English

यी हुन् डिप्रेसनका लक्षण, कसरी बच्ने ?



अव्यवस्थित जीवनशैलीका कारण अधिकांश मानिसमा तनाव उत्पन्न हुन्छ । यसको व्यवस्थापन गर्न नसक्दा मानिसहरु डिप्रेसनको शिकार भएका छन् । डिप्रसनको लक्षणहरु के के हुन् ? यसबाट जोगिन के के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा मानसिक अस्पतालका वरिष्ठ मनोचिकित्सक डा. अनन्तप्रसाद अधिकारीको सुझाव यस्तो छः

लक्षण

– धेरैजसो समयमा उदास, दुःखी र दिक्दार रहनु
– दैनिक कामकारबाही र सामाजिक व्यवहार वा अरुसँगको अन्तरसम्बन्धमा रुचि कम हुँदै जानु
– केही काम गर्ने जाँगर र आत्मविश्वास हराउनु
– आफू बेकामे, बेसहारा भएको ठान्नु र भविष्य अन्धकार लाग्न थाल्नु
– सानातिना कुरामा अत्याधिक चिन्ता लाग्नु र छट्पटी बढ्नु
– बाच्ने चाहना कम भई आत्महत्याको विचार आउनु
– कडा खालका डिप्रेसनमा हुँदै नभएका कुरा सुन्ने, देख्ने र आभाष हुनेजस्ता लक्षणहरू देखिनु

जोगिने उपाय

– लामो समयसम्म एउटै काम गरिहनुहुँदैन । बीच–बीचमा घुम्न जानेजस्ता क्रियाकलाप गर्नाले फ्रेस भइन्छ ।
– फास्टफुड, जंकफुड, धूम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । अत्याधिक मात्रामा चिया–कफी पनि सेवन गर्नुहुँदैन । यसले निन्द्रा गडबडीको समस्या निम्त्याउँछ ।
– निष्क्रिय जीवनशैली त्याग्नुपर्छ । सामाजिक कार्यमा सक्रिय हुनुपर्छ ।
– समयमा सुत्ने, उठ्ने र सन्तुलित आहारसँगै पर्याप्त आराम गर्नुपर्छ ।
– मनोरोगलाई भयानक रूपमा लिनुहँदैन  । यदि, मानसिक समस्या भएको संकेत भएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँ: नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा।लि।ले बहुप्रतिक्षित इलेक्ट्रिक गाडी प्रोटोन इ.मास ५ को बुकिङ खुला गरेको

इटहरी/ मिसेस पूर्वेली आइकन तेश्रो संस्करणको पहिलो अडिसन इटहरीमा आइतबार सम्पन्न भएको छ । विवाहपछि महिलाका सपना र रहरहरू चुलोचौकोमै

काठमाडौँः नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले शिखर इन्सुरेन्स बीमा कम्पनीसँगको सहकार्यमा ‘सहारा हेल्थ इन्सुरेन्स’ मार्फत नेपालीहरूको स्वास्थ्य

काठमाडौंः नवीन तथा व्यवहारिक शिक्षालाई प्रवर्धन गर्ने उद्देश्यले संस्कृति इन्टरनेसनल स्कुल (ठूलोभर्‍याङ) र स्थानीय सामुदायिक विद्यालय श्री पञ्चकन्या माध्यमिक विद्यालय

Latest










Popular
Suggested