English

कोरोना संक्रमितले कुन बेला कस्तो औषधि खाने ?



कोरोना संक्रमितले कस्तो अवस्थामा कुन औषधिको सेवन गर्ने ? यो कुरा अधिकांशलाई थाहा नहुन सक्छ । सामाजिक सञ्जालमा हामीले धेरै नै गलत र भ्रामक जानकारी दिइरहेको हुन्छ । ती बाट जोगिनको लागि र स्वास्थ्यलाई सुरक्षित बनाउनको लागि तपाईले अस्पतालमा गएर डाक्टरहरुसँग जानकारी लिनुपर्छ । कोरोना भएको अवस्थामा तपाईले फोन मार्फत् डाक्टरहरुको सल्लाह लिनु आवश्यक हुन्छ ।

– संक्रमण भएका बिरामीहरुलाई ज्वरो आयो, टाउको दुख्यो भने प्यारासिटामोलको प्रयोग गर्नुपर्छ । प्यारासिटामोलले ज्वरो, टाउको दुख्ने र ज्यान दुख्ने समस्याहरुलाई निको पार्छ ।

– कसैलाई धेरै खोकी लागेको छ भने खोकीको औषधि खानुपर्छ । साथै पानीको बाफ लिँदा पनि ठीक हुन्छ ।

– धेरै भिटामिन र एन्टिबायोटिकहरु खानु हुँदैन । एन्टिबायोटिकहरुले विभिन्न प्रकारका खराब असरहरु गर्नसक्छ ।

– स्टोरोयड खानुपर्छ भन्ने कुरा धेरैले गर्छन्, सामानिक सञ्जालमा पनि आइरहेका छन् । यसले अति गम्भीर बिरामीलाई निको पार्छ । तर, त्यस्तो औषधिहरु चिकित्सकको सल्लाह अनुसार खानु ठिक हुन्छ ।

– यदी श्वासप्रश्वासमा गाह्रो भयो अथवा अक्सिजनको मात्रा ९२ भन्दा कम भयो भने सिटामोल र कफसिरप बाहेक के औषधि खाने भन्ने कुनै चिकित्सकको सल्लाह लिनुपर्छ ।
– केही समस्या प-यो भने सरकारले र स्वास्थ मन्त्रालयले उपलब्ध गराएको हटलाइन नम्बरमा सम्पर्क गरेर पनि सल्लाह लिन सकिन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले दशैं–तिहारलाई लक्षित गर्दै सञ्चालन गरिरहेको

काठमाडौं : नेपालस्थित अमेरिकी वाणिज्य संघ र काठमाडौंस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग असोज २० गते (अक्टोबर

हङकङ — नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’ हङकङमा पुनः प्रदर्शन हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको आयोजनामा आगामी

इटहरी/ कोशी प्रदेशका विवाहित महिलाहरूको सहभागिता रहने प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ताज इटहरीकी सृजना राउतले जितेकी

Latest










Popular
Suggested