– मेनिन्जाइटिस

– छारे रोग

– मृगौलामा समस्या

– अनावश्यक औषधिको प्रयोग

लक्षण :

बेहोस हुँदा कसैमा संकेत देखिन्छ भने कोहीमा नदेखिन पनि सक्छ । यदि छारे हो भने पहिला हात खुट्टा झमझमाउँछ । अर्को मृर्गाैलामा समस्या छ भने पनि मान्छेहरु बेहोस हुन्छन् । मृगौलाको काम भनेको त विकार तत्वलाई छान्ने हो । त्यसैले यसले राम्रोसँग काम गर्न नसक्दा मान्छेहरु लरबराउने, अलमलाउने, बेसुरे भएर बेहोस हुन्छन् । साथै, स्ट्रोक अर्थात प्यारालाइसिसका कारण बेहोस हुन्छन् यस्तो हुँदा हातखुट्टा कमजोर हुने लक्षण देखिन्छ ।

बच्ने उपाय

– सन्तुलित आहार खाने ।

– तनाव नलिने

– धुम्रपान, मद्यपान नगर्ने

– चिल्लो खानेकुरा नखाने

– नियमित व्यायाम गर्ने

– मधुमेह, उच्च रक्तचाप लगायतका दिर्घरोगीले नियमित औषधि सेवन नगर्ने ।

डा. के भन्नुहुुन्छ ? भिडियोमा हेर्नुहोस्



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested