English

गौरी मल्लको नजरमा पढ्नै पर्ने ३ पुस्तक



अभिनेत्री गौरी मल्ललाई फुर्सदको समय पुस्तक पढेर बिताउन रमाइलो लाग्छ । उनले थुप्रै पुस्तक अध्ययन गरिसकेकी छिन् । त्यसैले उनी अरुलाई पनि फूर्सदको समय पुस्तक पढेर बिताउन सुझाव दिन्छिन् । तर, धेरैजसोलाई कस्ता किताब पढ्ने भन्ने दोधार भइरहेको हुन सक्छ । तिनीहरुका लागि मल्लको सिफारिस यस्तो छ :

महाभारत

संस्कृतमा लेखिएको मध्ये महाभारत ठूलो गन्थ हो । यो एक अद्भुत कथा हो जसले जीवन दर्शनका कुरा सिकाउँछ । समाजको हरेक कुरा यस पुस्तकमा समावेस छ । गल्ती र त्यसको परिणाम, न्याय र अन्याय सबै कुरा समेटिएको यो पुस्तक पढेर धेरै कुराहरु सिक्न सकिन्छ । यसको अध्ययनले एक किसिमको शान्ती प्राप्त हुन्छ ।

सुनौली

रमेश विकलको पुस्तक सुनौली पनि मैले पढेका मध्ये प्रिय लागेको पुस्तक हो । यसमा असाध्यै मिठो प्रेम कथा समावेश छ । साधारण एउटा गाउँका युवा युवती शहरमा आएर कसरी बदलिन्छन् र उनीहरुले त्यो बदलावबाट के सिक्छन् भन्ने कुराको राम्रो निचोड छ यो उपन्यासमा । यो दुई युवा युवतीको संघर्ष र प्रेमको कथा हो ।

आमा

म्याक्सिम गोर्कीको आमा पुस्तक पनि मलाई असाध्यै राम्रो लागेको पुस्तक हो । यो पुस्तक संसारको अनगिन्ती भाषाहरुमा अनुवाद भएको छ । उपन्यासभित्र बुनिएको कथानकको केन्द्रीय उद्देश्य समाजवादी आन्दोलनलाई उकास्न खोजेको देखिन्छ । समाज परिवर्तन गरी समानता, स्वतन्त्रता तथा अधिकार प्राप्तिका लागि विद्रोह गर्ने सचेतना जगाउने कुराहरु यसमा पाइन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एनआईएमबी एस क्यापिटल लिमिटेड र

काठमाडौँ । ट्रयाक खोलिएको २५ वर्षसम्म पनि नुवाकोट-रसुवा वैकल्पिक राजमार्ग कालोपत्र नहुँदा स्थानीयले सास्ती पाएको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री

काठमाडौं । प्रवासमा रहेर पनि नेपाली गीत–संगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएकी कलाकार तथा समाजसेवी जेनीषा गौतम ‘चौथो राष्ट्रिय ब्राण्ड

काठमाडौं । लोककल्याणकारी विज्ञापनको रकम कटौती गर्ने सरकारी निर्णय फिर्ता गराउन नेपाल पत्रकार महासंघ काठमाडौं शाखाद्वारा गठित छापा माध्यम बचाउ

Latest










Popular
Suggested