English

कोभिसिल्डको पहिलो मात्रा लगाएकाले दोस्रो मात्रा भेरो सेल लगाउन मिल्छ कि मिल्दैन ?



यतिबेला सामाजिक सञ्जालमा फरक–फरक खोप लगाउँदा अझ प्रभावकारी हुन्छ भन्ने चर्चा छ । के अब पहिलो मात्रा कोभिसिल्ड खोप लगाएकाले दोस्रो मात्रा भेरोसेल लगाउँदा हुन्छ ?

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख झलक शर्मा गौतम भ्याक्सिन मिक्स गर्न नहुने बताउँछन् । ‘अहिलेसम्मको अध्ययन अनुसार पहिलो मात्रा एउटा दोस्रो मात्रा अर्को खोप लगाउनु भनेको खोपको दुरुपयोग हो,’ उनले भने, ‘यसका बारेमा अध्ययन हुँदैछ त्यसैले खोप मिस युज गर्दा घातक पनि हुन सक्छ ।’

यसैगरी, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले पनि फरक–फरक खोप लगाउन नहुने भन्दै सचेत गराएको छ । फरक–फरक खोप लगाउँदा त्यसको असर के हुन्छ भनेर अध्ययन भइरहे पनि आजसम्म ठोस निष्कर्ष ननिस्किएको केन्द्रले जनाएको छ ।

‘यदि फरक–फरक खोप लगाउँदा प्रभावकारी हुने भएमा सरकारले आधिकारिक रुपमा अवगत गराइहाल्छ,’ केन्द्रद्धारा जारी सूचनामा भनिएको छ, ‘त्यसैले कुनैपनि अफवाहमा नलागी हाललाई पहिलो मात्रा जनु खोप लगाएको हो दोस्रो मात्रा पनि सोही खोप लगाउनुपर्छ ।’

सरकारले जेठ २५ गतेबाट भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई असार २२ गतेबाट भेरो सेल खोपको दोस्रो मात्रा लगाउने तयारी गरिरहेको छ । २२ गतेदेखि २४ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइने छ । जसका लागि सम्बन्धित व्यक्तिले पहिलो मात्रा लगाएको खोपको कार्ड लिएर केन्द्रमा जानुपर्नेछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौंः नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले सोल्टी काठमाडौँमा विशेष सार्वजनिकिकरण समारोह आयोजना गर्दै नयाँ प्रोटोन इ.मास

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले ग्राहकलाई मोटरसाइकल खरिद अझ सहज र किफायती बनाउन हुलास फिनसर्भ हायर

उदीयमान गायक आदित्य श्रेष्ठको पहिलो मौलिक गीत ‘बाचा’ सार्वजनिक भएको छ। प्रेम, दूरी, विश्वास र सपनाको भावनात्मक कथा बोकेको यस

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

Latest










Popular
Suggested