English

यस्ता हुन्छन् डेंगुका लक्षण, कसरी बच्ने ?



एडिस जातिको संक्रमित पोथी लामखुट्टेको टोकाईबाट डेंगु सर्छ । वर्षायाम सुरु भएसँगै डेँगुको जोखिम ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन् । त्यसैले सामान्य हेलचेक्राईँले गर्दा डेंगुले ज्यानै समेत लिन सक्दछ । त्यसो त डेँगुका लक्षणहरु के के हुन् र यसबाट कसरी बच्ने ? भन्ने बारे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक तथा सरुवा रोग विशेषज्ञ डा. अनुप बास्तोलाको दिएको सुझाव यस्तो छ :

लक्षण :

– एक्कासी ज्वरो आउने
– आँखाको गेडी वा पछिल्लो भाग दुख्ने
– अत्याधिक टाउको दुख्ने
– मांसपेशी तथा जोर्नी दुख्ने
– वाकवाकी लाग्ने बान्ता हुने
– थकान महसुस हुने
– आफ्नो दैनीकी, खानपान वा अन्य कुरामा रुचि नलाग्ने
– रक्तश्राव हुने
– शरीरमा बिमिरा आउने
– शरीरमा रगत जमेको दागहरु देखिने

बच्ने उपाय:

– लामखुट्टेको टोकाईबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने ।
– घर वरपरको सरसफाईमा विशेष ध्यान दिने
– घरवरपर पानी जम्ने खाल्डाखुल्डी जम्ने ठाउँ छ भने ती ठाउँहरु पुर्ने ।
– खाली भाँडाकुडा घोप्टाएर राख्ने ।
– पानीको टयाङ्की पुरै खाली गरेर सफा गर्ने ।
– सुत्ने बेला झुलको प्रयोग गर्ने ।
– घरभित्र कीटनाशक झोल छर्ने, पानीको स्रोत ढाक्ने ।
– पानीको मुहान वरिपरि तारजाली लगाउने र फोहोर हुन नदिने ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested