English

करिष्मा ढकाललाई मन पर्ने तीन पुस्तक



यदि तपाईं शनिवार फुर्सदिलो हुनुहुन्छ भने पुस्तक पढेर पनि समयको सदुपयोग गर्न सक्नुहुन्छ । तर यो खालि समयमा कस्ता पुस्तक पढेर सदुपयोग गर्ने त ? कस्ता पुस्तक छान्दा राम्रो हुन्छ । यदि यस्तो दुविधामा हुनुहुन्छ भने, तपाईंले यी तीन पुस्तक पढेर विदाको सदुपयोग गर्न सक्नुहुन्छ ।

(मोडल करिष्मा ढकालको नजरमा पढ्नै पर्ने ३ पुस्तक)
१९८४

यो पुस्तक निरंकुशताको बिरूद्ध चेतावनीको रूपमा प्रकाशित भयो । शक्तिको दुरुपयोगलाई यस पुस्तकमा व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ । यस पुस्तक पढ्दा सुरुमा अलि अनौठो लाग्छ । तर पछि पढ्दै जादाँ पुस्तकले दिन खोजेको सन्देश राम्ररी बुझिन्छ । मैले पढेको पुस्तकहरु मध्ये यो एउटा उत्कृट पुस्तक हो । यो कृतिका लेखक जर्ज ओर्वेल हुन् ।

नर्मल पिपुल

नर्मल पिपुल सेरी रोनीको दोस्रो उपन्यास हो, यो पुस्तक मित्रहरूसँग कुराकानी पछि लेखिएको हो । यो पुस्तक अमेरिकामा सब भन्दा बढी बिक्री भएको थियो । यो पुस्तक पढेपछि अङ्ग्रेजी भाषाको पनि सुधार हुन्छ । मलाई यो पुस्तक पढ्दा रमाइलो लागेको थियो । यसमा प्रयोग भएको सरल भाषा यसको विशेषता हो ।

वार एण्ड पिस

वार एण्ड पिस एकदमै पुरानो पुस्तक हो । वार र पीस रूसी लेखक लियो टोलस्टयको इतिहास र दर्शनको अध्यायमा मिश्रित उपन्यास हो, जुन पहिलो पटक क्रमबद्ध रूपमा प्रकाशित गरियो र त्यसपछि यसको सम्पूर्णता १८६९ मा प्रकाशित भयो । यो टोल्स्टोइको उत्कृष्ट साहित्यिक उपलब्धि मध्ये एक मानिन्छ र यो अन्तर्राष्ट्रिय स्तरमा प्रशंसनीय क्लासिक साहित्य हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

काठमाडौँः विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले नयाँ स्मार्टफोन रेडमी नोट 15 5G नेपालमा ल्याएको छ । यो स्मार्टफोन अल्ट्रा–स्लिम डिजाइन, बलियो

काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवस – २०२६’ को अवसरमा मार्च ८ मा पाटन संग्रहालयमा लायन्स क्लब अफ काठमाडौं ब्लडहुडको आयोजनामा

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको चलचित्र ‘राम नाम सत्य’को गीत ‘धागोले बाटेको’

फागुन २४, केके मानन्धरकेन्द्रीय मानन्धर संघले देशभरका मानन्धर समुदायलाई समेटेर स्वयम्भू भ्वय् कार्यक्रम सम्पन्न गरेको छ । वार्षिक रुपमा पूर्वको

Latest










Popular
Suggested