English

‘लेहंगा र साडी डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन’



नेपाली फेसन बजारको चर्चित नाम हो– तृष्णा गुरुङ । विगत १२ वर्ष यता फेसन डिजाइनिङ क्षेत्रमा सक्रिय रहेकी गुरुङ क्रियटिभ डिजाइनरको रुपमा चिनिन्छिन् । उनी यतिबेला युवापुस्ताको रोजाइमा पर्ने फेशन डिजाइनर हुन् । नेपाली फेसन बजारमा टीजी क्लोथिङ ब्राण्ड ल्याउने तयारीमा रहेकी गुरुङसँग मेरोलाइफस्टाइलकर्मी सुमित्रा लुईंटेलले गरेको कुराकानी :

नेपालमा फेसनको अवस्था कस्तो छ ?

नेपालमा डिजाइन गरिएको कपडा लगाउने चलन भित्रिएको लामोसमय भएको छैन । तर, छोटो समयमै धेरै लोकप्रियता पाएको छ । अहिले फेसन डिजाइनरहरुको लागि पनि धेरै अवसरहरु सिर्जना भएका छन् । नेपाली डिजाइनरले डिजाइन गरेका कपडाहरुले विदेशी बजारमा समेत लोकप्रिय हुँदै गएका छन् । त्यसैले नेपालको फेसन बजार राम्रो छ ।

नेपालीहरु फेसनप्रति कत्तिको सचेत छन् ?

केही समय अघि सम्म नेपालीहरुमा फेसन सम्बन्धि ज्ञान त्यति धेरै थिएन । तर, अहिले नेपालीहरु एकदमै फेसन कन्सस भएका छन् । त्यसमा पनि यूवापुस्ता अझै धेरै छन् । जसले नेपाली फेसन बजारलाई उकालो लगाउन सहयोग गरेको छ ।

तपाईंलाई चाहिँ फेसन डिजाइनप्रतिको रुची कसरी बढ्यो ?

सानै उमेरदेखि मलाई फेसन डिजाइन प्रति रूची थियो । चलचित्र तथा म्युजिक भिडियो हेर्दा त्यसको कथावस्तु भन्दा पनि मोडल तथा नायक नायिकाको कपडातिर मेरो ध्यान बढी जान्थ्यो । तर, त्यतिबेला फेसन डिजाइन सम्बन्धि उचित ज्ञान थिएन । ९ कक्षामा पढ्दा एकजना साथीमार्फत यस विषयको केही जानकारी पाएँ । साथै, मेरी आमाले पनि यो क्षेत्रमा लाग्न प्रेरणा र हौसला दिनुभयो । यस्तै, प्रेरणाको अर्को स्रोत नेपालका चर्चित फेसन डिजाइनर प्रबल गुरुङ पनि हुनुहुन्छ । उहाँ नै मेरो आइडल हो ।

फेसन डिजाइनिङ कहाँ पढ्नु भयो ?

फेसन डिजाइन प्रति सानैदेखि रूची भएकाले गर्दा मैले बागबजारस्थित आइइसी फेशन हाउसबाट फेसन डिजाइन कोर्समा डिप्लोमा गरेको हुँ । पढी सकेपछि धेरै कुरा थाहा भयो । राम्रो लुगा लगाउनु मात्र फेसन होइन, यसभित्र धेरै कुराहरु समावेश भएको हुन्छ भन्ने कुरा पढेर र काम गर्दै गएपछि थाहा भयो ।

नेपालमा फेसन डिजाइनिङ पढ्न कत्तिको सहज छ ?

केही वर्ष अघि सम्म फेसन डिजाइनिङ धनी व्यक्तिहरुले मात्र पढ्न सक्छन् भन्ने सोचाई थियो । तर, अहिले सामान्य परिवारका मानिसहरुले पनि यो विषयमा अध्ययन गर्न थालेका छन् । त्यसैले हाल नेपालमा फेसन डिजाइनिङ पढ्नेहरुको संख्या बढेको छ ।

पढेर फेसन डिजाइन गर्नु र सिकेर गर्नुमा के फरक छ ?

पढेर फेसन डिजाइन गर्नु र सिकेर गर्नुमा धेरै फरक छ । लेहंगा र साडी डिजाइन गर्नु मात्र फेसन डिजाइन होइन । साथै, यी दुई कुरा डिजाइन गर्दैमा फेसन डिजाइनर भइँदैन भन्ने कुरा पनि बुझ्नुपर्छ । नेपालमा अहिले फेसन डिजाइन पढेर दक्ष भएकाहरु लगानी नभएर बेरोजगार छन् । यस्तो अवस्थामा फेसन डिजाइन सम्बन्धि ज्ञान नभएको तर बुटिकमा लगानी गर्न खोज्नेहरुले फेसन डिजाइनर राखेर बुटिक सञ्चालन गरिरहेका छन् ।

तपाईंले नेपाली सेलिब्रिटी क–कसको फेसन डिजाइन गर्नुभएको छ ?

पुरानोदेखि नयाँ पुस्तासम्म अधिकांश सेलिब्रिटीहरुको फेसन डिजाइन गरिसकेको छु । जसमध्ये राजेश हमाल, पल शाह, नाजिर हुसेन, पूजा शर्मा, वर्षा राउत, साम्राज्ञी राज्य लक्ष्मी शाह, सुगारिका केसी, उषा केसी लगायतले मैले डिजाइन गरेका कपडा लगाउनुभएको छ ।

तपाईको नयाँ प्रोजेक्ट टीजी ब्राण्डको बारेमा पनि प्रस्ट पार्दिनुस् न ?

यो नेपाली ब्रान्ड हो । टीजी ब्राण्डको उद्देश्य अफिसियल्ली ड्रेस लगायत क्याजुअल ड्रेसहरु तयार गर्ने र नेपाल तथा अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्नु हो । नेपालमा पनि अन्तर्राष्ट्रिय ब्राण्डका कपडा तयार गर्न सकिन्छ भन्ने सोचले टीजी ब्राण्ड सुरु गरेका हौँ । लकडाउनले गर्दा यसको काम रोकिएको थियो । तर, अब छिट्टै बजारमा ल्याउने तयारीमा छौँ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

भ्रष्टाचारको मुहान कहाँबाट बग्छ भन्ने प्रश्नमा धेरैले ठेक्का, कर छली, प्रशासनिक मिलेमतो वा नीतिगत चलखेललाई औँल्याउने गर्छन् । तर राज्य

काठमाडौं। बजाज मोटरसाइकलले नवविवाहित जोडीलाई लक्षित गरेर नयाँ अफर ल्याएको छ। बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलाशचन्द एण्ड

काठमाडौं। हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले दोस्रो त्रैमासिकमा खुद नाफाा ९९ प्रतिशिले वृद्धि गरेको छ। आर्थिक वर्ष २०८२/८३ को २०८२

१९ माघ, काठमाडौँ । इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक

Latest










Popular
Suggested